• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
सुनसरी- ४ स्थलगत : कामबाट झनै प्रभावशाली बनेका कार्की 
64x64
डिबी खड्का शुक्रबार, कात्तिक ११, २०७९  १८:४६
1140x725

इनरुवा– ‘सोचलके बहुत, कर नसकल कोही, कौन कार्की छे दुई लाख (अर्की महिलाले थपिन्- दुई करोड) बजेटसे पुला बनाउँदै छ रे,’ सुनसरी- ४ खुनियाँ खोलामा भेटिएकी दौलतीदेवी भारदार मैथिलीमा अलिकति मात्रै नेपाली मिसाएर बोलिन्। 

उनले बोलेका शब्दको नेपाली अर्थ हुने रहेछ- धेरैले सोचे, तर कसैले सकेनन्। कोही कार्की भन्ने छ, उसले दुई करोड बजेटमा पुल बनाउँदै छ रे। 

उक्त क्षेत्रका बस्ती डुल्ने क्रममा गाडीबाटै पारी जाने बाटो सोध्यौं। स्थानीयहरुले पुल नबनेका कारण गाडी नजाने भन्दै गुनासोका पोका खोल्न थाले। त्यही क्रममा भारदारले दिएको उत्तर हो यो।

Sunsari_4_bhokraha1666946675.jpg

उनले ‘कोही कार्की’ भनेका व्यक्ति सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा उक्त क्षेत्रबाट यसअघि प्रतिनिधि सभामा निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की हुन्। यसअघि ‘सुरज छाप’ मा मतदान गरेको बताउने भारदारलाई ‘गाछी’बाट निर्वाचित आफ्नै क्षेत्रका पूर्व सांसद तथा मन्त्री कार्कीबारे उति जानकारी रहेनछ। तर उक्त खोलामा दुई करोड लागत बराबरको पुल बनाउन बजेट विनियोजन कार्कीकै पहलमा भइसकेको कसैले सुनाइदिएको रहेछ। 

हिँउदमा बाँसको अस्थायी पुल बनाएर स्थानीयहरु वारपार गरिरहेका छन्। तर बर्खामा त्यही पुल पनि रहँदैन। घरखेती मात्रै होइन, स्कूल समेत खोला पारी रहेको उनीहरुले बताए। त्यसले बर्खामा उनीहरुको आवागमन अवरुद्ध हुने उनीसँगै उभिएकी अरुलियादेवि मलाहाले सुनाइन्। उपस्थित महिलामध्ये नेपालीमा कुरा गर्न सक्ने अरुलियादेविले बच्चाहरु स्कुल जाँदासमेत डुब्ने गरेको भन्दै उक्त पुल बनाइदिए ठूलो राहत मिल्ने बताइन्। बजेट छुट्याइसकेर ठेक्का प्रक्रियामा गएको गाइँगुइँ सुनेकी उनले आगामी दिन सहज हुने आशा गरिन्। 

कुनै समय भोजपुरबाट प्रतिनिधि सभा निर्वाचन लड्ने कार्की २०७४ देखि यो क्षेत्रबाट चुनाव लड्न थालेका हुन्। बराह क्षेत्र नगरपालिकाको प्रकाशपुरमा पुर्ख्यौली जग्गाजमिन रहेका उनले उक्त क्षेत्रमा कामबाटै पहिचान बनाउन खोजेको देखिन्छ। सुनसरी- ४ का सडक, पुल, विजुली, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पछिल्ला ५ वर्षमा प्रशस्त काम भएको स्थानीयहरु बताउँछन्।

Gyanendra_karki_21666946673.jpg

Ncell 2
Ncell 2

केन्द्रीय राजनीतिमा समेत प्रभाव जमाएका कार्कीको पहुँचका कारण उक्त क्षेत्रमा विकास बजेट पुगेको त्यहाँ सडकहरुमा गुड्दा समेत थाहा लाग्ने स्थानीयहरु बताउँछन्। कुनै समय हिलाम्मे बाटाहरु अहिले चिल्लो पीच सडकमा बदलिएको स्थानीय मोहम्मद फिरोज अन्सारीले बताए।

