• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कैलाली–५: ‘बासी अजेन्डा’मा भोट माग्दै उम्मेदवार
64x64
शेरबहादुर ऐर मंगलबार, कात्तिक ८, २०७९  १८:२८
1140x725

धनगढी– २०७४ सालको निर्वाचनमा आरजु राणा देउवा र नारदमुनि रानाको प्रमुख चुनावी अजेन्डा थियो- ‘गौरीफन्टा नाका र धनगढी विमानस्थल स्तरोन्नति गर्ने।’ तर, अहिलेसम्म गौरीफन्टा नाका स्तरोन्नतिको सुरसार छैन। धनगढी विमानस्थलको स्तरोन्नतिको प्रक्रिया भने बल्ल अघि बढाइएको छ। विमानस्थलको स्तरोन्नतिका लागि  हरेक वर्ष सरकारले बजेट विनियोजन गर्दै आएको छ। 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले पनि ५ वर्ष अगाडिकै ‘बासी नारा’ अगाडि सारेका छन्।  

सत्तारुढ (वाम लोकतान्त्रिक) गठबन्धन दलले जारी गरेको प्रतिबद्धता पत्रमा विमानस्थल र गौरीफन्टा नाकाको कुरा उल्लेख नभए पनि प्रदेश सभा सदस्यहरुको प्रतिबद्धतामा विमानस्थल र गौरीफन्टा नाका स्तरोन्नति गर्ने दोहोरिएको छ। नेकपा एमालेले अहिलेसम्म चुनावी घोषणापत्र जारी गरेको छैन। यद्यपि चुनावी सभामा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले ५ वर्ष अगाडिकै अजेन्डालाई दोहोर्‍याएर प्रस्तुत गरिरहेका छन्। 

‘म प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका  खोल्न भारतीय  पक्षलाई सहमत गराएको थिएँ’, शेरबहादुर देउवाले २०७५ जेठ २६ मा १३औं महाधिवेशनपछिको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, ‘तर अहिले सो नाका बन्द गराउने षड्यन्त्र भएको छ। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आफूले लडेरै भए पनि गौरीफन्टा नाकाको स्तरोन्नति गराएरै छोड्छु। केपी ओली नेतृत्वको सरकारले गौरीफन्टा नाकाको स्तरोन्नतिको मुद्दा छोडे पनि मैले छोड्दिनँ।’ 

Gaurifanta_Naka
गौरीफन्टा नाका

तत्कालीन वाम गठबन्धनको उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित तत्कालीन माओवादीका प्रभावशाली नेता मानिएका लेखराज भट्टले पनि नाका स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको प्रतिक्रिया दिएका थिए। उनले प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा यस विषयमा पुनः छलफल गर्ने विश्वास व्यक्त गरेका थिए, तत्कालीन अवस्थामा। तर, अहिलेसम्म गौरीफन्टा नाकाको स्तरोन्नति भने हुन सकेको छैन।

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि तत्कालीन नागरिक उड्डयन प्राधिकरण बोर्डले २०७८ पुस ११ गते गुरुयोजनालाई अन्तिम रुप दिएको थियो। त्यसपछि पुस ३० को मन्त्रिपरिषद् बैठकले गुरुयोजना स्वीकृत गरेको थियो। 

हाल कायम रहेको विमास्थलको क्षेत्रफल ८४ विघा मात्रै छ। स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाउनका लागि थप  २५८.२५ बिघा जग्गा आवश्यक पर्छ।

 जग्गा अधिग्रहणका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भइसकेको छ। नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षभित्रै जग्गा अधिग्रहण गर्ने गरी काम अघि बढाउने बताए पनि काम भने अघि बढेको छैन।

Ncell 2
Ncell 2

दुधुवा नाकादेखि गौरीफन्टा जोड्ने सडक सन् १९०५ मा बनेको थियो। ११३ वर्ष पुरानो सडक जीर्ण बन्दै जाँदा भारतीय अधिकारीले नाका स्तरोन्नतिको अपेक्षा नगर्न सुझाएपछि सम्भावना पनि क्षिण बनेको थियो।

Dhangadhi_Airport
धनगढी विमानस्थल

अन्तर्राष्ट्रिय महत्त्वको दुधुवा नेसनल पार्कमा रहेको गौरीफन्टा नाकासँग सरोकारित गौरीफन्टा–पलिया सडक मार्गलाई भारत सरकारले सन १९९४ मै बन्द गर्ने निर्णय गरेको थियो। सोही बेलादेखि अवैधानिक बनेको उक्त सडक हालसम्म व्यावहारिक रूपमा मात्रै सञ्चालनमा रहेको बताइएको छ। 

सन् १९९४ मा विश्व वन्यजन्तु कोषलगायत संरक्षण क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संघ संस्थाहरूको दबाबमा सडक बन्द गर्ने निर्णय भारत सरकारले गरेको थियो। सोही बेला सन् १९०५ देखि सञ्चालनमा आएको गौरीफन्टासम्मको रेल सेवा ८९ वर्षपछि बन्द गरिए पनि सडक भने हालसम्म जीर्ण अवस्थामा सञ्चालनमा रहेको छ।

