• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिममा उन्मुक्ति पार्टी चिढियो, मुख्यमन्त्री रावललाई विश्वासको मत पाउनै सकस लक्ष्मण थारू भन्छन्– टीकापुर घटनाको टुङ्गो लाग्न अदालतकै फेसला कुर्नुपर्ने भयो
64x64
शेरबहादुर ऐर बुधबार, माघ ११, २०७९  २०:१०
1140x725

धनगढी– नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारूले टीकापुर घटनामा अदालती आदेश पर्खनुपर्ने बताएका छन्। उनले टीकापुर घटना फिर्ता नहुने भन्दै अदालतको आदेश पर्खनुपर्ने अवस्था आएको बताएका हुन्।

‘टीकापुर मुद्दा फिर्ता नहुने भो, लाल आयोग प्रतिवेदन सार्वजनिक नहुने भयो’ समाजिक सञ्जालमा उनले लेखेका छन्, ‘टीकापुर राजबन्दीहरूका तर्फबाट २२ जना विद्धान अधिवक्ताले बहस गर्ने भएका छन्।’

नेता थारूका अनुसार टीकापुर घटनामा पक्राउ परेका रेश्मलाल चौधरीसहित कैदमा रहेका अन्य व्यक्ति छुटाउन अदालतकै फैसला कुर्नुपर्ने भएको छ। टीकापुर घटना राजनीतिक हुनुपर्ने, विनाशर्त राजबन्दीलाई जेलमुक्त गर्नुपर्ने सहमतिसहित सरकारलाई समर्थन गरेको थियो सो पार्टीले। अहिले आएर उनीहरूका माग र मुद्दा पूरा नहुने भएपछि सुदू्रपश्चिम प्रदेशमा निर्णायक रहेको सो पार्टीको सहमतिविना प्रदेश सरकार बन्ने सम्भावना छैन।

laxman-tharu1665494556.jpg

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भए।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले पुस २८ मा पद तथा गोपनियताको सपथ लिएका थिए। रावलले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। रावलले विश्वासको मत नपाए सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ।

रावलले विश्वासको मत पाउन कठिन देखिएसँगै प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियूक्त हुन सक्छन्। संविधानको धारा १६८ उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने’ भन्ने व्यवस्था छ।

सत्तारुढ दललाई समर्थन गरिरहेको उन्मुक्तिले प्रदेशमा कांग्रेसलाई साथ दिने सम्भावना छैन। 

‘माग र अजेन्डाबाट हामीलाई जनताले विश्वासको गरेका हुन्,’ उन्मुक्तिका एक प्रदेश सभा सदस्यले भने, सरकारमा सहभागी हुने, बनाउने तथा ढलाउने खेलतर्फ हामी जाँदैनौं। हाम्रो एकै शर्त छ पूरा भएपछि सरकारमा जाने–नजानेबारे छलफल गर्छौ।’

कांग्रेसका नेताले विश्वासको मत ३० दिनभित्र प्राप्त गर्न नसकेमा कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था आएमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियूक्त गर्ने व्यवस्था छ। संविधानको धारा १६८ उपधारा (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’

विश्वासको मत नपाउने देखिपछि बैठक सारियो

rajendra rawal1672466088.png

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई सभामा विश्वासको मत प्रस्ताव गर्न बुधबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो। तर, मुख्यमन्त्री रावल काठमाडौंमा हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको छ।

बुधबार १ बजे आह्वान गरिएको सभाको बैठकको स्थगितबारे प्रदेश सभा सदस्यहरूको मोबाइलमा सूचना पठाइएको थियो। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री सभामा नभएपछि अन्य कार्यसूची पनि थिएन। विजनेस नभएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरिएको हो।

पुस ३ मा उपसभामुखको निर्वाचन सम्पन्न गरेपछि सभामुख भीमबहादुर भण्डारीले बैठकबारे जानकारी दिए। ‘बैठक पुस ११ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिन्छु,’ उनले भने। बुधबार सभाको बैठक सञ्चालन नहुँदै प्रदेश सभा सदस्यहरूको मोबाइलमा बैठक स्थगितबारे जानकारी पठाइएको थियो।

अब बैठक कहिले बस्छ भन्ने अनिश्चित भएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री रावल आफूले विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त नभएकाले यस्तो भएको बताइएको छ। 
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्