• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अमेरिकी नागरिक फेनिजको नजिर, जसले ‘बिकिनी किलर’ शोभराजलाई जेलमुक्त गरायो
64x64
नारायण अधिकारी बिहीबार, पुस ७, २०७९  १४:३८
1140x725

काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई जेलमुक्त गर्न बुधबार सर्वोच्च अदालतले आदेश दियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न मात्रै होइन १५ दिनभित्र स्वदेश (फ्रान्स) पुर्‍याउन समेत भन्यो। 

सर्वोच्चको उक्त आदेशसँगै १९ वर्षभन्दा लामो जेल जीवनबाट शोभराज बाहिर निस्कने भएका छन्। केन्द्रीय कारागार सुन्धारमा जेल जीवन बिताइरहेका शोभराज थुनामुक्त हुने प्रक्रिया समेत अघि बढिसकेको छ।

शोभराजलाई जन्मकैद (२० वर्ष)को सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालय सुन्धारा पुगेपछि उनी औपचारिक रुपमा रिहा हुनेछन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले भने, ‘अदालतले नै छाड्नु भनिसकेपछि हामीले थुनामा राखिराख्ने कुरा भएन। पत्र आएपछि उहाँ छुट्नुहुन्छ।’

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै शोभराजलाई छाड्नका लागि दिएको आदेश भक्तपुर जिल्ला अदालत हुँदै कारागार कार्यालय जगन्नाथदेवल पुगेपछि उनी रिहा हुनेछन्। कारागार कार्यालय जग्गनाथदेवलका जेलर इश्वरप्रसाद पाण्डेले अहिलेसम्म भक्तपुरबाट पत्र नआइसकेको र आएपछि रिहाइको प्रक्रिया अघि बढाइने नेपाल लाइभलाई बताए। ‘शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेकाले भक्तपुर जिल्ला अदालतबाट औपचारिक पत्र आएपछि उनको रिहाइ प्रक्रिया अघि बढ्छ,’ जेलर पाण्डेले भने। 

सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई फैसला कार्यान्वयका लागि पठाइसकेको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार नै कारागार कार्यालय जगन्नाथ देवललाई पत्र पठाउने तयारी गरेको छ। स्रोतका अनुसार उक्त पत्र आएपछि बिहीबार नै शोभराज रिहा हुनेछन्। 

कारागारबाट रिहा गरेपछि सर्वोच्चले भनेजस्तै उनलाई १५ दिनभित्र फ्रान्स पठाउनुपर्ने हुन्छ। त्यतिन्जेलका लागि उनलाई अध्यागमनको निगरानीमा राखिने स्रोतले नेपाल लाइभलाई जानकारी दियो।  

शोभराजलाई रिहाइ गराउने अमेरिकी नागरिकको नजिर 
सिरियल र बिकिनी किलरको रुपमा कुख्यात शोभराज तोकिएको भन्दा १ वर्ष कैद भुक्तान गर्न बाँकी हुँदा नै रिहा हुनुमा एक अमेरिकी नागरिकको नजिर मुख्य बनेको छ। ५० प्रतिशत कैद भुक्तानी, कोराना माहामारी, कहिले वृद्ध र बिरामी भएको दाबीसहित आफ्नो रिहाइको माग गर्दै शोभराजले सर्वोच्चमा निवेदन दिइरहेका हुन्थे। 

सुरुमा शोभराजले कारागार कार्यालयलाई नै आफू कैदमुक्त हुनुपर्ने भन्दै निवेदन दिएका थिए। शोभराजको निवेदनपश्चात २०७५ वैशाख २० गते उनको बाँकी रहेको २६ प्रतिशत कैद छुटका लागि कारागार कार्यालयले सिफारिस पनि गरेको थियो। उक्त सिफारिसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पठाइए पनि कार्यान्वयन नभएको भन्दै शोभराजका तर्फबाट उच्च अदालत पाटनमा समेत रिट दायर भएको थियो।

यो पनि पढ्नुहोस

चार्ल्स शोभराज: कोरोना बन्ला त कैद छुटको अवसर?

