• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पहिलो निर्वाचन परिचयको भयो, दोस्रो अनुभवका लागि, यो परिणामको हुन्छ : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
64x64
डिबी खड्का शनिबार, कात्तिक १९, २०७९  १७:२०
1140x725

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेदवार छन्। यसअघि दुईपल्ट सोही क्षेत्रमा निर्वाचन लडेका उनले सफलता हासिल गर्न सकेनन्। यसपल्ट भने अघिल्ला निर्वाचन भन्दा त्यहाँको माहोल फरक देख्छन्। 'हाइप्रोफाइल' उम्मेदवार बनेका उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साथ छ। शर्मासँग उनकै निर्वाचन क्षेत्रको बाहुनडाँगी पुगेर डिबी खड्काले गरेको संवाद :

कस्तो चल्दैछ चुनावी अभियान?

चुनावी अभियान एकदमै ऊर्जाका साथ, उत्साहका साथ, एकताका साथ चलिरहेको छ। यो माहोलमा म तपार्इंलाई झापा-१ मा स्वागत पनि गर्छु। बाहुनडाँगीमा पनि स्वागत गर्छु। यो पटक चाहिँ परिणाम गठबन्धनको पक्षमा हुन्छ। रुख चुनाव चिह्न संघमा विजय गराउँदै, अर्को प्रदेश 'ख' तर्फ माओवादी केन्द्रका साथीसहित, 'क' तर्फ कांग्रेसकै अर्को साथीको पक्षमा परिणाम ल्याउने ढंगले काम भइरहेको छ।

बाहिरबाट हेर्दा तपाईंको अहिलेको माहोल राम्रो देखिन्छ। गाउँवस्तीमा पस्दा  मान्छेहरु 'कम्युनिष्टको गढ हो' पनि भन्दारैछन्। यसपालि झापा-१ मा कम्युनिष्टको गढ भत्किन्छ?

पञ्चायतकालमा विष्णुविभु घिमिरेको एउटा कविता थियो- 
कांग्रेसको गढ, कम्युनिस्टको किल्ला
जगजगी यो झापा जिल्ला।

लोकतन्त्रमा गढ भन्ने कुराको अर्थ छैन। कांग्रेसको यो गढ अरे, कम्युनिष्टको यो गढ अरे भन्ने कुरा चाँहि मलाई लाग्दैन। किनकी, त्यो लोकतान्त्रिक कुरा हो। भोट ब्याङ्क भन्छन् नि, त्यो पनि लोकतान्त्रिक कुरा होइन। भोट त चलायमान हुन्छ नि। मान्छेको विचार-विश्लेषण हुन्छ, विचारमा परिवर्तन आउँछ। नोटको ब्याङ्क हुन्छ। नोटको ब्याङ्क ठिक हो, भोट ब्याङ्कँ ठिक होइन। नोट ब्याङ्क जति राख्यो, त्यति बढ्छ। चलायमान भएर यताउता हुँदैन। भोट चलायमान हुन्छ। झन् अहिले स्थानीय निर्वचनमा २०७४ सालको जे गणित थियो, त्यो गणितको उचाइलाई हामीले घटाएर ल्यायौं। 

२०७४ सालमा एमाले र माओवादी केन्द्र मिल्दा स्थानीय तहको निर्वाचनको मतअनुसार हामी १४ हजारले पछि थियौं। तर मलाई जम्मा दुई हजार ८ सय ६३ मतले जित्नुभयो। भनेपछि त्योबेला १४ हजारको फरक भएको मतमा यहाँका मतदाताको प्रेमले झिनो अन्तरमा ल्याइपुर्‍यायो। अहिले त झन् एमाले र माओवादी एकता भएको अवस्था पनि रहेन। माओवादी केन्द्र हामीसँगै छ। पहिलेभन्दा हामीसँग अलग्गै ऊर्जा पनि छ। एकीकृत समाजवादी एमालेबाट छुट्टिएको छ। त्यो शक्ति पनि हामीसँगै छ। २०७९ को स्थानीय तहअनुसार फरक त्यसै ६-७ हजारको फरक हो। १४ हजारलाई घटाएर २ हजार ८ सय ६३ मा ल्याइयो भने यसपालि त झन् सजिलै छ।

