• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
तारानाथ रानाभाटको अन्तर्वार्ता: कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रलाई के हानी भयो?
64x64
नेपाल लाइभ बिहीबार, पुस २८, २०७९  १७:१४
1140x725

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामार्फत् विश्वासको मत प्राप्त गरे। कांग्रेसले सहमति पालना नगरेको भनेर तत्कालीन गठबन्धन त्यागेर नेकपा (एमाले) सँग मिलेर १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अन्ततः कांग्रेसले समेत विश्वासको मत दियो। प्रतिनिधि सभामा उपस्थित कूल २७० जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गरे। उनको विपक्षमा २ वटा मात्र मत पर्‍यो। कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै राजनीतिक वृत्तमा कांग्रेसप्रति अनेक टिकाटिप्पणी भएका छन्। विश्वासको मत पनि दिने प्रतिपक्ष पनि भन्ने? अब कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष? जस्ता सवालहरुबारे पूर्व सभामुख तारानाथ रानाभाटसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

प्रचण्डलाई विश्वासको मत दिएसँगै कांग्रेस अब सत्तापक्ष कि प्रतिपक्ष?
प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिए पनि उ प्रतिपक्षमै रहन्छ। कांग्रेसले एउटा ‘इस्यू’ बेसमा मात्रै प्रचण्डलाई विश्वासको मत दिएको हो। मुलुकमा राष्ट्रिय रुपमा अनेक किसिमका संकटहरु पैदा हुन्छन्। राष्ट्रिय समस्याहरुअन्तर्गत मुलुकमा राजनीतिक अस्थिरता, अनिकाल, प्राकृतिक प्रकोप होला। बाह्य हस्तक्षेप होला। त्यतिबेला सबै दलहरु मिलेर संकटको सम्बोधन गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा संसद्‌भित्र र बाहिर पनि दलहरु मिलेर सम्बोधन गर्नुपर्ने हुन्छ।

अन्तर्राष्ट्रिय समस्या आइपर्छ। छिमेकीहरु, दातृ निकायहरु, अन्य मित्रराष्ट्रहरुसँग समस्या पर्ला। तीनलाई सम्बोधन गर्न वा उनीहरुको ध्यान आकर्षित गर्नका लागि एकताको सन्देश दिने उद्देश्यसहित छिमेकी राष्ट्रको सहयोग लिन र राष्ट्रिय सहमतिको सन्देश दिन पनि मिल्नुपर्छ। 

तपाईंले सोध्नु भएको प्रश्न पक्ष र विपक्ष भन्ने कुरा होइन। त्यसकारण कांग्रेसले गरेको सहयोग भनेको राष्ट्रिय समझदारी, राष्ट्रिय एकता, राष्ट्रिय सद्भाव देखाएको भन्ने बुझ्नुपर्छ। 

संसारभरी प्रचलित नजिरहरु पनि छन्। मूल्यमान्यता पनि त्यही हो। कानुनले पनि सम्मति दिन्छ। प्रतिपक्ष त छँदैछ। विपक्षीले पनि तत्कालका केही सवालहरुमा सत्तापक्षलाई सहयोग गर्नु, मिलेर जानु भनेको समस्याहरुको समाधान गरे भन्ने कुरा बुझ्नु पर्दछ।

कांग्रेससँगै गठबन्धनमा गरेर निर्वाचन लडेका प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगर्ने कांग्रेसलाई विश्वासको मत दिन के बाध्यता आइपर्‍यो?
यदि पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएनन् भने त अन्तर्राष्ट्रिय स्तरमा असर पर्छ। अन्तर्राष्ट्रिय स्तरको प्रभावमा नेपाल त बाझिएको देखिने भयो नि। सर्टेन ‘इस्यू’मा पनि यिनीहरु एक आपसमा मिल्दैनन् भन्ने देखिने भयो। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको छवि धमिलिने भयो। 

फुटेकालाई त कसैले मान्यता दिँदैन। देश बनाउने भनेको त मिलेर गर्ने हो। हामी कहिले शासन गर्ने? कुन पार्टी अहिले शासन गर्ने? कुन पार्टी बहुमतमा जाने? जनताको मत कहिले जित्ने भन्ने कुरा त प्रतिस्पर्धा त चुनावको बेलामा हुन्छ।  तर जब निर्माणको बेला आउँछ, समस्या समाधानको बेला आउँछ। त्यस्तो बेलामा सबैले मिलेर काम गर्ने हो। यस्तो कुरालाई नकारात्मक रुपमा लिनुहुँदैन। सकारात्मक बुझ्नुपर्छ। 

सत्ताको लोभले कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा प्रतिपक्षको भूमिका गुमाएको भन्ने चर्चा चलिरहेको छ। यसबारे के भन्नुहुन्छ?
त्यस्तो अनर्थ लगाइनु हुँदैन। त्यस्तो त हुँदैन, होइन। संसारभरीका प्रावधानहरु हेर्नुहोस् न? त्यत्रा युद्धरत मुलुकहरु समावेश भएका हुन्छन्। आफूसँग नमिल्ने शक्तिहरु पनि विपक्षीसँग मिलेको देखिन्छन्। अन्तर्राष्ट्रिय नजिर पनि हेर्नुपर्‍यो। त्यस कारण कांग्रेसको समर्थनलाई गलत रुपमा व्याख्या गरिनुहुँदैन।

