• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सुदूरपश्चिममा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि, कृषक बुढा भन्छन्- ४० लाख बढी क्षति भयो, जीविकोपार्जन कसरी गर्ने ?
64x64
शेरबहादुर ऐर बुधबार, कात्तिक १६, २०७९  २१:१८
1140x725

धनगढी- पाँच सय रुपैयाँमा एउटा पोथी बंगुर किनेर २०७३ सालदेखि बंगुरपालन व्यवसायमा होमिएका थिए, भजनी नगरपालिका- ३ का जयबहादुर बुढा। अहिले उनको खोरमा पाठापाठी र माउ गरी चार सय ८२ वटा बंगुर छन्।

आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परीक्षण गर्दा  अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भयो।

बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिका सञ्चालक बुढा भन्छन्-‘तीन सय ५२ माउ तथा पाठापाठी मरिसकेका छन्। अझै ९२ वटा बंगुर मर्ने अवस्थामा पुगेका छन्।’ उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखा परेको सो रोगका कारण ४० लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको बताए। 

एक करोड बढी लगानीमा व्यवसाय गरेका बुढाको जीविकोपार्जनको आधार बनेको थियो बंगुरपालन। तर बंगुरमा देखिएको महामारीपछि कसरी जीविकोपार्जन गर्ने चिन्तामा रहेका छन्। उनले भने, ‘रोगको महामारी नियन्त्रण गर्न कुनै खोप बनेको छैन। तीन महिनासम्म त कारोबार पनि गर्न पाइँदैन। कसरी जीविकोपार्जन गर्ने?’

२०७८ साल चैत १६ गते नेपालमा कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको थियो। यो रोग अहिले नेपालका काठमाडौं, ललितपुर लगायत १० जिल्लामा फैलिइसकेको छ। यो रोगबाट देशभरि २५ हजारभन्दा बढी बंगुरको मृत्यु भइसकेको पशुपन्छी तथा अन्वेषण महाशाखा धनगढीले जनाएको छ।

बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ।

सुदूरपश्चिम प्रदेशमा ४४ हजार तीन सय आठभन्दा बढी बंगुर वार्षिक उत्पादन हुने गरेको छ। बंगुर पालनकै कारण प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउन सहज हुने भए पनि अहिले रोग देखापरेपछि असर परिरहेको पशुपन्छी तथा पशु अन्वेशषण धनगढीका प्रमुख नरेशप्रसाद जोशीले जानकारी दिए।

उनले भने, ‘यो रोग देशभरका ४० वटा मुलुकमा देखा परिसकेको छ। सबैभन्दा बढी चीनमा बंगुरमा रोग देखिँदा ३० खर्ब क्षति व्यहोरेको थियो। नेपालमा हालसम्म १४ सय बंगर यो रोगबाट मरेका छन्। यसले गर्दा अढाई करोडको क्षति भएको छ।’

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ३६ हजार सात सय, एक लाख आठ सय १३, बाख्रा ९ लाख ८३ हजार सात सय ४१, कुखुरा २९ लाख ५३ हजार पाँच सय ११ र हाँस १४ हजार तीन सय ८४ उत्पादन हुने गरेको छ। 

प्रदेशमा मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम माग रहेकोमा प्रदेशमा हालसम्म १० दशमलब ३८ केजी उपलब्धता रहेको छ। प्रदेशमा ३१ दशमलब ९ हजार मेट्रिक टन उत्पादन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को यकिन तथ्यांक छैन।

के हो अफ्रिकन स्वाइन फिभर?
अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो। पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ। नेपालभरि र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा छन्।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिना कुनै लक्षण रातारात मर्न सक्छन्। कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो-नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ। तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ।

यो रोगबाट संक्रमित भई बाँचेका बंगुरहरूले महिनौंसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्म वरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुनसक्छ।

भारतले रोग प्रमाणित भएको एक किलोमिटर वरिपरिका बंगुर मार्ने नीति लिएको छ। तर नेपालमा अहिलेसम्म यसको नियन्त्रणबारे कुनै ठोस नीति नलिइएको डाक्टर जोशी बताउँछन्।

रोग सर्ने मुख्य तरिका
-संक्रमित बंगुर, सुँगुर र बँदेल बीच प्रत्यक्ष सम्पर्कबाट 
-रोग पशुको र्याल, रगत, मलमुत्र, मासु वा यिनीहरुको लसपसमा आएका दानापानी लगायतका सामाग्रीमार्फत
-रोगी बंगुर, सुँगुर र बँदेलको ओसारपसार र किनबेचमार्फत
-संक्रमित खोरमा गएको मानिसहरुको कपडा, जुत्ता, चप्पल आदिमार्फत।

रोकथाम
-बंगुर, सुंगुर र बँदेलको खोरमा मानिसहरुको अनावश्यक आवतजावत नगरौं।
-होटल, रेष्टुरेण्टबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएर मात्र खुवाऔं।
-घरपालुवा बंगुर, सुँगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिऔं।
-रोगी बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाइरस लामो समयसम्म बाँच्ने भएकोले मरेका बँगुर, सुँगुर र बँदेललाई गहिरो खाडल खनी गाडौं।
-अन्य बथानबाट ल्याइएका बँगुर, सुँगुर र बँदेललाई २१ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आफ्नो बथानमा मिसाऔं।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
रसुवामा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका हुन्। मंगलबार, असार २४, २०८२
रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो। त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जि... मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
रसुवामा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली मंगलबार, असार २४, २०८२
रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्