तपाईं नेपाली कांग्रेसको महामन्त्री पनि हुनुहुन्छ। दुई पटक यस निर्वाचन क्षेत्रमा असफल हुनुभो। पार्टीको महामन्त्री नै पराजित हुनुभन्दा सुरक्षित ठाउँ खोज्नु उचित भनेर समेत छलफल चलेको सुनिएको थियो। तर तपाईंले यही क्षेत्रमा आउन जोड किन गर्नुभयो?

Ncell 2
Ncell 2

पार्टीको महामन्त्री भएको नाताले सांसद मात्रै बनौं त भनेको भए समानुपातिकमा आफ्नै हातले १ नम्बरमै लेख्न सकिन्थ्यो। किनभने, समानुपातिक सूची सभापति र महामन्त्रीले महामन्त्रीले लिष्टमा फाइनल गर्ने हो। संसदीय बोर्डमा भएको छलफलहरुपछि पनि अन्तिममा छलफल सभापति  र महामन्त्रीहरुले निर्णय लिएको हो। म समानुपातिकमा बसिनँ।

दोस्रो, सांसद बन्नका लागि देशभरिको टिकट बाँडिरहेको मान्छेले बलियो क्षेत्रमा गएर चुनाव लड्ने पनि विकल्प थियो। प्रस्ताव आएका पनि थिए। म त्यता पनि लागिनँ। काठमान्डौं-५  मा पनि प्रस्ताव गरिएको हो। 

काठमान्डौं-५ मा गएको भए, ठूलो बिल्डिङको, बैंक ब्यालेन्स भएकाहरुको, गाडी-घोडा भएकाहरुको, वुद्धिजीवीको सांसद हुन्थें। तर मैले यो भूगोल छाडेको भए अहिले यहाँ चिया टिपिरहेका यी भाउजुहरुको स्नेह पाउने कुरा मैले गुमाउँथे। काकरभिट्टामा, धुलाबारीमा रिक्सा कुदाइरहेकाहरुको माया गुमाउँथे। वुद्धशान्तिमा धनीपुर्जा पर्खिरहेकाको कहाँ महत्व पाउँथे। हात्तिले प्रताडित भइरहेको बाहुनडाँगी सिरानका मानिसहरुको पीडामा मैले कसरी काम गर्ने भन्ने गुमाउँथे। यहाँका बेरोजगारहरुको कुरा गुमाउँथे। यहाँको तटबन्धको काम गर्ने कुरा गुमाउँथे। 

र, मैले के ठानें भने देशको लागि सेवा जहाँ गरे पनि हुन्छ तर जराले जरामै बस्नुपर्छ। मेरो जरा झापा-१ हो। मैले यही मलजल हाल्नुपर्छ। दुई पटक हुँदैन भनेर जसले भन्नुभयो, यो पटक उहाँहरुले नै स्नेह गरेर 'आऊ' भनिरहनुभएको छ। त्यसकारण म यहीँ खडा भएँ।

निर्वाचन घोषणापछि तपाईं झापामै हुनुहुन्छ। यहाँका धेरै ठाउँमा पुग्नु पनि भयो होला। पहिलेको माहोल र अहिलेको माहोलमा कत्ति फरक भेट्नुहुन्छ?

