• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
के ‘रोनाल्डो युग’को अन्त्य भएकै हो त?
64x64
दीपेन्द्र सापकोटा बिहीबार, मंसिर २२, २०७९  १४:०८
1140x725

काठमाडौं– यतिबेला सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। 

रोनाल्डोको कप्तानीमा रहेको टोली पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। तर, यसका रोनाल्डोको खासै योगदान छैन। उनले पहिलो खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्नबाहेक टोलीलाई आवश्यक परेको बेला गतिलो याेगदान गर्न सकेका छैनन्।

रोनाल्डो यस्ता खेलाडी हुन्। जो सन् २००३ देखि लगातार पोर्चुगलको राष्ट्रिय टोलीमा छन्। उनी २००८ यता निरन्तर पोर्चुगलको सुरुवाती ११ मा थिए। २००७ देखि टोलीका कप्तान छन्। उनी अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्।

पोर्चुगलका लागि सर्वाधिक १९५ खेलेका खेलेका उनले ११८ गोल गरेका छन्। पोर्चुगलका लागि उनले सर्वाधिक १० ह्याट्रिक गरेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका यिनै रोनाल्डाकोे क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ।

पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका रोनाल्डोले जारी विश्वकपको नकआउटको स्विट्जरल्याण्डविरुद्धको महत्वपूर्ण खेलको अधिकांश समय बेन्चमा बिताए।  ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा रोनाल्डाले बेन्चबाट सुरुवात नगरेको ३१ खेल भइसकेको थियो। बेन्चमा बसिरहेका रोनाल्डो स्विट्जरल्याण्डविरुद्ध ७४ औँ मिनेटमा मैदान छिरे।

Cristiano Ronaldo reacts after being substituted on in Portugal's win over Switzerland

तर त्यो बेला टोलीलाई उनको आवश्यकता थिएन। किनकि, रोनाल्डोको ठाउँ लिँदै सुरुवाती ११ मा स्थान बनाएका गोन्कालो रामोसले ह्याट्रिक गरेपछि पोर्चुगल स्विट्जरल्याण्डमाथि ५–१ ले अगाडि थियो।  पछि राफायल लिआउले गोल थपेपछि सो खेल पोर्चगलले ६–१ ले सानदार ढंगले जित्यो। यसपछि रोनाल्डो सुरुवाती ११ मा पर्ने अवसर झनै पर सर्यो। 

यससँगै रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ। सान्तोसले बिहीबार रोनाल्डोलाई प्रतिस्थापन (सब्टिच्युट) खेलाडीले गर्ने तालिममा पठाए। उनले नमानी सुरुवाती ११ का खेलाडीले गर्ने तालिममा गए।

 

प्रशिक्षक सान्तोसले दक्षिण कोरियाविरुद्धको समूह चरणको खेलमा रोनाल्डोलाई पूरै समय खेल्न दिएनन्। यसले गर्दा रोनाल्डोले असन्तुष्टि जनाएका थिए। यसपछि प्रशिक्षक र उनीबीच विवाद बढेको हो। प्रशिक्षकसँग विवाद गरेपछि आगामी शनिबार हुने क्वार्टरफाइनलमा रोनाल्डो सुरुवाती ११ मा हुने सम्भावना लगभग शून्य प्रतिशतमा झरेको फुटबल पण्डितहरूले विश्लेषण गरिहेका छन्। यससँगै झण्डै दुई दशक अन्तराष्ट्रिय फुटबलमा छाएका रोनाल्डो अब राष्ट्रिय टोलीको जर्सीमा देखिने सम्भावना नरहेको उनीहरूको दाबी छ। उनीहरूका अनुसार देखिइहाले पनि अब उनी बेन्चमा देखिने छन्। 

यता, नेपाली फुटबलका विश्लेषकको भनाइ पनि उस्तै छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का रोनाल्डोको फुटबल करिअर अब ओरालोतिर लागेको स्वीकार गर्छन्।

‘रोनाल्डोले राष्ट्रका लागि जति दिनुपर्ने हो त्यो दिइसकेका छन्। अब अहिले उनीबारे अहिले जुन कुरा आइरहेको छ। र, उनको खेल खस्किँदो देखिएको छ, त्यसले चाहिँ उनको फुटबल करिअर ओरालो लाग्दै गरेको देखिन्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

यद्यपि, पोर्चुगिज राष्ट्रिय टोलीका लागि रोनाल्डोले जुन योगदान दिएका छन्, त्यसलाई कम आँक्न नमिल्ने उनी बताउँछन्।

फुटबल प्रशिक्षकसमेत रहेका खड्काले प्रशिक्षक सान्तोसले रोनाल्डोलाई बेन्चमा राख्नुलाई नकारात्मक रूपमा मात्रै हेर्नु नहुने बताए। ‘खेल जित्नलाई यो एउटा प्रशिक्षकको रणनीति पनि हुन्छ’, उनले थपे, ‘किनकि, त्यो खेल पोर्चुगलले ६–१ को भारी अन्तरले जित्यो नि!’ 

