• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
‘के लत बस्यो...’, २५ वर्षपछि चर्चित बनेको एउटा आवाज
64x64
डिबी खड्का बुधबार, माघ ४, २०७९  ०६:४७
1140x725

काठमाडौं– धेरै वर्ष पहिले सुदूरपश्चिमतिर (सायद देशका अरु भागमा पनि) का एफएममा एउटा गीत खुब गुञ्जिन्थ्यो- ‘लुकाउन खोजे पनि।’ त्यो गीत गाउने तिलकसिंह पेला थिए। बैतडीको दशरथ चन्द नगरपालिका- ६ मा जन्मिएका पेला सम्भवत: त्यो क्षेत्रका पहिलो आधुनिक गायक थिए। देउडा गाउने र सुन्ने समाजका उनको पहिलो एल्बम ‘आँसु’ नै आधुनिक गीतहरुको संग्रह थियो। 

२०५३ सालमा सार्वजनिक भएको गीतको स्रोताका तर्फबाट भव्य स्वागत भयो। क्यासेटको समयमा प्रशस्त क्यासेट बिके। त्यही एल्बमको ‘लुकाउन खोजे पनि’ चर्चित बनाएका पेलाले त्यसपछि भने आफ्नो आवाज लुकाउन खोजे। 

आवाज हिट बनाइसकेका गायक पेला त्यसपछि कतै सुनिएनन्। त्यति देखिएनन्। चर्चाको दुनियाँ छाडेर साधनाको कुटीमा लुकेका पेला ४ दिनदेखि फेरि ‘भाइरल’ छन्। २५ वर्षपछि फेरि उनको आवाजको चर्चा चुलिएको छ।

उनको स्वरमा रहेको नयाँ गजल ‘के लत बस्यो’ले धेरैलाई सुन्न लत लगाएको छ। पेलाको गायन  हृदयस्पर्शी भएर एक कान-दोकान भइरहेको छ। कतिपयले आफूले एक हजारपल्ट सुनिसकेको दाबी गरेका छन्। गणितीय हिसाबले यो पत्याइहाल्नुपर्ने कुरा नभए पनि भावनाका हिसाबले सही छ। किनभने, जतिपल्ट सुन्यो, त्यति मोहनी लगाउने उनको मखमली आवाजमा जादु छ। 

गीत सुनिने क्रम जारी छ। तर गायक पेलालाई गीत सुनाउनु थिएन। त्यसैले कतिले सुने/हेरे उनलाई उति चासो छैन। कस्तो प्रतिक्रिया आइरहेको छ? त्यसप्रति पनि उनलाई कुनै दिलचस्पी छैन। 

चर्चा त पहिलो गीतबाटै पुग्दो पाइसकेका हुन्। चर्चाका लोभी भए त्यसैलाई भजाएर अघि बढ्थे। साधना बिनाको चर्चा स्रोतामाथिको अन्याय महसुस भयो उनलाई। त्यही बखत उनले गीत रेकर्ड गराउने क्रम चटक्क छाडिदिए, र संगीत सिकाउने गुरु खोज्दै हिँडे। 

काठमाडौंमा उनले पण्डित धनबहादुर गोपाली भेटाए। उनीसँगै साधना क्रममा लागे। संगीतको भोक-प्यास त्यतिमै नमेटिएपछि वनारस आउने-जाने पनि गरे। त्यहाँ पण्डित देवाशिषसँग साधना गरे। 

आफूले एक तहसम्म जानेपछि बाँड्ने रुचि जाग्यो। संगीतप्रेमी जुटाएर यसको ज्ञान आदानप्रदान गर्ने रहरले बनस्थलीमा खुल्यो- श्रीकृष्ण गुरुकुल पाठशाला। त्यहीँ उनले संगीत साधना गरे। सिक्न आउनेलाई संगीत सिकाए। 

Ncell 2
Ncell 2

दुनियाँका नजरमा उनी हराए। तर आफ्नै नजरमा उनी संगीतमा यत्रतत्र थिए। हरपल, हरक्षण थिए। उनलाई लाग्छ, ‘चर्चामा आएर ज्ञानी त भइने रहेनछ। संगीतसँग प्रिय संगत हुने रहेनछ। मलाई संगीत आत्मसाथ गर्नु थियो। गरिरहेको छु। दुनियाँका नजरमा हराएँ, तर आफ्नो नजरमा भने हरक्षण संगीतमा थिएँ।’ 

उनलाई गीत रेकर्ड गराएर फेरि दुनियाँलाई देखाउने रहर थिएन। त्यसैले २३ वर्ष उनले गीत गाइरहे। सुनाइरहे संगीतप्रेमीलाई, तर रेकर्ड गराएनन्। एक दिन डायरी पल्टाउँदै गर्दा उनलाई महसुस भयो, ‘मैले गीत लिएर कम्पोज गरेको रहेछु। मेरै आवाजमा गीत रेकर्ड गराउन चाहने ती सर्जकमाथि अन्याय भयो कि?’