२०७४ सालमा नेपालका दुई वटा कम्युनिष्ट पार्टीहरु एकाएक एक भएका थिए। गणितीय रुपमा पनि 'ए लगे है' भन्ने मनोविज्ञान थियो। दोस्रो कुरा, कम्युनिष्ट पार्टीको सरकार हेरौं न त एक पटक भन्ने खालको पनि थियो। आकांक्षा पनि थियो। 

अहिले एमाले र माओवादी केन्द्रलाई हेरियो नि त भन्ने अवस्था छ। कमरेड प्रचण्डले हार्दिकतापूर्वक प्रधानमन्त्री केपी ओलीलाई पूरै ५ वर्ष तपाईं प्रधानमन्त्री हुनुहोस्, बरु कम्युनिष्ट आन्दोलन जोगाउँ। नेकपा र प्रतिनिधिसभा जोगाउँ,  जनाताको समुन्नति र समृद्धि जोगाउँभन्दा पनि शासन कसरी चल्यो भन्ने देखियो नि त। 

त्यसकारण त्यो बेलाको र अहिलेको मनोविज्ञान फरक छ। त्यसकारण अहिले हामीमा फरक ढंगको ऊर्जा छ। त्यसैले मैले के भन्ने गरेको छु भने, २०७० सालको निर्वाचन विश्वप्रकाश शर्माका लागि परिचय कार्यक्रम जस्तो भयो। २०७४ सालको निर्वाचन अनुभव भयो र २०७९ को निर्वाचन परिणामको हुन्छ। त्यस हिसाबले पनि फरक छ।

तपाईंले कांग्रेसको सरकार आउँदा देशलाई गर्ने मार्गदर्शन अर्थात् घोषणापत्र लेख्ने कामको संयोजन गर्ने जिम्मा पाउनुभयो। त्यो देशको भयो। झापा- १ लागि कस्ता अजेन्डा लिएर मत माग्दै हुनुहुन्छ?

पार्टीको महामन्त्रीका रुपमा हामीले सरकारको नेतृत्व गर्दा ५, १०, १५ वर्षमा देश कहाँ पुर्यााउने भन्ने विषयको खाका कोर्ने कामको नेतृत्व गर्ने जिम्मा मलाई दिइयो। संकल्प प्रस्ताव तयारी समितिको संयोजकका रुपमा एउटा समूहको नेतृत्व गरें। जसले देशकै दृष्टिकोण र सपना राख्नुपर्ने अभिभारा पायो, उसको आफ्नो क्षेत्रको बारेमा स्वभाविक रुपमा दृष्टिकोण छ। मलाई यहाँको विषय थाहा छ। यहाँ हामीले क्रमश: गर्नुपर्ने काममा बाटोका कामहरु छन्। जुन वडा र स्थानीय तहसँग मिलेर गर्नुछ।

कतै प्रदेश सरकारलाई समन्वय गर्नुछ। कहीँ संघसँग मिलेर गर्नुछ। रोजगारीका विषयहरु छन्। देशभरि नै रोजगारी सिर्जना गर्नलाई अर्थतन्त्रलाई समग्रतामै कसरी चलाउने भनेर हेर्नुपर्छ। हात्तीको सन्दर्भमा अब ५ वर्षपछि आउँदा पनि हात्तीकै समस्या समाधान गर्छु भन्दै आएँ भने त्यो कति रमाइलो होला? यस विषयमा मेरा निश्चित दृष्टिकोण छन्। 

भूमिको कुरा गर्दा म प्रवक्ता भएका बेला भूमि आयोगका अध्यक्ष केशव निरौला सरलाई अघिल्लो वर्षको दशैंमा बुद्धशान्तिको आइतबारेदेखि लिएर मिलचोकसम्म अढाई/तीन किलोमिटर पैदल हिँडेर कांग्रेस, एमाले, माओवादी र राप्रपासहित सबैले साझा सहमति बनाएर समाधानतिर अघि बढेका छौं। अहिले धनीपूर्जाका लागि जग्गा नाप्ने काम तीव्र रुपले टुंगिने क्रममा छ। 

हामी पाँच वर्षमा भूमिहीनका समस्या समाधान गर्छौं। तटबन्धनका विषयहरुमा काम गर्छौं। चिया बगानमा काम गर्दै गर्नुभएका महिला दिदीबहिनीहरुको पहिला उहाँहरुले प्राप्त गर्दै गर्दा समान ज्यालाको व्यवस्था थिएन, अहिले समान ज्याला  भएके छ। तर ज्याला बढाउनेदेखि अन्य थुप्रै समस्या छन्। त्यसको हल गर्दै जानुछ।

