• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कांग्रेसको घोषणापत्र: ओली सरकारको भण्डाफोर, ‘आर्थिक समृद्धि’ का नयाँ योजना
64x64
नवीन झा बिहीबार, कात्तिक ३, २०७९  १२:०४
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पुर्‍याएको छ। 

घोषणापत्र लेखनका लागि गठित समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय कार्यसम्पादन समितिमा पेस भएको थियो। समितिको शुक्रबारको बैठकले केन्द्रीय सदस्यहरुको सुझाव समेत समेट्दै ड्राफ्ट पारित गरेको थियो। समितिले शनिबार साँझसम्म केन्द्रीय सदस्यहरुलाई घोषणापत्रका लागि सुझाव दिने समय पनि तोकेको थियो। 

यसअघि घोषणापत्र मस्यौदा समितिले अनलाईनसहित अन्य माध्यमहरुबाट पनि सुझाव संकलन गर्ने काम गरेको थियो।

कांग्रेसको घोषणापत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले अबको १/२ दिनमा  घोषणापत्र लेख्ने काम सकिने बताए। ‘हामीले ड्राफ्टहरुलाई अन्तिम रुपमा हेरर घोषणापत्र लेख्ने काम अगाडि बढाएका छौं,’ परियारले भने, ‘१ देखि २ दिन सम्ममा घोषणापत्र लेख्ने काम सकिएपछि हामी सार्वजनिक गर्ने मिति तय गर्छौं।’

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गत भदौ २२ गते घोषणापत्र निर्माण समिति गठन गरेकाे थियाे। महामन्त्री शर्माको नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिअन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको थियो।घोषणापत्रको मस्यौदा लेख्नका लागी अर्थविद् डा स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति छ। यही उपसमितिले ४ मंसिरको निर्वाचनका लागी घोषणापत्र लेख्ने काम गर्दै छ। 

प्रवक्ता परियारले  गत ५ वर्षको सम्पूर्ण समीक्षासहित ०४८ सालदेखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य काम र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको रोडम्याप सहितको घोषणापत्र तयार भइरहेको बताए। ‘निरन्तरतामा नवीनता’ दिने संकल्पअनुसार घोषणापत्र तयार हुने लागेको परियारको भनाइ छ। 

‘मूलत: घोषणापत्रमा हामीले ०७४ को निर्वाचनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले संसदीय शासन प्रणालीकै विरुद्धमा गरेका गतिविधि र सरकारले गरेका कामहरुका बारेमा पनि उल्लेख गर्न लागेका छौं,’ परियारले भने, ‘ओली सरकारले के गर्‍यो भन्ने कुरा जनतालाई बताउँदै काग्रेसले के गर्छ भन्ने जानकारी एक साथ दिन चाहेका छौं।’

घोषणापत्र मस्यौदा समितिका सदस्य प्रताप पौडेलले कांग्रेसको घोषणापत्र ३ खण्डमा तयार हुन लागेको जानकारी दिए। पौडेलले पहिलो खण्डमा समसामयिक राजनीति, अजेन्डा र दृष्टिकोण, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्नेगरी फराकिलो आर्थिक सामर्थ्यको विषय र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताका विषय रहेने पौडेलले जानकारी दिए।

Ncell 2
Ncell 2

पौडेलका अनुसार घोषणापत्रको पहिलो खण्डमा समसमायिक राजनीति, दोस्रो खण्डमा कांग्रेसको आगामी ५ वर्षको कार्ययोजना र तेस्रो खण्डमा कांग्रेसले दूरगामी रुपमा लिएको आर्थिक सामाजिक नीतिका बारेमा उल्लेख हुनेछ।

पहिलो खण्डमा संविधान र सुशासनबारे कांग्रेस नेतृत्वको दृष्टिकोणसहित वर्तमान सरकार आइसकेपछि कोरोना नियन्त्रण र संसद् पुन:स्थापनापछि संसद् र सकारकामार्फत् भएका नागरिकता विधेयकलगायत महत्वपूर्ण विषयहरु समेटिने छ। दोस्रो खण्डमा नेपालको अगामी ५ वर्षको मार्गचित्रसहित ५ वर्षको रणनीति र सन् २०३० सम्म अन्तर्राष्ट्रिय रूपमा नेपाल आबद्ध भएकाे दिगो विकासकाे लक्ष्यका विषयले निरन्तरता पाउने गरी सैद्धान्तिक आधार प्रस्तुत हुनेछ ।

दोस्रो खण्डलाई ‘फराकिलो आर्थिक सामर्थ्य’ शीर्षक राखेर उल्लेख गरिनेछ । क्षेत्रगत प्राथमिकता तोकिने तेस्रो खण्डमा१० विषयमा वित्तीय व्यवस्थाको आकलनसहितका विकास योजना रहने छन्। 

क्षेत्रगत प्राथमिकताका लागी घोषणापत्र निर्माण समितिले ७ वटै प्रदेशका कांग्रेसका समितिहरुसँग छलफल गरेको छ। यस्तै, सम्बन्धित क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेर सुझाव लिएकाे छ। 

घोषणापत्रमा सुशासनलाई प्राथमिकतामा राखिएको पौडेलले बताए। ‘आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर युवा, रोजगारी र उद्यमशीलताका आर्थिक एजेन्डाहरु समेटेका छौँ,’ पौडेलले भने। 

शिक्षा तथा स्वास्थ्यका सन्दर्भमा कांग्रेसको योजना, ‘कोखदेखि शोकसम्म’ भन्ने एकीकृत सामाजिक सुरक्षा कार्यक्रम, कोरोनापछिको विकास र जलवायु परिवर्तन तथा तत्कालीन आर्थिक अजेन्डासहितको नयाँ सम्भावनाको क्षेत्रहरुका बारेमा पनि घोषणापत्रमा उल्लेख गर्न लागीएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:०४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्