काठमाडौं– अब विद्यार्थीहरूले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेका हुन्।
हालका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो।
साथै, मन्त्रालयले सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।