त्यसबेला पाटनले कानुनी प्रक्रियामार्फत् भेदभाव नराखी टुंग्याउन आदेश दिएको थियो। ०७५ असार २० गते उच्च अदालतका न्यायाधीशद्वय केशवकुमार जोशी र रमेशकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने, तर शोभराज ज्येष्ठ नागरिक भएकाले छुट पाउने सुविधा दिनु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो। 

उच्च अदालतको आदेश पेस गर्दै शोभराजले २०७५ भदौ १७ गते कारागाार व्यवस्थापन विभागका महानिर्देशकलाई निवेदन दिए। फैसला कार्यान्वयनका लागि उनले दिएको निवेदनमा कारागारले चलानी नम्बर १०६१ भएको पत्र लेख्यो। कारागार व्यवस्थापन विभागमा समेत उनले उच्च अदालतको फैसला कार्यान्वयनको निवेदन र कारागारको चलानीपत्र बुझाए। तर महानिर्देशकले शोभराजको निवेदनमा कुनै प्रतिक्रिया जनाएनन्। 

त्यसपछि शोभराजको तर्फबाट शकुन्तला थापा र निहीता विश्वास २०७५ कात्तिक २० गते सर्वोच्च पुगेका थिए। 

कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिना भेदभाव छुट पाउनुपर्ने मागसहित शोभराजको निवेदन पुगेर शकुन्तला र निहीता सर्वोच्च पुगेका थिए। कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित शोभराजले रिट दायर गरेका थिए।

आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित शोभराजले एक अमेरिकी नागरिकको नजिर समेत पेस गरेका थिए। शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोस नजिर पेस गरेका थिए। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि बाँकी कैद छुट दिएको थियो। क्यान्सरको गम्भीर बिरामी भएको कारण देखाउँदै उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद, ७५ वर्षको वृद्ध भएको आधारमा दिने फैसला सर्वोच्चले गरेको थियो। 

उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए। २०७५ भदौ २५ गते उनी रिहा भएका थिए।

शोभराजले सोही नजिर देखाउँदै आफू पनि ७० वर्ष उमेर नाघेको ज्येष्ठ नागरिक भएकाले सुविधा पाउनुपर्ने दाबी गरेका थिए। अन्ततः तोकिएको समयभन्दा करिब १ वर्ष अघि नै शोभराज रिहाइ हुने भएका छन्।

शोभराजको अपराध–यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 

शोभराजको अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको १ घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै १ वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएर इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाईल्यान्ड पुगे। त्यहाँ त उनले ३ जना पर्यटकको हत्या नै गरे।

Shovraj_Bayan1671699319.jpg
शोभराजको बयान

हत्या गरिएका ३ जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।

शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए। 

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो।

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।

उनी नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु समेत भन्थे। २०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। २० वर्ष कैद सजाय तोकिएका उनी २०८० असोज १ गते छुट्दै थिए। तर सर्वोच्च अदालतले बुधबार नै बन्दी प्रत्यक्षीकरणको रिटामा फैसला गर्दै तत्कालै छाड्ने आदेश दिएपछि उनी रिहा हुने भएका छन्। 

शोभराजको उपचारमा राज्यको वार्षिक १ लाख खर्च
शोभराज मुटुको बिरामी हुन्। उनको मुटुको शल्यक्रिया समेत गरिसकिएको छ। मुटुको भल्वले कामै गर्न छाडेपछि २०७४ जेठमा शहीद गंगलाल अस्पतालमा करिब ३ घण्टा लगाएर डा रामेश कोइरालाको टिमले शल्यक्रिया समेत गरेको थियो। 

योसँगै उनी दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो। ७८ वर्ष भइसकेका शोभराजको उपचारमा प्रत्येक वर्ष १ लाख रुपैयाँका हाराहारीमा राज्यको खर्च भइरहेको कारागार स्रोतले नेपाल लाइभलाई बतायो। 

शोभराजको उपचारमा मात्रै करिब २० लाख रुपैयाँ खर्च भइसकेको छ। शोभरजाकै आग्रहमा केही निजी अस्पतालमा समेत उनको उपचार हुने गरेको थियो। 

निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्