• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
थापाथलीका सुकुम्बासीको गुनासो– हाम्रो जाने ठाउँ नै छैन, कहाँ जाउँ?
64x64
कल्पना घिमिरे सोमबार, मंसिर १२, २०७९  २२:०८
1140x725

काठमाडौं– सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्ती अस्तव्यस्त बन्यो। काठमाडौं महानगरपालिका र बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले बस्ती हटाउने प्रयास गरेको थियो। बस्ती हटाउन नदिन सुकुम्बासीले प्रतिकार गरिरहेका थिए। केहीले घरेलु हातहतियार समेत निकालेर प्रतिकार गर्दा महानगर प्रहरी, सुकुम्बासीसमेत घाइते भए। कोही टायर बालेर प्रदर्शन गरिरहेका थिए।

त्यही एक छेउमा ७० वर्षीय वृद्ध लक्ष्मी यादव ह्विलचियरमा थिए। छेउमा बसेका थिए उनका बालक छोरा। ती निकै डराएकाजस्तो देखिन्थे। त्यो बस्तीमा उनको पनि टहरो रहेछ। उनी यस बस्तीमा बसेको १६ वर्ष भएछ। सोमबार एक्कासी महानगर बस्ती भत्काउन आउँदा उनी पनि प्रतिकार गर्न सडकमा निस्किएका रहेछन्। 

‘सडकमै जन्मिएँ, सडकमै हुर्केको मेरो जाने ठाउँ अन्त छैन। म कहाँ जानु दुईटै खुट्टा छैनन्। यत्रो परिवार कसरी पाल्ने कहाँ लगेर राख्ने? म अपाङ्ग छु। मागेर परिवार पालेको छु,’ उनले प्रश्न गरे, ‘त्यो बालेन अहिले मेयर भएँ भन्दैमा हामीलाई यसरी हटाउन हुन्छ? हामीले हो तिनलाई मेयर बनाएको। सिधै हटाउन मिल्ला त्यसलाई पाप धर्म छैन? पहिला व्यवस्थित गनुपर्दैन? कहाँ जाने हामी?’ 

यादव सडकमा मागेर गुजारा चलाउँछन्। उनको ५ जनाको परिवार छ। सानो टहरो हालेर बसेका छन्। छोराछोरी पढाउनसमेत मागेर जुटाएको पैसाले टार्ने गरेको उनको भनाइ छ।

अर्का ७५ वर्षीय वृद्ध रामबहादुर तामाङ पनि आफ्नो बस्ती भत्काउन लागेकाले प्रतिकार गर्न निस्किएका थिए। उनी पनि यहाँ बसेको १५ वर्ष भयो। उनले आफ्ना बुवा पनि देखेनन्। उनी आमासँग सौतेनी बाबुको घरमा बसे। ठूलो भएपछि उनी घरबाट निकालिए। केही वर्ष मामाघरमा बसे। विवाह गरेपछि उनी कामको सिलसिलामा काठमाडौं आएका थिए। त्यो बेला उनका २ छोरा जन्मिएका थिए। जेठो छोराको त विहा गरेको थियो। बुहारी छिन्। नाति छन्।  अहिले दुवै छोरा विरामी भएर बिते।

‘मैले काम छाडेको ५ वर्ष भयो। मेरो पनि मिर्गौलाको समस्या भएर अप्रेसन गरेको छ। श्रीमती पनि वृद्वावस्थाकी छिन्। यहाँ बस्न नदिए कहाँ जाने बस्ने ठाउँ छैन। हामीलाई कसैले कोठा दिँदैन। कोठा भाडामा दिएपनि भाडा तिर्न सक्दिन। बुहारी माइतमा छिन्। भत्ता त आउँछ दुवै जनाको तर त्यसले खान पुग्दैन,’ उनले गुनासो गर्दै भने।

त्यस्तै बस्तीभित्र कोही टहराबाट सबै सर–सामान निकालेर बसेका थिए। कोही सामान ननिकाली जाने ठाउँ छैन कहाँ जाने भन्दै टहराभित्रै थिए।

एउटा टहरामा बसेकी थिइन्, अञ्जली पासवान। उनी सुत्केरी भएको २० दिन भएको रहेछ। जाने ठाउँ छैन कहाँ जाने अब भन्दै उनी पनि टोलाएर बसेकी थिइन्। ‘राती आएर भत्काउने भनेको छ। आज यहाँ बास होलाजस्तो छैन। २० दिनको बच्चा लिएर यस्तो चिसोमा कसरी चिसो आकाशमुनि बस्ने? कहाँ जाने? पुलमुनी बस्ने होकि कहाँ जाने?’ उनले प्रश्न गरिन् ।

एक जनाले भने, ‘अब यूएन पार्कमा बास हुन्छ होला कि?, अर्की भन्छिन्– कहाँ देलान् र त्यहाँ पनि?

सोही क्रममा बस्तीम सुकुम्बासी मोर्चाका युवा इन्चार्ज प्रज्वल लिम्बू आइपुगे। उनैले सुकुम्बासी बस्ती संरक्षणका लागि टायर बालेर प्रदर्शन गरेका रहेछन्। सरकारले आफूहरूलाई विदेशीलाई जस्तो व्यवहfर गरेको उनले गुनासो गरे।

‘हामी कुनै विकासविरोधी होइनौं। हामीलाई व्यवस्थित तरिकाले हटाओस्, हामी आफैँ यो बस्ती भत्काउन सहयोग गर्छौ। तर व्यवस्था गर्न कुनै अप्सन नराखी व्यवस्थाको नाममा आतंकित तरिकाले हटाउन आउनुभएन। हामीलाई सरकारले दोस्रो दर्जाको स्थान दिएर विदेशी नागरिक आएकोजस्तो गर्यो। हामी पनि त नेपाली हो!, भारत वा चीनबाट आएर त बसेका होइनौं नि!’, उनले भने। 

सोहीबीच मानवअधिकारकर्मी अम्बिका अर्याल पनि त्यहाँ उपस्थित थिइन्। उनी पनि सुकुम्बासी बस्तीकै सदस्य हुन्। उनी महानगर र एकीकृत सभ्यताप्रति आक्रोशित देखिन्थिन्। उनले महानगरले अव्यवस्थित अमर्यादित ढंगले बस्ती भत्काउन खोजेको भन्दै प्रतिकार गर्न आएको बताइन्। 

उनले भनिन्, ‘हाम्रो पनि अधिकार छ। हामीले बस्न पाउनुपर्छ। यो ठाउँमा हामीले अतिक्रमण गरेका छैनौँ। हामीलाई व्यवस्थित स्थान देखाओस् त्यहाँ जान तयार छौँ। सिधै आक्रामक तरिकाले भत्काउन आएर मात्र हुन्छ र?’

यो पनि पढ्नुहोस

खुकुरी उज्याउँदै प्रतिकारमा निस्किए थापाथलीका सुकुम्बासी [तस्बिरहरु]

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २२:०८
  • #सुकुम्बासी
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्