यस्तो भन्दै गर्दा म पार्टीको महामन्त्री पनि हुने, घोषणपत्र लेख्ने समितिको संयोजक पनि हुने, झापा-१ को कुरा आउँदो ५ वर्षमा छुमन्तर हुन्छ है, समस्या चाहिँ अन्त बाँकी रहन्छ भन्दिनँ। मैले कर्णालीको लागि, मधेसका लागि पनि बोलुँला। तर आफ्नो क्षेत्रको विषय र समस्या बुझ्दछु। यी समस्या हल गर्नका लागि प्रयास गर्नेछु। धेरै गर्छु भन्दिनँ, जति गर्छु भन्छु र ती इमान्दारितापूर्वक गर्छु। 

पार्टीको महामन्त्री हुनुहुन्छ। अर्को महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि समेत प्रयास गर्ने भनेर बोलिरहनुभएको छ। तपाईं आफैं पनि तयार हुनुहुन्छ कि पार्टीका सभापति वा अर्का महामन्त्रीमध्ये एकलाई समर्थन गर्नुहुन्छ?

२०७० सालको निर्वाचनमा विश्वप्रकाश विजयी भएको भए केवल सांसद बन्थ्यो। २०७४ मा विजयी भएको भए मन्त्री बन्थ्यो र २०७९ सालमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा म खडा भइरहेको हुन्थ्यो। म सांसद पनि भइनँ, मन्त्री पनि हुन सकेको छैन। त्यसकारण मैले सिधै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अहिले आफूलाई अघि बढाउने कुरा मेरो राजनीतिक संस्कृतिको दृष्टिले उचित मान्दिनँ।

यद्यपि, त्यसको अर्थ विश्वप्रकाश शर्माले मात्रै होइन, अरुले पनि त सांसद नभई प्रधानमन्त्री बन्न हुँदैन भन्ने होइन। पहिलो पटक सांसद भएर नै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको हो। सशील कोइराला एक पटक पनि मन्त्री नभई  प्रधानमन्त्री बन्नुभएकै हो। त्यसकारण हामी त्यो लहरमा उभिन पुगिसक्यौँ। 

विश्वप्रकाश शर्मा झापा-१ बाट विजय भएर गयो भने कांग्रेस पार्टीको संसदीय दलमा यो पटक गगन थापालाई प्रधानमन्त्री बनाउँ न, युवालाई प्रधानमन्त्री बनाउँ न भन्छ। ४०-४२ वर्षभन्दा कम उमेरको मान्छेले फ्रान्स चलाउन हुने, चिलीमा ३५ वर्षको मान्छे प्रधानमन्त्री बन्दा हुने, हामी चाँहि किन बनाउन नसक्ने भन्ने कुरामा मेरो अग्रसरता रहन्छ। त्यो बेलामा कुनै कारणवश गगनजीले 'म खडा हुन्न' भन्ने अवस्था आयो भने स्वभाविक रुपमा संसदीय दलमा 'यहाँ हस्ताक्षर गर म उम्मेदवारको रुमा खडा छु, म बन्छु प्रधानमन्त्री' भनेर दावा गर्ने ठाउँमा चाहिँ म निश्चय नै उभिन्छु। 

तर, मैले यस्तो भन्दै गर्दा राजनीतिमा म नै योग्य भन्ने खालको विसंगत भावना मसँग छैन। आफूसँगैको सहयात्रीलाई उनको पालो अथवा उनको योग्यता म भन्दा बढी छ भनेर अघि सार्ने संकृतिलाई विश्वास गर्छु। त्यसकारण मैले उम्मेदवारका रुपमा अहिले गगन थापा अगाडि सर्दै गर्दा देशभरिका मतदाताले युवाले नेतृत्व लिन हस्तक्षेप गर्न आउँदैछन् भनेर मत दिन अपिल गर्न चाहन्छु।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्