• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपसभामुख निर्वाचन उसभामुखकी उम्मेदवार इन्दिरा: पारिजातको प्रेरणाले सेवा,  इखले राजनीति 
64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  १६:५३
1140x725

काठमाडौं– सत्ता साझेदार दलहरूको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुखको उम्मेदवार बनेकी छिन्। प्रस्ट बहुमत रहेको सत्ता पक्षले चाहेकै सांसदलाई उपसभामुख निर्वाचित गर्ने लगभग पक्का छ।  

उपसभामुखको इन्दिराको नाम अनपेक्षित रुपमा आएको हो। पूर्व सभामुखलाई नै पराजित गरेकी कानुनका विषयमा ज्ञान राख्ने सोविता गौतम यो पदकी हकदार ठानिएको थियो। तर रास्वपाले लैंगिक मात्रै होइन, जातीय दृष्टिले समेत समावेशी देखाउन राजकीय पदमा जनजाति महिलालाई समेट्दा उनको नाम आइपुगेको हो।

उपसभामुखमा ‘इन्दिरा’ अनपेक्षित भए पनि आमजनमाझ ‘गुम’ नाम होइन। बिगत ३३ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय उनको आफ्नो छुट्टै पहिचान छ। सामाजिक कर्ममा समेत राजनीतिको खराब संस्कृतिबाट अवरोध खेपेकी उनी इखले यहाँ आइपुगेकी हुन्। 

उनले जेलमा रहेका कैदीबन्दीको न्यूनतम मानवाधिकारका विषयमा, त्यहाँका निर्दोष बालबालिकाका विषयमा, आम बालबालिकाको स्वास्थ्य र शिक्षाका विषयमा निरन्तर काम गरिरहिन्। आवाज उठाइरहिन्। कहिले  उनको आवाज सुनियो त कहिले अवरोध गर्ने कोसिस भयो। जस्तो अवस्थामा पनि उनले डटेर काम गरिन्। समाजसेवा गर्ने क्रममा राजनीतिक रुपमा आउने अनावश्यक अवरोध कहीँकतै गढेको थियो, राजनीतिमा लाग्ने अवसर आउँदा त्यही इखले उत्प्रेरित गरेको उनी बताउँछिन्। 

इखले राजनीति
बन्दी सहायता नेपाल भनेर उनले लामो समयदेखि गैरसरकारी संस्था चलाइरहेकी छिन्। विशेषगरी कैदीबन्दीका निर्दोष सन्तानको लालनपालन, स्वास्थ्य र शिक्षा उक्त संस्थाको सरोकारको विषय हो। 

तर, इन्दिराको सहयोगी मन यतिमै केन्द्रित हुन मान्दैन। मानवीय सहयोग चाहिएको बेला अग्रसर भइहाल्छिन्। कोरोना महामारीका बेला खान नपाएकाहरुलाई खुवाउने प्रणसहित सक्रिय भइन्। पहिलो दिन २० जनालाई खाना खुवाएर सुरु गरेकी थिइन्, तर महिना दिन पुग्दा दैनिक ७०० जनालाई खुवानुपर्ने अवस्था आइपुर्‍यो। 

कोरोनाका कारण खान नपाएका अशक्त र सडक बालबालिकाहरुलाई खाना खुवाउने लक्ष्यसहित उनले उक्त काम सुरु गरेकी थिइन्। सुरुमा ठमेलको सञ्चय कोष क्षेत्रमा खाना खुवाउँदा स्थानीय तहका ‘नेताहरु’बाट उनले अवरोध खेपिन्। भीडभाड र फोहोर गरिएएको बहानामा उनीमाथि दुर्व्यहार समेत भयो। स्थानीयको गुनासोलाई लिएर राजनीतिक रुपमै अवरोध हुन थालेपछि उनले ठाउँ सारिन्, तर सेवा गर्न छाडिनन्। सेवा गर्न अघि बढ्दा अवरोध खेपेको पहिलोपटक थिएन। कहीँ प्रतिकार गरिन् र कहीँ पछि हटिन्, तर डट्न छाडिनन्। 

राजनीतिमा भएकाहरुको गलत कर्म मनभित्र गढेको थियो। केही महिना अगाडि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उनीकहाँ सांसद् बन्ने प्रस्ताव लिएर पुगे। भर्खरै खुलेको उक्त पार्टीका लागि सेवामा सक्रिय व्यक्तित्व खोजी गर्ने क्रममा इन्दिराको नाम लामिछानेको आँखामा परेको थियो। 

लामिछानेको सुरुवाती प्रस्तावमा उनलाई सकारात्मक लाग्यो, तर मनमा एउटा प्रश्न खेल्न थाल्यो-  म यतिका बालबालिकाको अभिभावक भएर काम गरिरहेकी छु। म त्यता लाग्दा यिनीहरुको बिचल्ली हुने त होइन?

