• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
गृहमन्त्री लामिछानेमाथि अदालतमा बहस : हकदैयाको दलिलमा प्रतिरक्षा, खारेज नहुँदैको निस्सा बेकामे हुने तर्क न्यायाधीश र सहन्यायाधिवक्ताबीच सवाल–जवाफ 
64x64
नारायण अधिकारी बुधबार, माघ ११, २०७९  १९:००
1140x725

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी (पासपोर्ट) विवादसम्बन्धी मुद्दाको प्रतिरक्षामा बहसमा उत्रिएका अधिवक्ताहरुले हकदैयाको विषयलाई मुख्य बनाएका छन्।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइमा लामिछाने पक्षका वरिष्ठ अधिवक्ताहरुले हकदैयाको विषयलाई मुख्य बनाएर बहस गरे। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा लामिछानेको पक्षबाट तीन जनाले बहस गरेका थिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए। उनले हकदैयाको विषयलाई मुख्य बनाए। 

‘अहिले रिट दायर गरेका व्यक्ति यस मुद्दाको कुनै हकदैया देखिँदैनन्। रिट दायर गर्नेले मेरो यसमा हकदैया छ भनेर देखाउन सक्नुपर्छ। तर, त्यस्तो देखिँदैन। जसकारण यो रिटको रुपमा आउने विषय नै होइन,’ रेग्मीले तर्क गरे। 

नागरिकता र राहदानीका विषय हो भने त्यो अनुसन्धानकै चरणमा रहेको तर सांसद पदको कुरामा भने सम्बन्धित प्रतिस्पर्धी तथा हकदैया हुनुपर्नेमा त्यस्तो नभएकाले रिट खारेज हुनुपर्ने जिकिर उनको थियो। 

हकदैयापछि नागरिकता प्रमाणको विषय रेग्मीले उठाएका थिए। त्यसपछि रेग्मी र न्यायाधीश ईश्वरप्रसाद खतिवडाबीच सवाल–जवाफ नै भएको थियो। 

‘नागरिकताको प्रमाण नै नभएकाले लामिछानेलाई विदेशी नागरिक भन्न मिल्दैन,’ रेग्मीले तर्क गरे, ‘नेपालमा जन्मिएको नेपाली बाबुआमाका छोराछोरी नेपाली नागरिक हुन् भन्नका लागि नागरिकता नै चाहिँदैन।’

सहन्यायाधिवक्ता रेग्मीको तर्क सुनेपछि न्यायाधीश खतिवडाले प्रश्न गरे, ‘त्यसो भए नेपालमा जन्मिएका नेपाली बाबुआमाका छोराछोरी भएकै आधारमा नागरिकताको प्रमाणपत्रबिनै तपाईँ लोकसेवा लड्न सक्नुहुन्छ? नेपाली नागरिक हो भन्नलाई प्रमाणपत्र त चाहिएला नि!’

फेरि, जवाफमा रेग्मीले त्यो व्यक्तिमा भरपर्ने बताए। ‘म राज्यका सेवा–सुविधा तथा अधिकार लिन्छु भन्ने हो भने नागरिकता चाहिएला तर नागरिकै हो भन्नका लागि नागरिकता चाहिँदैन,’ रेग्मीको तर्क थियो।

रेग्मीपछि गृहमन्त्री लामिछानेका पक्षबाट बहसमा उत्रिए वरिष्ठ अधिवक्ता सुशील पन्त। उनले अमेरिकी नागरिकता त्यागेको निस्सा अध्यागमन कार्यालयमा दिइसकेको र त्यो विषय गृह मन्त्रालयसम्म पुगेर सल्टिएको दाबी गर्दै नागरिकता पुनः कायम गर्नका लागि जिल्ला प्रशासन (सीडीओ) कार्यालयमा निवेदन दिइरहनु नपर्ने जिकिर गरे।

‘नागरिकता ऐनको दफा १० को १ का लागि तोकिएको अधिकारी भनेर प्रष्ट नखुलाएका कारण नागरिकता जारी गर्ने सिडिओ कार्यालयको तालुक कार्यालय गृह मन्त्रालयमा पुगेको निवेदनलाई नै निस्सा मान्नुपर्छ’ अरिष्ठ अधिवक्ता पन्तले तर्क गरे।

पन्तले अर्को पनि जिकिर गर्दै लामिछानेले नागरिकता पाउनका लागि पुनः निवेदन नै दिन नपर्ने पनि जिकिर गरे।

‘जसले नेपालको नागरिकता छोड्छु भनेर विदेशको लिएको छ, त्यस्तो व्यक्तिले मात्रै निवेदन दिएर पुनः नागरिकता लिनुपर्ने हुन्छ,’ पन्तले भने, ‘छोड्छु नभनी बाहिरको लिएको अवस्थामा छाड्नुपर्ने अवस्था आएकाले कायम नरहनेका लागि निवेदन नै दिनु पर्दैन।’