हरिनगर गाउँपालिकाको वडा नम्बर १ स्थित  खेतमा काम गरिरहेका किसान अन्सारी सडक किनारमा हाम्रो गाडी रोकिएपछि कुराकानी गर्न आइपुगे। उनी नगरपालिका वा अरु कुनै सरकारी अड्डाका कर्मचारी आएको अनुमान लगाएर सडकमा उक्लिएका रहेछन्। आफ्नो घर अगाडिको बिजुली पोलको बत्ति बिग्रेको गुनासो सुनाए। उनको त्यो गुनासोसँगै सांसदले काम गरेनगरेको विषयमा जान्न खोज्यौं। उनले आफू उभिएको हुलाकी राजमार्गको पिच देखाउँदै भने, ‘पाँच वर्षअघि आउनुभयो भने यो बाटोमा हिलोमा गाडी फस्थ्यो। अहिले काम राम्रै भएको छ। फुलचोकदेखि विराटनगरसम्म यस्तै राम्रो बाटो छ।’ यसबाहेक पनि आफ्नो क्षेत्रका विभिन्न सडक बनेको उनले बताए।

Hulaki_Highway_sunsari1666946674.jpg
हुलाकी राजमार्ग

उनको घरदेखि केही किलोमिटर पर कोशी गाउँपालिका वडा नम्बर १ लौकहीमा ‘प्रदेशकै ठूलो’ टाउन हल निर्माणाधीन रहेको समेत उनले जानकारी दिए। नयाँ उम्मेदवार जिताउने कि पुरानैलाई भोट दिने? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘नयाँ अब कुनलाई छान्ने? पुरानोले विकास सिकास गर्‍यो। भुटाहा-घुस्की रोड बन्यो। बोर्डरसम्मै रोड बनेको छ। केन्द्रकै बजेटले बनेको हो।’ 

सुनसरी- ३ को विकासका लागि कार्कीको सक्रियता देखेपछि अन्य पार्टीमा रहेका पनि कांग्रेसतिर आकर्षित भएका भेटिन्छन्। माओवादी कार्यकर्ताका रुपमा २२ वर्ष बिताएका इनरुवाको माझीटोलका सूर्यनारायण यादव उक्त टोलका नेता हुन्। उनी स्थानीयका लागि चन्दा मागेर समेत सहयोग गर्न पछि नपर्ने सामाजिक कार्यकर्ता हुन्। कांग्रेस र त्यसमा पनि कार्कीसँग निकट सम्बन्ध नभएका कारण टोल पछि परेको महसुस भएपछि उनी कांग्रेसमा प्रवेश गरेका छन्। केही दिनअघि हामी उक्त क्षेत्रमा पुग्दा यादव ६५ परिवारसहित कांग्रेस प्रवेश गर्दै थिए। 

City_hall_Laukahi1666946672.jpg
टाउन हल

बाटो नजिकै सुरक्षाकर्मी र सर्वसाधारणको जमघट देखेपछि हामी कार्यक्रम स्थलतर्फ लागेका थियौं। भर्खरै कार्कीको हातबाट टिका लगाएर कांग्रेस प्रवेश गरेका यादवले भने, ‘मैले  आफ्नो टोलको विकासका लागि सक्दो प्रयास गरें। मैले भिख मागेर भएपनि ७० परिवारको स्वास्थ्य बीमा गराएँ। तर मेरो प्रयासले मात्रै हुँदैन। त्यसैले कांग्रेस प्रवेश गरेको छु। अब मन्त्रीज्यूले हेरिदिनुपर्‍यो। गर्न त पहिला पनि केही काम गर्नुभयो। नचिनेर गर्नुभयो। अब चिनेर गरिदिनुपर्छ।’

त्यही कार्यक्रममा मन्त्री कार्कीले छोटो भनाइ राखे। अल्पाभाषी कार्कीको भनाइ थियो, ‘यो मेरो आफ्नो ठाउँ हो। दुईटा इँटा नि कहीँ भेटाए भनेपनि  यहीँ ल्याउँछु।’

जन्मथलो भोजपुर छाडेर कर्मथलो सुनसरी बनाएको पहिलो वर्षमै कार्कीले राम्रो मतान्तरले जित हात पारे। वाम गठबन्धन हुँदा समेत लगभग ६ हजार मतको अन्तरले जितेका कार्की त्यही गुनबाट ओतप्रोत भएर विकासदेखि सामाजिक काममा समेत सरिक हुने गरेको स्थानीयहरु बताउँछन्। केन्द्रीय राजनीतिमा समेत महत्वपूर्ण जिम्मेवारी पाइरहने उनी स्‍थानीयका दु:खसुखमा सरिक हुन बिहान आएर बेलुकी काठमाडौं नै फर्किनेगरी समेत पुग्ने गरेका छन्।   