फेरि उनले सोचिन्,  ‘यिनीहरुकै भविष्यका लागि राजनीतिमा लाग्छु। जेलमा हुर्किरहेका बालबालिकाले पोषणबापत जम्मा ३० रुपैयाँ पाउँछन्। राज्यलाई उचित प्रबन्ध गर्न भनेको ३३ वर्ष बित्यो, तर भएन। नसुनिएको आवाज सुनाउन जान्छु। नबनेको कानुन बनाउन त्यता लाग्छु।’

राजनीतिमा लाग्ने प्रस्ताव आएको रात इन्‍दिराका आँखामा जेलमा रहेका अवोध बालबालिकाहरु नाँचे। एम्बुलेन्स नपाएर छटपटिरहेकी गर्भवतीको तस्बिर आयो। उपचार नपाइ मरेका बालबालिकाहरु आए। उनले ठानिन्, ‘धेरै गर्नुपर्नेछ। म पनि त्यता पुगेँ भने केही त हुन्छ।’ 

उनी भन्छिन्,  ‘सामाजिक न्यायसम्बन्धी कुरा उठाउन म राजनीतिमा आएको हो।’ उपसभामुखको उम्मेदवार बन्नुअघि त्यो पदको जिम्मेवारीबारे अध्ययन गरिन्। बुझिन्। उनले थाहा पाइन्, ‘सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नु मात्रै होइन,  संवैधानिक निकायमा हुने नियुक्तिमा पनि निर्णायक भूमिका हुन्छ। राज्य चलाउने ती संवैधानिक निकायमा सही व्यक्ति पठाउने कुरामा आवाज उठाउन पनि त्यहाँ जानुपर्छ। कानुन बनाउने कुरामा पनि परामर्श दिन सकिन्छ।’ 

पारिजातको प्रेरणाले सेवा
झापामा जन्मिएकी इन्दिराले सानै उमेरदेखि पढ्न पाइनन्। पढ्ने रहरले घरमै धुलोमाटो खेलाउँदा नै उनी अक्षर मात्रै होइन, वाक्य बनाउन जान्ने भइन्। त्यसैले एकैपल्ट कक्षा ५ मा भर्ना भएकी उनी स्कुलस्तरमा सधैं अब्बल विद्यार्थीमा परिन्। 

काठमाडौंमा उनी कमाउँदै उच्‍च शिक्षा हासिल गर्ने क्रममा आइपुगिन्। यही क्रममा भेट भयो साहित्यकार तथा समाजसेवी पारिजातसँग। पारिजात त्यो समय मानव अधिकारका क्षेत्रमा सक्रिय संस्था ह्युरनकी उपाध्यक्ष  थिइन्।

२०४५/०४६ सालको समयमा त्यहाँ राजबन्दी पनि थिए। बेलावखत जेल पुगेर बन्दीहरूको अवस्था बुझ्ने, उनीहरूको हक, अधिकारका पक्षमा बोल्ने काम उक्त संस्थाले गर्थ्यो। पारिजातसँग जोडिएपछि उनी पनि जेलसम्म पुगिन्। जसलाई इन्दिरा ‘टर्निङ प्वाइन्ट’ मान्छिन्। 

जेलमा पुगेपछि कैदी बन्दीको सन्तानहरुको अवस्थालाई नजिकबाट देखिन्। त्यसपछि आफूलाई उनीहरुको अभिभावक बनाउने निर्णय लिइन्। ३ वर्षसम्म पारिजातको संगत गरेपछि उनी आफैंले बन्दी सहायता नेपाल नामक गैर–सरकारी संस्था खोलेर अगुवाइ गर्न थालिन्। 

संस्थामार्फत् अहिले साँखुमा ८४ जना बालबालिकालाई सुरक्षित आवास दिइएको छ भने आफैंले सञ्चालन गरेको स्कुलमा १२० जनालाई पढाउने गरिएको छ। यसैगरी झापाको खुदुनाबारीमा बालगृहका साथै प्राथमिक स्कुल सञ्चालन, पाल्पाको मदनपोखरामा पाराडाइज होम एन्ड युवा तालिम केन्द्र सञ्चालनमा छ। 

उक्त संस्थाले ग्रामिण भेगका पिछडिएको वर्गका बालबालिकालाई शिक्षाको व्यवस्था, बन्दीका बालबालिकाको शिक्षादीक्षाका साथै भेटघाट र सम्पर्क गराउने, ५ वर्ष मुनिकाका लागि जेल परिसरमै डे केयर सेन्टर, जेलमा सजाय भुक्तान गरेका महिला तथा युवालाई समाजमा पुन:स्थापित गराउने कार्यक्रम र केन्द्रीय कारागारभित्रका महिलाहरुलाई शिक्षा र सीप जस्ता काम गरिरहेको छ। 

सेवाबापत् उनले अन्तर्राष्ट्रिय पुरस्‍कारहरु समेत हासिल गरेकी छिन्। अशोका फेलो २००५,  एसिया योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९,  वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड २०१४,  बीबीसी उत्कृष्ट १०० महिला २०१७ र द वन रोटरियन ह्युम्यानेटिरियन सर्विस अवार्ड २०२० प्राप्त गरेकी छिन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:५३
  • #उपसभामुख

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह
सम्बन्धित सामग्री
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने छन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्