• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
किन अघि बढ्न सकेन रविको दोहोरो पासपोर्टमाथिको अनुसन्धान?
64x64
नारायण अधिकारी बिहीबार, फागुन ४, २०७९  १३:३६
1140x725

काठमाडौं– पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी (पासपोर्ट)माथि अनुसन्धान अघि बढ्न सकेको छैन। लामिछानेले एकैसाथ नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेको दाबी गर्दै परेको उजुरीमाथिको छानबिन अहिले रोकिएको छ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेले प्रक्रिया पूरा नगरी नेपाली नागरिकता स्वतः कायम रहेको घोषणा गरेको र उक्त निष्क्रिय रहेको नागरिकताकै प्रयोग गरी नेपाली राहदानी लिएको भनेर अनुसन्धानको माग गर्दै गत मंसिर ९ गते गृह मन्त्रालयमा उजुरी दर्ता गराएका थिए। अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय रहेको नेपाली नागरिकताकै अधारमा नेपाली पासपोर्ट बनाएको र एकैसाथ अमेरिकी र नेपाली पासपोर्ट प्रयोगमा ल्याइएको भन्दै उजुरी परेको थियो। 

उक्त उजुरीमाथि छानबिन गर्न भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको थियो। दोहोरो पासपोर्टको मुद्दामा फौजदारी कानुन आकर्षित हुने भन्दै काठमाडौं सीडीओ कार्यालयले अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा निर्देशन दिएको थियो। 

तर, दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको भन्दै उजुरी परेको तीन महिना बितिसक्दा समेत अनुसन्धान अघि बढ्न सकेको छैन। प्रहरीले अनुसन्धान अघि नबढाएको भन्दै सफलले गत माघ २४ गते जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। 

उजुरी परेपछि सरकारी वकिल कार्यालयले सम्बन्धित निकायबाट जवाफ तथा कागजात मगाएको थियो। तर, पछि सरकारी वकिल कार्यालयले समेत अनुसन्धान गर्नु नपर्ने निर्णय गरेर उजुरी थन्काएको थियो। यसबारेमा सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानेले नेपाल लाइभसँग भनेका थिए, ‘सम्बन्धित कार्यालयहरुमा बुझ्दा र कागजात मगाउँदा उक्त निवेदनमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएर अनुसन्धान अघि बढेको पाइएकाले उजुरी थन्काउनु परेको हो।’

नेउपानेले दोहोरो पासपोर्टको अनुसन्धान प्रहरीले गरिरहेकाले उजुरी थुन्काउनु परेको बताए पनि अहिले भने प्रहरीले समेत अनुसन्धान रोकेको छ। तर, प्रहरीले लामिछानेको पासपोर्टको अनुसन्धान रोकिनुमा भने अदालत कारण बनेको छ। 

सर्वोच्च अदालतमा सफल र अधिवक्ता रविराज बसौलाले लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटको फैसला गर्ने बेला सर्वोच्चले रविमाथि प्रहरीले गरेका छानबिन र अहिलेसम्म खुलेका विवरणहरुको सक्कल फाइल पठाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि परिसर काठमाडौंले फाइल अदालतमा पेस गरेको थियो। सोही फाइल अहिलेसम्म फिर्ता नआएकाले अनुसन्धान रोकिएको परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

‘सर्वोच्चले अनुसन्धानका सक्कल फाइल मगाएपछि हामीले अदालत पठायौं। तर, अहिलेसम्म ती फाइलहरू फिर्ता आएका छैनन्। जसकारण अहिले अनुसन्धान अघि बढ्न सकेको छैन’, एसपी रिजालले नेपाल लाइभसँग भने, ‘अदालतबाट फाइल फिर्ता आउनसाथ अनुसन्धान अघि बढ्छ।’

Ncell 2
Ncell 2

नागरिकतामाथि रिटको गत माघ १३ गते फैसला गर्दै सर्वोच्च अदालतले रविको सांसद पद नै खारेज हुने फैसला गरेको थियो भने प्रक्रिया पूरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्ने उल्लेख गरेको थियो। मुद्दाको फैसला भएको एक महिना बित्न लाग्दा अदालतले प्रहरीलाई फाइल भने फिर्ता गरेको छैन। 

यस मुद्दाको पूर्णपाठ आउनै बाँकी रहेकाले अनुसन्धानका फाइलहरु अध्ययन गर्नुपर्ने भएकाले तत्काल फिर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ। फाइलहरु पूर्णरुपमा अध्ययन गरिसकेपछि सम्बन्धित निकायमा फिर्ता पठाइने सर्वोच्चले बताएको छ। सर्वोच्चले फाइल फिर्ता नगरुन्जेललाई भने रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्ने अवस्थामा छैन।

लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए। 

अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ। करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको दाबी गरिएको छ।

सम्बन्धित समाचार :
रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्यो 
दोहोरो राहदानीका आरोपितलाई गृहको चाबी दिने तयारी!

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १३:३६
  • #रवि लामिछाने
  • #दोहोरो राहदानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ र... बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले आईएसआईको स्लिपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्नेगरी) विरुद्ध चलाएको अ... बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गर... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्