• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
काठमाडौंमा ३ वर्षपछि गुञ्जिएको नेपथ्य [तस्बिरहरु]
64x64
मनिष अर्याल आइतबार, पुस १७, २०७९  १३:५३
1140x725

काठमाडौं–  लोकरक ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ। एक महिनाभन्दा लामो भ्रमणमा निस्किएको टोली शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपमा गुन्जन पुग्यो। 

निर्धारित समयमै ब्याण्डका दुईवटा म्यूजिक भिडियो बज्न सुरु भयो। लगत्तै मञ्चमा चढेको कलाकार टोलीले पहिलो कोशेलीका रुपमा हालसालै तयार भएको ब्याण्डको नयाँ गीत ‘भटभटे’ प्रस्तुत गर्‍यो।

पछिल्लो देश दौडाहाका क्रममा काठमाडौंभन्दा पहिले बुटवलका दर्शकमाझ पनि यो गीत प्रस्तुत गरिएको थियो। कन्सर्टकै पहिलो गीतका रुपमा भने राजधानीमै ‘भटभटे’ गाएर सुनाइएको हो।

Nepathya_Kathmandu_51672560321.jpg

नेपथ्यले दोश्रो प्रस्तुतिका रुपमा सर्वकालिक हिट गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्‍यो। अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदासम्म दर्शकको उत्साह बढिसकेको थियो। 

कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य काठमाडौंमा यसपालि ३ वर्षपछि प्रस्तुत भएको थियो। यसअघि भुकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि भृकुटीमण्डपमै सन् २०१९ मा ब्याण्डले कन्सर्ट गरेको थियो। 

दर्शकहरूलाई स्वागत गरेपछि अमृत गुरुङले ‘फेरि तपाईंहरूलाई म मेरो भेगतिर लैजान्छु, रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरु गरे–

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

Nepathya_Kathmandu_11_Amrit_Gurung1672560323.jpg

त्यसपछि पनि नेपथ्यका पुरानै गीत ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजार’ले निरन्तरता पाएका थिए। दर्शकहरूलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा’

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भई रित्तिँदै जान थालेका छन्,’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दैछ।’ 

यस्तो अवस्थामा स्वदेशमै युवाहरूलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे। 

Nepathya_Kathmandu_81672560322.jpg

त्यसपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए। प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो। 

कार्यक्रम अवधिभर गायक अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुका साथै पछिल्लो समय ब्याण्डले मानवताका निम्ति चालेको कदमलाई अथ्र्याउने प्रयत्न पनि गरे। घर परिवारबाट निकालिएर वा अपहेलित भई सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

Nepathya_Kathmandu_31672560320.jpg

शनिबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा राजधानीका दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। 

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

Nepathya_Kathmandu_41672560320.jpg

दर्शकदीर्घामा परिचित अनुहार टनाटन भरिएका थिए। 

‘यसरी कन्सर्ट नहेरेको धेरै वर्ष भएको थियो,’ सिंगो परिवारसहित उपस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापा भनिरहेका थिए, ‘रमाइलो लाग्यो।’ उनको प्रतिक्रियामा रमाइरहेका छोरीहरूले पनि साथ दिएका थिए।

त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको पनि स–परिवार उपस्थिति थियो। दर्शक दिर्घामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो।

Nepathya_Kathmandu_121672560323.jpg

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए। 

संयोगवस कार्यक्रमको दिन अमृतको जन्मदिन परेको थियो। कार्यक्रम सुरु हुन पहिलेदेखि दर्शकदिर्घाबाट ह्याप्पी बर्थडेको सामूहिक शुभकामना गाइएको सुनिन्थो। 

Nepathya_Kathmandu_61672560321.jpg

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनिष अर्याल
लेखकबाट थप
माघ स्नान गरी सुरु भयो ‘श्री स्वस्थानी व्रत कथा’ [तस्बिरहरु]
‘नाट्यमणि’मा बालबालिकाको ‘???’
दरबारमार्गमा अब ‘नो पार्किङ!’ [तस्बिरहरू]
सम्बन्धित सामग्री
‘माछा खोलीमा’ बालगीत सार्वजनिक गीतमा स्वर दिनुभएको छ- बालगायक अभय दुवाडीले, जसको मिठासपूर्ण स्वरले गीतलाई जीवन्त बनाएको छ। मीठो लय र सरल शब्दले सजिएको यो गीतको संग... सोमबार, असार २३, २०८२
"आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक यसैक्रममा गज्जब टिभीको प्रस्तुतीमा "आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक भएको छ। सोमबार, असार १६, २०८२
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ताजा समाचारसबै
वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या बिहीबार, असार २६, २०८२
तस्बिरमा हेर्नु बाढीले ध्वस्त बनाएको टिमुरेदेखि रसुवागढी क्षेत्र बिहीबार, असार २६, २०८२
सिन्धुपाल्चोकको भोटेकोशी इकुमा बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बिहीबार, असार २६, २०८२
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु बिहीबार, असार २६, २०८२
रवि लामिछानेलाई मनिषाको समर्थन बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्