Gyanendra_karki_51666946674.jpg

आफू एमालेको शुभचिन्तक रहेको बताउने सप्तकोशी बहुमुखी कलेजका एक कर्मचारीले पनि कार्कीको प्रशंसा गरे। कार्कीकै जोडबलमा कलेजमा डेढ करोड बजेट आएको बताउँदै नयाँ भवन बनिरहेको ठाउँ देखाए। कार्कीले त्यहाँका स्कूल कलेजका साथै केही गरिब तथा जेहेन्दार विद्यार्थीलाई व्यक्तिगत रुपमा छात्रवृत्ति समेत दिने गरेका रहेछन्।  बराह क्षेत्र  वडा नम्बर ९ पूर्वटोलका अंगत चन्द्रवंशीसहित १४ जना कार्कीको सहयोगमा पढेका रहेछन्। अंगतले विज्ञान संकायमा कक्षा ११ र १२ मन्त्री कार्कीकै सहयोगमा अध्ययन गरेको बताए। उनले भने, ‘उहाँकै सहयोगले मैले प्लस टू साइन्सबाट क्लियर गर्न पाएँ।’

पढाइमा लगनशील भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्यामा परेका चन्द्रवंशीका विषयमा कार्कीले सुनेपछि सहयोग गरेको छिमेकी मिथुन चन्द्रवंशीले जानकारी दिए। आफूलाई आगामी अध्ययनका लागि पनि सघाउने बाचा कार्कीले गरेको अंगतले जानकारी दिए। 

त्यसैगरी बराह क्षेत्रको बांगेस्थित पिपलबोटमुनि बसिरहेका घोपा मेडिकल कलेज जाने टेम्पोचालक विकास राइले उक्त बाटो बन्न लागेको जानकारी पाएको बताए, तर काम सुरु नभएकोमा गुनासो गरे। ठट्यौला उनले भने,  ‘भाडा महंगो भयो भनेर सुरुमा यात्रुहरु हामीसँग रिसाउँछन्। आधा बाटो पुगेपछि भने हामीलाई होइन, नेताहरुलाई गाली गर्न थाल्छन्। अब पिच बनाउन ठेक्का लागेको सुनेका छौं। सजिलो हुन्छ कि?’

Road_in_Construction1666946675.jpg
निर्माणाधीन सडक

श्रीलंका टापुका रुपमा चिनिने कोशी पारीको बस्तीले झन्डै ४० वर्ष कोशी वारीको झिलिमिली मात्रै हेर्‍यो। नजिकैको बराह क्षेत्र उज्यालो भएको पनि २५ वर्ष पुगिसकेको थियो, तर सप्तकोशीको भंगालोले घेरेको उक्त टापुमा बिजुली पुग्न सकेन। नेताहरु भोट माग्न जाँदा सधैं त्यहाँका बासिन्दाले बत्ति मागे। तर, भोट पाएपछि बिर्सिए। कार्कीले अघिल्लो चुनावमा बिजुली पुर्‍याउने बाचा गरेका थिए। झन्डै २ करोड लागतमा टापुमा बिजुली पुगेको स्थानीय बताउँछन्। कोशी टप्पु क्षेत्रमा हुने हात्तिको आतंक रोक्न गाडीको व्यवस्था भएको र जंगली जनावरको आक्रमणबाट ज्यान जाँदा सरकारले दिने रू ५ लाख बढाएर १० लाख पुर्‍याइएको स्थानीय बताउँछन्। 

Sunsari_4_candidate_karki_and1666946675.jpg
प्रदेश सभा सदस्यका उम्मेदवारद्वय इसराइल अन्सारी र षडानन्द मण्डलका साथ कार्की (बीचमा)

प्रकाशपुरमा भेटिएका मानिक कविरथ कार्कीकै कामबाट प्रभावित भएर आफ्नो बराह क्षेत्र नगरपालिकामा कांग्रेसले जितेको दाबी गर्छन्। उनले भने, ‘१०-१५ वर्षदेखि एमालेले नै जितेको छ, केही पनि गरेको छैन भनेर पोहरदेखि हाम्रो गाउँको धेरै मान्छे यता (कांग्रेस) तिर लागेको छ। यसले चाहिँ काम गर्छ कि भनेर अर्को पार्टीको आधि मान्छे कांग्रेसतिर लागेको छ।’


तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १८:४६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्