काठमाडौं– हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन्। तर सिंहदबारको अवस्था भने फेरिन सकेको छैन। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबारभित्रका दृश्यहरु फेरिन सकेका छैनन्।
1666425403.jpg)
न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान नै पुगेको छ। वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन। नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, शालिक, मूर्तीहरु फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ।
1666425393.jpg)
गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ। सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ। तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन। सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन।
1666425393.jpg)
पावर र पासबिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन। अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन्। प्रधानमन्त्री,मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमुना होला भन्ने लाग्छ नै। तर सोचजस्तो छैन सिंहदरबार। त्यहाँभित्रका दृश्यहरु अव्यवस्थित छन्।
1666425398.jpg)
सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ। नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन्।
1666425397.jpg)
मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ। यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन। सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन्।
1666425395.jpg)
यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन।
1666425395.jpg)
1666425400.jpg)
1666425401.jpg)
1666425402.jpg)
1666425403.jpg)
1666425405.jpg)
1666425404.jpg)
1666425404.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।