• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सरकार गठनको गृहकार्यमा सत्ता-गठबन्धन, ठूला दललाई स्वतन्त्रको सकस 
64x64
नवीन झा शनिबार, मंसिर १०, २०७९  १३:५२
1140x725

काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा प्रमुख दलले नयाँ सरकार गठनको गृहकार्य थालेका छन्। निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता-गठबन्धनका शीर्ष नेताहरुलाई शुक्रबार साँझ बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरुलाई बालुवाटार बोलाउनुअघि बिहीबार एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दहालसँग टेलिफोन संवाद गरेका थिए। ओलीले बुधबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए।

४ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो उपस्थिति जनाउने संकेत गरेपछि प्रमुख दलहरुको पूर्व निर्धारित सत्ता समीकरणमा धक्का लाग्ने भएकोले प्रमुख दलका शीर्ष नेतहरु अन्तिम परिणाम नआउँदै नयाँ सरकारको गणितीय गृहकार्यमा जुटेका हुन्।

शुक्रबार दिउँसोसम्म सार्वजनिक मत परिणामको आकलन गर्दा प्रत्यक्षतर्फ नेपाली काग्रेस ५५ को हाराहारीमा, एमाले ५०, माओवादी १७/१८, नेकपा एस १०, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राप्रपा ५, जसपा ६, लोसपा ४, राजमो १ र जनमत पार्टीले १ सिट हात पार्ने देखिएको छ।

त्यसैगरी समानुपातिकमा एमालेले कांग्रेसभन्दा केही बढी सिट ल्याउने अवस्था देखिएको छ। अहिलेसम्मको समानुपातिकतर्फको मत आकलन अनुसार एमाले ३५, कांग्रेस ३२, माओवादी १५, रास्वपा १५, राप्रपा ८/९ र जसपाले ४/५ सिट पाउने सम्भावना छ। 

संख्यात्मक समीकरणमा सत्ता-गठनबन्धनमा रहेका दलहरुले दावी गरेझैं प्रचण्ड बहुमत पुग्ने सम्भावना देखिएको छैन। एमालेको पनि राप्रपा र जसपासँग मात्रै मिलेर बहुमत पुग्ने सम्भावना छैन।

यही सम्भावना देखेर एमाले अध्यक्ष ओलीले बिहीबार लामो समयपछि विगतको तिक्तता बिर्सेझैं गरी माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेरै नयाँ सत्ता सहकार्यको प्रस्ताव गरेको हुनुपर्छ । तर माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार गोरखामा दिएको अभिव्यक्तिले उनी अहिलेकै गठबन्धन अगाडि बढाएर नयाँ सरकार बनाउने दाउमा छन्।

दाहालले सम्भावित सत्ता गठबन्धनको गणितलाई ख्याल गरेरै बिहीबार साँझ डिल्लीबजारस्थित जेलमा रेशम चौधरीलाई भेटका छन्। चौधरीकी पत्नीसहित चार सांसद नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर आएका छन्।

Ncell 2
Ncell 2

कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राजमोको अहिले मत परिणाम हेर्दा बढीमा १ सय ४१ सदस्य आउन सक्ने देखिन्छ। प्रतिनिधि सभामा सरकार बनाउन आवश्यक समान्य बहुमत संख्या १ सय ३८ हो। तर अहिलेको परिणाममा केही तलमाथि परेको खण्डमा सत्ता-गठबन्धन पश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टी र त्यसले पनि नपुगे राप्रपादेखि जसपा र जनमत पार्टीसम्म समेट्ने दाउमा देखिन्छ। 

तर, यो बीचमा एमाले र अरु कम्युनिष्टले चाहेको खण्डमा वाम सरकार एकलौटी बन्ने सम्भावनाका बारेमा बहस हुन थालेको छ। मतपरिणामको आकलन अनुसार सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आए पनि १३८ संख्या पुग्ने अवस्था भने छैन। 

स्वतन्त्रको सकस 
दलहरुको सत्ता-समीकरणमा नयाँ बन्न लागेको संसदमा सबैभन्दा सकस नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पारेको देखिन्छ। मत परिणाम आकलन अनुसार प्रतिनिधि सभामा २२ देखि २४ सिटसहित आउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्रीहरुको नेतृत्वको समीकरणमा सरकारमा नजाने प्रष्ट पारिसकेको छ। यसले रास्वपाको सम्भावित सत्ता-समीकरणका लागि कांग्रेसले पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री देउवा वाहेक अन्य विकल्प अघि सार्नुपर्ने देखिन्छ भने एमालेले अध्यक्ष केपी ओली बाहेक अन्य नाम अगाडि सार्नुपर्ने देखिन्छ।

यता माओवादी र नेकपा एसले नेतृत्व लिन चाहेमा दाहाल र माधव नेपाल बाहेक अन्य नाम अगाडि सार्नुपर्ने हुन्छ। तर प्रमुख दलहरु यो सर्त मानिहाल्ने अवस्थामा छैनन्। यही कारण धेरैले तत्कालका लागि रास्वपा वाहेककै सत्ता-समीकरणको सम्भावना औंल्याइरहेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव सार्वजनिक रुपमा अघि सारे पनि त्यो सम्भावना तत्कालै देखिएको छैन। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले लगातार आफ्ना सभापति तथा प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्दै आएका छन्। 

यसरी रास्वपाका कारण दलहरुलाई सत्ता-समीकरणमा गणितीय हिसाबले सकस पर्ने देखिन्छ।

गठबन्धनकै सरकार बनाउने कसरत 
कांग्रेस प्रवक्ता महतले निर्वाचनको सम्पूर्ण विवरण नआए पनि गठबन्धनले सरकार बनाउने गरी बहुमत ल्याउने दावी गरे। ‘हामीले सोचे जस्तो नआउला,’ महतले भने, ‘तर हामीलाई सरकार पुग्ने सिट आउँछ।’

उनले गठबन्धनका घटकहरुमा नयाँ सरकार बनाउने विषयमा कुनै समस्या नरहेको पनि दावी गरे। ‘सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ,’ महतले भने, ‘तर सरकार सबैलाई न्याय हुने गरी बनाउँछौं।’

उनले न्याय हुने गरी कसरी मिलाउने भन्ने नखुलाए पनि कांग्रेस नेताहरुले राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुखसहित सबैमा सत्ता-गठबन्धनबीचमा भागबन्डा गरेर मिलाउने गृहकार्य केही दिन भित्रै थालिने बताए।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै... बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गर... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्