यसरी भयो रोनाल्डो युग अन्त्यको सुरुवात 

ब्रिटिस पत्रकार पियर्स मोर्गनसँग रोनाल्डोले दिएको अन्तर्वार्ता विश्वकप सुरु हुनुभन्दा चार दिनमात्र अघि अर्थात १४ नोभेम्बरमा प्रकाशित भयो। जहाँ रोनाल्डोले आफू आबद्ध क्लब म्यानचेस्टर युनाइटेडमाथि तितो पोखे। मुख्य प्रशिक्षक इरिक टेग ह्याग र केही अधिकारीहरूले आफ्नो फुटबल करिअर नै समाप्त पार्न खोजेको आरोप लगाए।

साथै, उनले क्बल म्यानचेस्टर युनाइटेड पनि पुरानै ढर्रामा चलेकाले नतिजा ननिस्किएको आरोप लगाए।म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको प्रदर्शन चित्तबुझ्दो नभएको भन्दै प्रशिक्षक ह्यागले उनलाई सुरुवाती ११ मा ठाउँ दिन छोडेका थिए। यसलाई लिएर रोनाल्डो आफ्नो अपमान गरेको बताउँदै आफूले पनि प्रशिक्षकलाई सम्मान नगर्ने स्पष्ट पारेका थिए।

The FULL Cristiano Ronaldo Interview With Piers Morgan | Parts 1 and 2 -  YouTube

क्लबमै आबद्ध भएका रोनाल्डोले आफ्ना असन्तुष्टि यसरी छताछुल्ल पोखेपछि म्यानचेस्टरमा हल्लीखल्ली मच्चियो। रानाल्डोलाई बर्खास्त गरेको औपचारिक निर्णय भएको छैन। तर उनी म्यानचेस्टर नफर्कने निश्चित भइसकेको छ। अझ भनौं रोनाल्डोको व्यवहारबाट युरोपका ठूला क्लबले उनलाई लिने जोखिम नमोल्ने इंग्लिस मिडियाहरूमा विश्लेषण आइरहेको छ।

हुन पनि रोनाल्डोलाई लिनलाई युरोपकै ठूला क्लबले खासै चासो दिएका छैनन्। यस्तोमा उनीबारे विभिन्न हल्ला आइरहेका छन्। यसैबीच, स्पेनिस पत्रिका मार्काले आगामी जनवरी १ देखि रोनाल्डो साउदी अरेबियाको क्लब अल नास्सरमा आबद्ध हुने दाबी गरेको छ। 

रोनाल्डो क्लब फुटबलका ‘बादशाह’ मानिन्छन्। उनले सर्वाधिक पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यो प्रतियोगिताको उनी सर्वाधिक गोलकर्ता हुन्। यसरी युरोपका ठूला क्लबमा आबद्ध भएर दुई दशकसम्म सनसनी मच्चाइरहेका रोनाल्डो साउदी अरेबियाको क्लबमा जान बाध्य भइरहेका छन्। अधिकांश ब्रिटिश फुटबल पण्डितहरूले यसलाई रोनाल्डो युगको अन्त्य भएको मानिरहेका छन्।  हाल फुटबल पण्डितको काम गरिहेका इंग्लिस राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य गेरी नेभिल रोनाल्डोको फुटबल करिअर समाप्त भइसकेको तर उनले त्यो अस्वीकार गरेको बताउँछन्।

Cristiano Ronaldo returns to Manchester United: Gary Neville says  Portuguese gives club hope of great season ahead | Football News | Sky  Sports

नेभिल तिनै हुन् जसलाई रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो करिअर सिध्याउन भूमिका खेलेका आरोप लगाएका थिए। यद्यपि, रोनाल्डो र नेभिल म्यानचेस्टर युनाइटेडका पूर्वसहकर्मी हुन्।

यो पनि पढ्नुहोस

यी हुन् समूह चरणमा निस्किएका ८ अप्रत्यासित नतिजा

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १४:०८
  • #क्रिस्टियानो रोनाल्डो
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं... बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल उज्वेकिस्तानमा पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध चार गोल गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले तीन र गीता रानाले ... बुधबार, असार १८, २०८२
एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हरा... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्