• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
झापा- ३ स्थलगत: गोलधाप चोक जहाँ भइरहन्छ राजा फाल्ने र ल्याउनेको बहस
64x64
डिबी खड्का मंगलबार, कात्तिक १५, २०७९  ०७:२६
1140x725
गोलधाप चोकमा रहेको चिया पसल, जहाँ बिहानदेखि बेलुकीसम्मै स्थानीयहरु चिया पिउँदै राजनीतिक गफमा झुम्मिएका हुन्छन्। तस्बिर: निमेषजंग राई/नेपाल लाइभ

झापा– झापा क्षेत्र नम्बर ३, गोलधाप चोकको दक्षिणतिर एउटा चिया अड्डा छ। जहाँ बिहानदेखि बेलुकीसम्मै बाक्लो उपस्थिति रहन्छ। स्थानीयहरु त्यहाँ जम्मा भएर चियाको भन्दा बढी ‘बात’को उफानमा रमाउँछन्। केही दिनअघि हामी पुग्दा पनि त्यहाँ जमघटको निरन्तरता थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन त्यहीँका स्थानीय हुन्। हामीलाई उनको घर जानु थियो। त्यही जमघट नजिक पुगेर घर जाने बाटो सोध्यौं। चिया जमघट समूहका एक जनाले सुरुमै ठट्टा गरे,  ‘हामी त राजा फाल्ने मान्छे, तपाईंले राजा ल्याउँछु भन्नेको घर सोध्नुभयो।’

हामी हाँस्यौं। उक्त समूह पनि मच्चिएर हाँस्यो। त्यसपछि स्थानीय गोपालप्रसाद चुँडालले बाटो पहिल्याइदिए, ‘यही बाटोबाट दक्षिण लाग्नुभयो भने दुई मिनेटमा पुगिन्छ।’

अर्कोले थपे,  ‘जुन घरमा पर्खाल देख्नुहुन्छ। त्यही घरमा छिर्नुहोला।’

दोस्रो व्यक्तिको संकेत हाम्रा लागि लाभदायी सावित भयो। एमालेको समर्थनमा झापा- ३ का उम्मेदवार रहेका लिङ्देनसँग अन्तर्वार्ता गरेपछि हामी फेरि त्यही चोक फर्कियौं। त्यही पसलमा एकछिन चिया-चमेना खाएर बस्ने निधो भयो। त्यस क्रममा उक्त समूहसँगै गफियौं। 

उक्त समूहको ‘नेतृत्व’ अघि ठट्टा गर्ने चुँडालले नै गरिरहेका थिए। चुनावी हावाले छोइसकेकाले कुराकानीको केन्द्र त्यही थियो। उमेरले ६० पार गरिसकेकाहरुको समूहले हाम्रो घर-गाउँ सोध्यो। काम-काज सोध्यो। हामीले बतायौं। फेरि उनीहरु आफ्नै कुरामा मस्त भए। 

त्यही समूहका टीकाप्रसाद पौडेलले यसपल्ट ‘संविधान लेख्ने (सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला)’ लाई जसरी पनि जिताउनुपर्ने कुरा राखे।
 
चुँडालले थपे, ‘ज्यानमारा माओवादीलाई हेलिकोप्टरमा ल्याएर गिरिजाप्रसादकोमा पसारो। नत्र अहिलेसम्म कति मर्थे होलान्?’ 

पौडेलले थपे, ‘राजा ल्याउँछौं भन्छ, तीनटा सिट तालमेल गर्छ। अब पत्याइँदैन।’ पौडेल २०७४ को निर्वाचनमा एमाले थिए। त्यसैले भोट लिङ्देनलाई गयो। यसपल्ट एकीकृत समाजवादीतिर लागेका रहेछन्। त्यसैले विरोध गरिरहेका छन्। 

Ncell 2
Ncell 2

कुराकानीका क्रममा चुँडालले ‘भाइहरुलाई एउटा कुरा भन्छु’ भनेर सबैलाई शान्त रहन भने। हाम्रो ध्यान उनीतिर आकृष्ट भयो। 

तत्कालीन गृहमन्त्री सिटौलाले कास्कीको सिकलेसबाट विद्रोही माओवादीका कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकोप्टरमा राखेर बालुवाटार ल्याएको सबैलाई अवगत नै छ। त्यो बाहेकको ‘विशेष सूचना’ सुनाउन अघि बढे उनी। 

सिटौलाको गृह क्षेत्रका बासिन्दा चुँडालले सिटौलाकै कारण प्रचण्ड शान्ति प्रक्रियामा आएको र युद्ध रोकिएको कुरामा जोड दिए। त्यसलाई प्रमाणित गर्ने दावी पेस गरे, ‘एक भाइकी छोरी प्रचण्डकी बुढी रहिछिन्, अर्को भाइकी छोरी सिटौलाकी बुढी। उनीहरु साढुदाइ र साढुभाइ। दिदीबहिनीले आफ्ना बुढाहरुलाई धेरै दबाब दिए। कोही जान सकेनन्, सिटौलाले गएर ल्याए।’

‘सारीको साइनो’ले शान्ति प्रक्रिया अघि बढाएको उनको दाबीमा उपस्थितहरुबाट काउन्टर आएन। 

हामीले ‘ए हो?’ भन्यौं।

यसरी गणतन्त्र ल्याउने क्रममा ‘सारथि’ बनेका सिटौलाको निर्वाचन क्षेत्रमा अहिले राप्रपा झांगिएको छ। 

२०७४ को निर्वाचनमा माओवादीले समेत राजावादी लिङ्देनलाई भोट हालेपछि सिटौलाले चुनाव हारे।