आमजनका हिसाबले संगीतको किनारमा बसेका उनी दुनियाँको आँखाले देख्ने संगीतको भेलमा हेलिए- ‘निर्जन किनार’मार्फत्। टिकटक र फेसबुकका ‘अन्टसन्ट’ले गीत चल्ने समयमा उनको आवाजको झंकार कहीँकतै किनार पर्‍यो। एउटा गीत ल्याएर त्यसैको भरपुर प्रमोसन गर्ने समयमा उनले ८ वटा गीतको एल्बम ल्याए। उनलाई गाउनु थियो, तर बलजफ्ती सुनाउनु थिएन। त्यसैले प्रचार-प्रसारबाट टकटकिए। निश्चितले सुने- आहा! भने। त्यसैमा सीमित भयो। 

त्यो गीत संग्रहपछि ४ दिनअघि युट्युबमा आइपुग्यो- ‘के लत लाग्यो...’। गायक तथा संगीतकार पेलाका लागि संगीत साधनाकै एउटा उपक्रम थियो यो पनि। यसपल्ट पेलाको आवाज संगीतप्रेमीहरुभन्दा वर आइपुग्यो। जहाँ स्रोता पनि छन्। जहाँ आफूले सुनेर मन परेपछि अरुलाई सिफारिस गर्नेहरु छन्। सुरुका दुई दिन निकै सुस्त चलेको यो गीतको युट्युब भ्युज पछिल्ला दुई दिनदेखि लगातार उकालिएर दुई लाख ४० हजार वरपर पुगेको छ। 

खासमा यो उनी आफैं गाएर रेकर्ड गर्न चाहेका थिएनन्। रेकर्ड गर्ने कुरा भएपछि आफ्ना चेला कमल विष्टलाई गायनका लागि अघि सारेका हुन्। केही समयअघि नाचघरमा भएको ‘गजल मुशायरा’मा यो गीत विष्टले नै गाएका हुन्। उक्त कार्यक्रममा ८ वटा गजल गाइएका थिए। जसको संगीत निर्देशन पेलाले गरेका थिए। गाउने ८ जना गायक अरु नै थिए। 

गजलकार डा प्रदीपकुमार मैनालीले लकडाउनका बेला पेलाको स्वरको परख गरेका थिए। लकडाउनको समयमा संगीत साधनाका क्रममा पेलाका स-साना भिडियो सामाजिक सञ्जालमा देखिए। त्यही भिडियो देखेर गजलकार रवि प्राञ्जलमार्फत् डा भट्टराई पेलासम्म पुगेका थिए। पेलाको आवाजको पारखी बनिसकेका गजलकार मैनालीले उनकै स्वरमा रेकर्ड गराउन जोडबल गरे। 

त्यही जोडबलले पेलाको आवाज २५ वर्षपछि फेरि आम-तमाम स्रोतमाझ पुगिरहेको छ। संगीत सिकाउन सक्रिय पेलाले पछिल्ला दुई दिनमा गायनलाई लिएर भइरहेको चर्चा नियालिरहेका छन्। त्यसले मनमा एक प्रकारको ‘सुकून’ त छ, तर त्यसभन्दा बढी केही छैन। भन्छन्, ‘संगीतबाट चर्चाको यात्रामा आफैंले विश्राम लिएको हुँ।’

२०५१ सालमा उनले ‘आँसु’ एल्बम् ल्याउँदा गायक बन्नु थियो। उनले अग्रजसँग सानैमा सोधेका हुन्- गायक बन्न के गर्नुपर्छ? कसैले गीत रेकर्ड गर्न भनेका थिए भने कसैले रेडियो नेपालको स्वर परीक्षा पास गर्न। उनले दुवै काम गरे। त्यतिले चित्त बुझेन र सोधखोज गरे। त्यही क्रममा उनले जानकारी पाए- संगीतको औपचारिक शिक्षा हुन्छ। गुरुकुल हुन्छन्। शिक्षालय हुन्छन्। त्यसपछि उनी संगीत साधनामा लीन भए। त्यसपछि सिक्न र सिकाउनै तल्लिन भए।

संगीतबाट सेलिब्रिटी बन्ने कुरामा उति रुचि नभएका उनी संगीतलाई हरक्षण ‘सेलिब्रेट’ गरिरहेका हुन्छन्। अहिले संगीत पारखीले उनको आवाजलाई सेलिब्रेट गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०६:४७
  • #तिलकसिंह पेला
  • #k-lat-lagyo

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्