सेती अस्पताल स्तरोन्नति र फाप्ला त्रिकेट मैदान  
‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अत्याधुनिक बसपार्क, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र बसपार्कमा सार्वजनिक शौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ,’ लोकतान्त्रिक बाम गठबन्धन दलद्वारा जारी प्रतिबद्धताको ६ नम्बर बुँदामा उल्लेख छ।

एमालेका उम्मेदवार राना भने सेती प्रादेशिक अस्पतालमा शय्या मात्रै थपेर नहुने बताउँछन्। अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि विशेषज्ञ सेवासँगै जनशक्ति र उपकरण पनि थप गर्नुपर्ने उनको भनाइ छ। 

Dream_Fapla_Project1666593821.jpg
फाप्ला क्रिकेट मैदानको डिजाइन

‘सेती प्रादेशिक अस्पताललाई ३०० शय्या होइन। विशेषज्ञसहितको सुविधासम्पन्न अस्पताल बनाउँ। शय्याले उपचार हुँदैन। विशेषज्ञ सेवासँगै जनशक्ति र उपकरणहरुको व्यवस्था गरौं,’ कैलाली ५ मा नेकपा एमालेबाट उम्मेदवार रहेका रानाको भनाइ हो यो। 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारहरुको चुनावी अजेन्डा सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र फाप्ला क्रिकेट मैदानमा आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने पनि बनेको छ।

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका आरजु राणा देउवा (प्रधानमन्त्री शेरबहादुर देउवापत्नी), नारदमुनि राना लगायत सोही चुनावी अजेन्डा बनाएर निर्वाचनमा होमिएका थिए। तर, अहिलेसम्म फाप्ला त्रिकेट मैदानमा पूर्वाधार विकास हुन सकेको छैन भने सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले २०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। 

अहिले उम्मेदवारहरुले सेती प्रादेशिक अस्पताल, फाप्ला क्रिकेट मैदान लगायत धनगढीमा पूर्वाधार विकास, डुवान, अतिक्रमण र नदी कटानको समस्या समाधान गर्दै सम्पूर्ण क्षेत्रको एकीकृत दीघकालिन योजना बनाउने, प्राविधिक शिक्षा, नमूना सामुदायिक विद्यालय, स्वास्थ्य, पर्यटन विकास लगायतका आश्वासन बाँड्ने गरेका छन्। 

1586001193.jpg
सेती प्रादेशिक अस्पताल

‘कैलाली क्षेत्र नम्बर ५ को २१ वडामा ५ वर्षभित्र खानेपानीको सुविधा, विद्युतिकरण, हरेक वडामा नमूना सामुदायिक विद्यालय, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्राविधिक शिक्षालय, फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अत्याधुनिक बसपार्क, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति बसपार्कमा सार्वजनिक शौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ,’ वाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धतामा भनिएको छ। 

अहिले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन गरिएको छ। ड्रिम फाप्लाका अभियान्ता सुवास शाहीको अध्यक्षतामा सो समिति गठन गरी निर्माण कार्य अघि बढाउने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। 

८ वर्षअघि धगनढी उपमहानगरपालिका वडा नम्बर ३ मा फाप्ला क्रिकेट मैदान बनाउन दबाबमुलक कार्यक्रमहरु अघि बढेका थिए। फाप्ला क्रिकेट मैदानका लागि जग्गाको स्वामित्व भएपनि निर्माण कार्य भने अघि बढ्न सकेको थिएन। 

फाप्ला क्रिकेट मैदानलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो ४ वर्षदेखि बजेट छुट्याएको थियो। तर,  प्रदेश र संघीय सरकारले विनियोजन गरेका बजेट फ्रिज हुँदै आएको थियो। 

गौचरणको रुपमा रहेको मैदानलाई सामान्य सुधार गरेर देशकै प्रतिष्ठित क्रिकेट मैदान फाप्लामा सफलतापूर्वक सम्पन्न गर्ने अध्यक्ष शाहीले बताए। अहिले फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि यहाँ थप्नुपर्ने भन्दै सरोकारवाला निकायसँग थप छलफल गरेर फाप्लामा बन्ने पूर्वाधार यकिन गर्ने र डीपीआर बनाउने शाही बताउँछन्।

सेती प्रादेशिक अस्पतालको स्तरोन्नति हरेक निर्वाचनमा चुनावी अजेन्डा बन्दै गएपनि सुधार भने हुन सकेको छैन। सेती प्रादेशिक अस्पतालको निर्माणाधीन नयाँ भवन अहिलेसम्म सम्पन्न नहुँदा आवश्यक उपकरणहरुको व्यवस्थापनमा समस्या भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए। 

उनले भवन र जग्गा अभाव अस्पतालको प्रमुख समस्या रहेको बताए। अस्पतालको जग्गा अतिक्रमण हुनु र भवन नहुँदा स्तरोन्नति गर्न समस्या रहेको डा पाण्डेयले जानकारी दिए। उनले भने, ‘कागजमा स्तरोन्नितको निर्णय गर्नु कुनै ठूलो कुरा होइन। जग्गा, भवन, जनशक्ति र उपकरणको व्यवस्थापन आवश्यक रहेको छ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:२८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्