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा राप्रपा यसपल्ट दोस्रो ठूलो दल देखिन्छ। राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्।

तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्। 

यो मत परिणामअनुसार लिङ्देन अहिले पनि बलिया छन्। एमाले र राप्रपाको मत जोड्दा ४१ हजार २ सय ७२ मत हुन्छ। कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रसहित साना दलको मत जोड्दा समेत ३६ हजार ९ सय ८२ मात्रै हुन्छ।

२०६४ सालको संविधान सभाको चुनावमा राप्रपाले जम्मा ४६ भोट पाएको त्यहाँ उपस्थितमध्ये एकले उल्लेख गरे। 

‘त्यसो भए अहिले कसरी लिङ्देन यो क्षेत्रमा झन्-झन् शक्तिशाली बन्दैछन् त?,’ हामीले राय बुझ्न खोज्यौं। 

एक जनाले भने-  जातीय भोट आउँछ  नि। 

आफूलाई कट्टर कांग्रेसी बताउने ढकालले लिङ्देनको व्यक्तित्वको प्रशंसा गरे, ‘पढेको छ। डिग्री गरेको छ रे। भलाद्मी छ।’

पौडेलले थपे, ‘बाठो छ। आदिवासी जनजातिकहाँ पुग्दा किराँत भनेर भोट माग्छ। बाहुनकहाँ गएर हिन्दू संस्कार र संस्कृति मास्नेहरु विरुद्ध उठेको भनेर भोट माग्छ। भन्छ- बाहुन (सिटौला) भएर के गर्नु धर्म नासे।’ 

आफूलाई लिङ्देनको ‘क्लासमेट’ बताउने अर्का एक व्यक्ति भने रिसाएका रहेछन्। पोहोरसम्म लिङ्देनलाई सघाएका उनी भन्छन्, ‘जम्मा तीन सिटमा तालमेल गरेर राजा ल्याउने कुरा अब पत्याइन्न। यसपल्ट भोट हालिन्न।’ 

झन्डै एक घन्टा हामी गफिएर बस्यौं। अर्कोपट्टि उमेर ३० वरपर रहेका सचिन राई सुनिबसेका रहेछन्। उनी लिङ्देनका कट्टर समर्थक रहेछन्। त्यसैले ‘गणतन्त्रवादी बुढा’हरुको समूहमा मिसिन चाहेनछन्। चियाको बिल तिर्न जाँदा उनले बोलाएर भने, ‘उहाँहरु हाम्रो गहना हो। सम्मान गर्नुपर्छ। तर कुरा पत्याइहाल्नु हुँदैन।’

उनले बयोवृद्धहरुको सदिक्षा सिटौलाप्रति नै रहेको बताए। ‘यही चोकमा बहस गर्ने हो। चुनावको दिन भोट हाल्न जानुहुन्छ कि हुन्न थाहा छैन,’ उनले बाटो छेउमा पुगेर भने, ‘स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले नै कांग्रेसको भागमा छुट्याएको मत समेत आएन। बुझ्दै जाँदा बुढाहरु भोट हाल्नै गएनछन्।’ 

देशभर प्राय: पाका व्यक्ति राप्रपामा देखिन्छन्। तर उक्त क्षेत्रको माहोल फरक रहेछ। पाकाहरु मात्रै सिटौलातिर, धेरै युवाहरु लिङ्देनतिर। अरु त भइगए, आफ्नै छोरा पनि लिङ्देनको समर्थक रहेको कट्टर कांग्रेसी बताउने चुँडालको गुनासो थियो। 

स्थानीय युवामाझ लिङ्देन लोकप्रिय हुनुको कारण घुलमिल हुन सक्ने उनको स्वभाव रहेको राईले बताए। स्थानीयका अनुसार सिटौला केन्द्रीय राजनीतिमा बढी समय बिताउने भएकाले नयाँ पुस्ताका मतदातासँग दोहोरो सम्बन्धको अभाव छ। लिङ्देनले धेरै समय त्यहीँ बिताएकाले उनी परिचित छन्। त्यसैले लिङ्देन सिटौलाका लागि चुनौती बनेका हुन्। 

सिटौला अहिले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। त्यहाँ उनी गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताइरहेका छन्। यो निर्वाचन व्यवस्थाको रक्षाका लागि भएकाले इमान्दारिताका साथ सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन आग्रह गरिरहेका छन्। 

पछिल्ला गतिविधिले गर्दा व्यवस्थाप्रतिको वितृष्णा र मुख्य राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश यहाँ पनि देखिन्छ। राई प्रश्न गर्छन्, ‘जंगलमा हतियार सहित पक्राउ गरेर बुझाइएको अपराधी एउटा नेता (सिटौला)को फोनकलबाट छुट्न सक्ने कस्तो संविधान बनाएको? सुडान घोटालामा प्रहरी वा कर्मचारी दोषी ठहरिने, तर त्यसको नाइके गृहमन्त्रीलाई नछुने कस्तो व्यवस्था ल्याएको?’

यति सुनिसकेपछि हामी त्यहाँबाट बाहिरियौं। गोलधापमा मंसिर ३ सम्म राजतन्त्र फाल्ने र ल्याउने चाहनेबीचको बहस जारी रहनेछ। राजतन्त्र फाल्न सक्रिय भूमिका खेलेका सिटौला र फिर्ता गर्छु भन्नेहरुको नेतृत्वमा रहेका लिङ्देनबीचको प्रतिस्पर्धा रोचक देखिन्छ। दुवैतिर गठबन्धन भएको झापा- ३ को नतिजामा यही अजेन्डाकै बहसले कायापलट ल्याउने सम्भावना भने कमै छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०७:२६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्