पन्तपछि बहस गरेका अर्का वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले पनि हकदैयाको विषयलाई मुख्य बनाए। उनले एकीकृत समाजवादीकान अध्यक्ष माधवकुमार नेपालको उदाहरण दिँदै बहस सुरु गरेका थिए। संविधान पहिलो निर्वाचनमा नेथता नेपालले हार व्यहोरेको र हारे पनि उनलाई पुनः प्रधानमन्त्रीसम्म बनाइएको घटना सुनाएका थिए। प्रत्यक्ष निर्वाचनदेखि समानुपातिकको बन्द सूचीमा रहेर पनि प्राथमिकतामा नपरेकाहरु पनि हारेका हुन् भन्ने तर्क त्यसबेला गरिएको थियो। जसकारण समानुपातिकको हकमा समेत प्राथमिकतामा नपरेकाहरु हकदैया हुने र उनीहरुले मात्रै रिट दायर गर्न मिल्ने र हकदैया बेगरका व्यक्तिले हालेको उजुरी काम नलाग्ने तर्क पोखरेलले गरे। 

अझ त्यसमा पनि निर्वाचित भएको मितिले ३५ दिनभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ। तर, उहाँहरु हकदैया नभएकाले उहाँहरुको रिट खारेज हुनुपर्ने तर्क पोखरेलले गरे। 

‘उहाँहरुको उजुरी प्रोपर च्यानलबाट आएको छैन। उहाँले अदालत आउनुभन्दा पहिला गृह मन्त्रालयमा गएर उजुरी दिनु भएको छ। न उहाँहरु हकदैया नै हुनुहुन्छ। जसकारण रिट खारेज हुनुपछर्,’ वरिष्ठ अधिवक्ता पोखरेलले तर्क गरे।

लामिछानेको प्रतिरक्षा गर्नुभन्दा पहिला रिट निवेदकको पक्षबाट बहस भएको थियो। रिट निवेदक रविराज बसौला, रमण कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अमृत खरेल र नितिका ढुंगानाले बहस गरेका थिए। 

लामिछानेको नागरिकता २०५० साल फागुन १० गते जारी भएको। ०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएको, ०७१ जेठ २१ मा नेपाल आएको, अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको पाइएको बहसका क्रममा उल्लेख गरियो।

०७४ जेठ ४ गते अमेरिकी नागरिकता त्यागका लागि भन्दै लामिछानेले नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएको थिए। नागरिकता त्यागका लागि दिएको निवेदन र तिरेको शुल्कसहित उनले ०७४ जेठ ६ गते अध्यागमन कार्यालयलाई त्यसको निस्सा दिएका थिए। 

अध्यागमनलाई निस्सा दिएको समयमा लामिछानेको अमेरिकी नागरिकता खारेज नभइसकेकाले उक्त निस्साको अर्थ नभएको जिकिर बसौलाको छ। अध्यागमनमा निस्सा दिएको एक महिनाभन्दा पछि ०७५ असार १४ मात्रै दूतावासले उनको नागरिकता खारेज गरेकाले अमेरिकी नागरिकता खारेज भएपछि कुनै निस्सा नदिएका उनी नेपाली नागरिक नठहगरिएको तर्क रिट निवेदकको पक्षबाट गरियो। नेपाली नागरिक नै नभएका कारण उनको सांसद पद निलम्बन हुनुपर्ने तर्क उनीहरुको थियो।

रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले कुनै देशको नागरिकता स्वच्छाले लिएपछि नेपाली नागरिकता त्यागिएको मानिने तर्क गरे। ‘नागरिकता लिनका लागि कुनै देशमा पहिले अर्काको देशको नागरिकता त्याग्नुपर्छ, कुनैमा पर्दैन। कायम नहुने भनेको अहिले कोमामा गएको छ, पछि फेरि फर्केर आउँछ भन्ने होइन। त्यो भनेको खारेज नै हो। खारेज भइसकेको चिजलाई फेरि प्राप्त गर्न प्रक्रिया पूरा गर्नुपर्छ। लामिछानेले प्रक्रिया पूरा गरेको देखिँदैन,’ कर्णले बहसमा भने।

नागरिकताको समाप्ति व्यक्ति र राज्य दुवैबाट हुनसक्ने तर नागरिकताको प्राप्ति राज्यको निर्णयबाट हुने बताउँदै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रश्न गरे, ‘राज्यको निर्णय बेगर कसैको नागरिकता जारी हुँदैन। लामिछानेले पुनः प्राप्तिका लागि राज्यको कुनै भूमिका नै देखेनन्। यस्तो पनि हुन्छ श्रीमान्? स्वघोषणाले नागरिकता पाइन्छ र?’

अहिलेसम्म पनि लामिछाने नेपाली मुलको विदेशी नागरिक भएकाले नेपालीलाई विदेशीले शासन गर्न नमिल्ने तर्क उनको थियो। वरिष्ठ अधिवक्ता भण्डारीले राज्य व्यक्तिलाई नागरिकता दिन घर–घरमा पुग्ने नभइ व्यक्ति आफैँले नागरिकता प्राप्तिका लागि तोकिएको निकाय वा अधिकारीसमक्ष उपस्थित हुनुपर्ने जिकिर गरे। 

भण्डारीले यस्तै प्रकृतिको घटना भारत पनि भएको भन्दै उदाहरण दिए। ‘सन् २०१३ मा नेपालबाट विहे गरेर किरण गुप्ता भारत पुगिन्। भारतमा उनले नागरिकता समेत लिइन्। २०१८ मा चुनावमा उठेर जितिन्। त्यसपछि अदालतमा मुद्दा प¥यो। अदालतले उनलाई उम्मेदवार नै बन्न नमिल्ने फैसला गरेको थियो,’ उनले भने।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:००
  • #रवि लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्