काठमाडौँ– सिन्धुपाल्चोकको भोटेकोशी इकुमा बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ।
भोटेकोशी कोदारीस्थित अरनिको राजमार्गमा बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो।
इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो। सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं आउन लागेका मालवाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन्। त्यस्तै यात्रुवाहक बस, साना–ठूला सवारीसाधनहरु रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।