काठमाडौं– यस वर्षको दशैं झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन। मनसुन बाहिरिएपछि भने मौसममा सुधार आएको छ।
बादल हटेर आकाश निलो देखिन थालेको छ। टाढाका हिमाल आँखै अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ। अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्।
काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ। मौसम खुले पनि प्रदुषणका कारण उपत्यकाबासीले खुलेको आकाश र हिमाल सहजै देख्न पाउँदैनन्।
उपत्यकामा प्रदुषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदुषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन्।
केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ। भारतमा पराल पोलेको प्रदुषणले स्कूल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुँदा त्यसको असर काठमाडौंको आकाशमा पनि देखिने गर्छ।
काठमाडौंको काँठ क्षेत्र भने अहिले उज्यालिएको छ। खुलेको मौसमले काँठ क्षेत्रबाट सजिलै हिमालको सुन्दर दृश्यपान गर्न सकिन्छ।
1667623527.jpg)
1667623526.jpg)
1667623526.jpg)
1667623524.jpg)
1667623524.jpg)
1667623523.jpg)
1667623521.jpg)
1667623520.jpg)
1667623518.jpg)
1667623517.jpg)
1667623516.jpg)
1667623514.jpg)
1667623514.jpg)
1667623511.jpg)
1667623511.jpg)
तस्बिरहरु: न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।