• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
यी ९ खेलाडीले मात्र जित्न सकेका छन् फुटबलमा महत्त्वपूर्ण मानिने ‘ट्रिपल क्राउन’
64x64
नेपाल लाइभ शनिबार, पुस २३, २०७९  १४:५७
1140x725

काठमाडौं– गत डिसेम्बर १८ मा कतारमा विश्वकप जितेसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसी फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने तीनवटै उपाधि वा पुरस्कार जित्ने दुर्लभ खेलाडीमा दर्ज भएका छन्।

फुटबलमा विश्वकप, युरोपियन च्याम्पियन्स लिगको उपाधि र व्यक्तिगत अवार्ड बालोन डि‘ओरलाई महत्वपूर्ण मानिन्छ। यी तीनवटै उपाधिलाई एउटै भाषामा ‘ट्रिपल क्राउन क्लब’ भनिन्छ।  ट्रिपल क्राउन जित्नु फुटबलमा दुर्लभ मानिन्छ। किनकि, हालसम्म यी तीन उपाधि जित्ने जम्मा नौजना मात्र खेलाडी छन्। 

डिएगो म्याराडोनाजस्ता सर्वकालीन महान भनिने र अहिलेका क्रिस्टियानो रोनाल्डो र केलियन एम्बाप्पेजस्ता खेलाडीले समेत ‘ट्रिपल क्राउन’ जितेका छैनन्।

यद्यपि, अर्जेन्टिनाका मेसीसँगै इंग्ल्याण्डका बबी चार्लटन, जर्मनीका फ्रान्ज बेकनबाउर, जर्मनीकै गर्ड मुलर, इटालीका पाब्लो रोसी, फ्रान्सका जिनेदिन जिदान तथा ब्राजिलका, रिभाल्डो, रोनाल्डिन्हो र काकाले भने महत्त्वपूर्ण तीनवटै उपाधि जितेका छन्। अब यसबारे चर्चा गरौंः

१. बबी चाल्टन (इंग्ल्याण्ड)

बबी चाल्टन सन् १९६६ मा इंग्ल्याण्डले पहिलो र एकमात्र विश्वकपको उपाधि जित्दा महत्वपूर्ण सदस्य थिए। सो विश्वकपमा तीन गोल गरेका चाल्टनले त्यसैवर्षको बालोन डि‘ओरको उपाधिसमेत जितेका थिए। यस्तै, उनले १९६८ मा च्याम्पियन्स लिगको उपाधि जित्दै ट्रिपल क्राउनमा आफूलाई उभ्याउने पहिलो खेलाडी बने। चाल्टनले यो उपाधि म्यानचेस्टर युनाइटेडबाट जितेका थिए।

२. फ्रान्ज बेकनबाउर (जर्मनी)

जर्मनीका फ्रान्ज बेकनबाउरले पनि फुटबलका महत्वपूर्ण तीन उपाधि जितेका छन्। उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीबाट आफ्नै कप्तानीमा विश्वकपको उपाधि जितेका थिए। साथै, उनले बायर्न म्युनिखबाट १९७४, ७५ र ७६ गरी तीनवटा  च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यस्तै, उनले १९७२ र ७६ गरी दुईपटक बालोन डि‘ओर हात पारेका छन्।

३. गर्ड मुलर (जर्मनी)

बेकनबाउरसँगै गर्ड मुलरले पनि सन् १९७४ मा पश्चिम जर्मनीको तर्फबाट विश्वकपको उपाधि जितेका थिए। साथै, उनले सोही वर्ष अर्थात १९७४ र ७६ मा च्याम्पियन्स लिग जितेका थिए। यसैगरी, उनले १९७० मा बालोन डि‘ओरको उपाधि जित्न सफल भए।

४. पाब्लो रोसी (इटाली)

इटालीका पाब्लो रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए। साथै, उनले त्यसै वषर्ए बालोन डि‘ओर पनि जिते। यस्तै, उनले १९८५ मा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए।

५. जिनेदिन जिदान (फ्रान्स)

फ्रान्सका अट्याकिङ मिडफिल्डर जिनेदिन जिदानले सन् १९९८ ले विश्वकप जितेका थिए। फाइनलमा उनले दुई गोल गरेका थिए। उनले त्यसै वर्ष बालोन डि‘ओर पनि जिते। यस्तै, जिदानले २००२ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए।

६. रिभाल्डो (ब्राजिल)

रिभाल्डोले सन् २००२ मा ब्राजिलका लागि विश्वकप जितेका थिए। उनले सो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोलसमेत गरेका थिए। उनले २००३ मा इटालियन क्लब एसी मिलानबाट च्याम्पियन्स लिग जितेका थिए।

७. रोनाल्डिन्हो (ब्राजिल)

रोनाल्डिन्हो पनि रिभाल्डोजस्तै सन् १९९५ मा विश्वकप जित्दाका ब्राजिली टोलीका सदस्य हुन्। सो विश्वकपमा उनले दुई गोल गरेका थिए। साथै, उनले २००५ मा बालोन डि‘ओर पनि जितेका छन्। यसैगरी, उनले २००६ मा स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए।

८. काका (ब्राजिल)

रिभाल्डो र रोनाल्डिन्होसँगै काकाले पनि सन् २००२ मा विश्वकपको उपाधि उचाले। उनले २००७ मा एसी मिलानबाट च्याम्पियन्स लिगको उपाधि उचालेर बालोन डि‘ओरसमेत जिते।

९. लियोनल मेसी (अर्जेन्टिना)

यसअघि चारपटक च्याम्पियन्स लिग र सर्वाधिक सातपटक बालोन डि‘ओर जितिसकेका लियोनल मेसी कतारमा भर्खरै सम्पन्न विश्वकपको उपाधि जितेसँगै ट्रिपल क्राउन क्लबमा नाम लेखाउने अन्तिम तथा नवौं खेलाडी भएका छन्। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउँदा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सात गोल र तीन असिस्ट गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बलसमेत प्राप्त गरे।

मेसीले सन् २००६, ९, ११ र १५ मा गरी चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका हुन्। उनले यी सबै उपाधि बार्सिलोनाबाट जितेका हुन्। 

यसैगरी, मेसीले २००९, १०, ११, १२, १५, १९ र २१ गरी सातपटक बालोन डि‘ओरको उपाधि जितेका छन्। उनी सबैभन्दा धेरै बालोन डि‘ओर जित्ने खेलाडीसमेत हुन्। विश्वकप जितेसँगै यो वर्ष पनि उनले नै बालोन डि‘ओर जित्नसक्ने विश्लेषण गरिएको छ।    
   
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं... बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल उज्वेकिस्तानमा पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध चार गोल गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले तीन र गीता रानाले ... बुधबार, असार १८, २०८२
एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हरा... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्