सरकारलाई विश्वासको मत पनि दिने, तर सरकारमा नजाने भनेपछि यसको सन्देश चाहिँ के हो त?
तत्कालीन अवस्था नियाल्दै ‘सर्टेन इस्यू’हरुमा, राष्ट्रिय संकटको बेलामा, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सवालहरुमा एक आपसमा मिलेर काम गर्छन् भन्ने सन्देशको रुपमा बुझ्नुपर्छ। 

कांग्रेसको समर्थनपछि माओवादी नेतृत्वको सरकार स्थिर भएको भन्न मिल्छ? 
त्यो त हुँदै हो नि। संविधानमै २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्ने प्रष्ट छ। त्यही स्थायीत्वको लागि त हो नि। त्यसैमा प्रचण्डले विश्वासको मतको सन्देश त स्थायी र स्थिर नै हो। 

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर संवैधानिक परिषद्को जिम्मेवारीबाट पन्छियो भन्ने आरोप छ नि? 
एउटा घटनाबाट उसको सम्पूर्ण कुरा सिद्धियो भनेर अर्थ लगाउन मिल्दैन। त्यो त राजनीतिक विश्लेषणका आधारमा भन्ने कुरा भयो। जस्तै म कांग्रेसकोबाट विश्लेषक भएँ। तपाईंले कम्युनिस्टको गर्ने, अर्काेले राप्रपाको गर्ने। त्यो भनेको कसलाई होच्याउने भन्ने रणनीतिका कुरा मात्र हुन्। 

तर, राष्ट्रिय रुपमा गम्भीर भएर सोच्यो भने कांग्रेसले दिएको विश्वासको मतलाई कसैले गल्ती देख्नु हुँदैन। गल्ती छँदैछैन।

कांग्रेसमा पनि युवा सांसदहरुले विश्वासको मत दिनुहुँदैन भन्ने आवाज उठाएका थिए। यस्तो अवस्थामा कांग्रेसको पार्टी राजनीतिलाई कसरी बुझ्न सकिन्छ?
राष्ट्रिय सवालहरुमा, ठूला–ठूला संकटहरुमा चाहे त्यो राष्ट्रभित्रका कारणबाट उत्पन्न भएको होस्, चाहे अन्तर्राष्ट्रिय परिस्थितिका कारणले होस्। त्यस्तो अवस्थामा कांग्रेस विपक्षीसँग पनि हात मिलाएर संकटको समाधान गर्छ भन्ने बुझ्नुपर्छ। राष्ट्रको जर्गेना गर्न, राष्ट्रको संरक्षण गर्नको लागि अन्य कुराहरुलाई तपशीलमा राखेर कांग्रेस अघि बढ्छ भन्ने प्रजातान्त्रिक र सांस्कृतिक मूल्यमान्यतालाई आत्मसाथ गरेको छ। यो त प्रजातान्त्रिक अभ्यास भित्रै पर्‍यो। यसलाई सकारात्मक रुपमा लिनुपर्छ।

प्रचण्ड बाहिरी रुपमा एमालेसँग देखिए पनि भित्रि रुपमा देउवासँग साँठगाँठ गर्न खोजेका हुन्?
तपाईंले नेपालको राजनीतिलाई राम्रोसँग बुझ्नुपर्छ। भित्रको गुदी कुरो के हो भन्ने। बाहिरी आवरण के हुन्छ? क–कसको चाहना के हुन्छ? नेपाली जनताको मात्रै निर्णय, नेपालका पार्टीहरुको मात्रै निर्णय नेपालमा चल्दैन। कुनै पनि देशमा चल्दैन। अमेरिकामा त त्यो सम्भव छैन। नेपालका कुरा त छोड्नुहोस्। सम्पन्न, शक्तिशाली देशहरुमध्ये संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका होइन? अमेरिका त एक्लै चल्न सक्दैन। उसलाई पनि सहयोगी चाहिन्छ। साथी चाहिन्छ भनेपछि यहाँ त हाम्रो आन्तरिक कारणले मिलेर देश बनाउने अर्थमा नबङ्ग्याइने किसिममा काम गर्नुपर्छ। 

२०५१ सालको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारलाई मत दिएर प्रतिपक्षमा बसेको कांग्रेसले गलत नजिर स्थापित गर्न खोजेको आरोपबारे के भन्नुहुन्छ?
यो गलत नजिर होइन। प्रतिपक्ष भनेको सरकारलाई समर्थन गर्दै नगर्ने, राष्ट्रका विपतहरुमा, राष्ट्रका समस्याहरुमा, जनताका चाहना विपरीत गइरहनुपर्छ भन्ने मान्यता कहिलेसम्म लिनुहुन्छ? त्यो त कुनै पनि राजनीतिशास्त्री, राजनीतिज्ञहरु र कुनै पनि स्टेट्सम्यानहरुले भन्ने कुरा नै होइन। गलत अर्थ लगाउनेहरुले त अनेक किसिमका अर्थ लगाउँछन्।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदा त्यसले राष्ट्रलाई कुनै हानी भएको छ? हानी हुने कुरामा मिल्यो भने, कांग्रेस कम्युनिस्टसँग मिल्यो भनेर शंका गर्नुपर्छ। मुलुकलाई हानी नहुने कुरामा त मिल्न दिऔं न!

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:१४
  • #कांग्रेस
  • #तारानाथ रानाभाट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्