• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
कमोडिटी मार्केटको नाममा ६ अर्बको अवैध कारोबार, साढे ३ अर्ब ठगी मेक्स नेपालका सीईओसहित ४१ जनाविरुद्ध मुद्दा
64x64
नारायण अधिकारी बिहीबार, फागुन ४, २०७९  १८:३८
1140x725

काठमाडौं– कमोडिटी मार्केटमा लगानी गरे पर्याप्त मुनाफा आर्जन गर्न सकिने भन्दै १२ हजार २५९ जनाबाट करिब साढे ३ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले २ महिना लगाएर गरेको लामो अनुसन्धानपछि कमोडिटी मार्केटको नाममा अर्बौं ठगी भएको रहस्य खुलेको हो। 

सेयर मार्केट जस्तै कमोडिटी मार्केटमा लगानी गर्दा नाफा हुने भन्दै विभिन्न प्रलोभन देखाएर काठमाडौं उपत्यकामा ठगी धन्दा भइरहेको भन्ने सूचनाका आधारमा अपरेशन चलाएर परिसरको टोलीले केही व्यक्तिलाई पक्राउ गरेको थियो।

जस क्रममा ४१ जनाको गिरोहले कमोडिटी मार्केटको प्रलोभन देखाएर ३ अर्ब ३५ करोड ५५ लाख १४७ रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो। 

ठगीको यो समूहले बबरमहल नक्साल लगायतका ठाउँहरुमा एउटा ट्रेनिङ क्लबले सेयर मार्केटसम्बन्धी तालिम दिइरहेको भन्दै विज्ञापन गरेको थियो। उक्त क्लबमा सेयरको तालिम लिन गएकाहरुलाई कमोडिटी मार्केटको तालिम दिइएको थियो। कमोडिटी मार्केट पनि सेयरजस्तै नेपाल धितोपत्र बोर्डको इजाजतमा सञ्चालन भएको र त्यसमा घरमै बसी–बसी घरजग्गा, सुन, चाँदी, तामा, तेल ग्यासलगायत हरेक चिजको कारोबार गर्न सकिने भनेर सहभागीहरुलाई ‘ओरेन्टेसन’ दिइएको थियो। 

उक्त कारोबारबाट अध्यधिक फाइदा हुने उनीहरुले बताएका थिए। तालिमका क्रममा सुनिल श्रेष्ठ नाम गरेका व्यक्तिले आफू कमोडिटी मार्केटको ब्रोकर कम्पनी मनी स्पेल इन्भेस्टमेन्ट प्रालिको सञ्चालक रहेको बताएका थिए। वैधानिक नै नरहेको उक्त कम्पनीलाई वैधानिक रहेको बताउँदै कारोबार गर्न प्रलोभन देखाएका थिए। 

कमोडिटी मार्केटमा क्लियरिङ हाउसको काम गर्ने हिमालयन क्लियरिङ कोअपरेन (एचसीसी) को खातामा रकम जम्मा गर्न उनीहरुले लगाएका थिए। रकम जम्मा गरिसकेपछि क्लाइन्ट कोड उपलब्ध गराउने र एक्सचेन्जको काम गर्ने मर्केन्टाइल एक्सचेन्ज नेपालद्वारा सन्चालित मोबाइल एप मेक्स (एमईएक्स) नेपाल डाउनलोड गर्न लगाएर क्लाइन्ट कोड र पासपोर्ट उपलब्ध गराउने र अर्को लक्ष्मी बैंकको सेग्रीगेट खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गरेको पाइएको छ।

रकम जम्मा भइसकेपछि ह्वाट्सएप तथा भाइबर ग्रुपमा एपमार्फत् घरजग्गा, सुन, चाँदी, तामा, ग्यास, तेल खरिद–बिक्री गर्न निर्देशन दिँदै सुरु–सुरुमा फाइदासमेत उपलब्ध गराउने गरेको पाइएको छ। पछि सफ्टवयेरसमेत मेनेपुलेट गरी ठगी गर्ने र बेपत्ता हुने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ। 

यो ठगी प्रकरणका मुख्य नाइके मर्केन्टाइल (मेक्स) नेपालका सीईओ रहेको खुलेको छ। मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन र सो कम्पनीका डेपुटी जनरल म्यानेजर तथा प्रवक्ता नरेन्द्र भट्ट, स्पेल इन्भेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ र उनकी पत्नी कञ्चन श्रेष्ठ यसका मुख्य व्यक्तिहरु हुन्। उनीहरुविरुद्ध मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले बताए।

मेक्स नेपालसहितको समूहले साइप्रसबाट सफ्टवेयर सञ्चालन गरेर ठगी धन्दा चलाएको पाइएको छ। कमोडिटी क्लबका सञ्चालक सुनिल श्रेष्ठले कमोडिटी कारोबारबाट युरोप, अमेरिकाको भन्दा राम्रो कमाइ हुन्छ भन्दै प्रलोभन देखाउने र धितोपत्र बोर्डको दुई हाँगा भएको र एउटाले नेप्से (शेयर)सम्बन्धी र अर्कोले कमोडिटी मार्केट हेर्ने गरेको भन्दै लोभ्याएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

कमोडिटी कारोबार गर्न सञ्चालन गरिएको अनलाइन ट्रेडिङ प्लेटफर्ममा एचसीसी आफैंले कृतिम रुपमा बिड/अफर क्वान्टिटी सिर्जना गर्ने, ठूलो संख्यामा माग तथा आपूर्ति रहेको भन्दै भ्रम छरेर क्लाइन्टहरुलाई रकम जम्मा गर्न लगाउँदै ठगी गरेको पाइएको छ। 

ट्रेडिङ प्लेटफर्ममार्फत् दैनिक करिब १ हजार युनिट कारोबार हुने गरेको देखिए पनि उनीहरुले ३८ हजार युनिटसम्म कारोबार भएको भन्दै कृतिम माग, आपूर्ति देखाएर ठगी गरेका थिए।

६ अर्ब बढीको अवैध कारोबार
पक्राउ परेका मेक्स नेपालका सीईओसहितका व्यक्तिहरुबाट बरामद गरिएको विभिन्न कागजपत्र र ल्यापटपलगायतको परीक्षणबाट कमोडिटी मार्केटको नाममा ६ अर्बभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ। सीईओ सुरेन्द्रनको ल्यापटप प्रहरीले आफ्नो डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गराएको थियो। 

सो क्रममा २०२२ को नोभेम्बरसम्म एक्सएल सिटमा राखिएको हिसाब विवरणअनुसार ६ अर्ब ३८ करोड ५० लाख ५४ हजार ३४५ रुपैयाँ बराबरको अवैध कारोबार भएको खुलेको हो। 

तीमध्ये क्लाइन्टहरुले ३ अर्ब ३८ करोड १४ लाख ९९ हजार १९७ रुपैयाँ निकालेका थिए। जम्मा भएको मध्ये ३ अर्ब ३५ लाख ५५ हजार १४७ रुपैयाँ ठगी गरिएको पुष्टि भएको छ। यसरी ठगी गरेर संकलित रकम हुण्डी र क्रिप्टो करेन्सीमार्फत् विदेश पुग्ने गरेको ठहर गरिएको छ। 

४ जना पक्राउ, ४७ अझै फरार
कमोडिटी मार्केटको नाममा ठगी धन्दा चलाएर करोडौं ठगीमा ४१ जनाको गिरोह संलग्न हरेको खुले पनि जम्मा ४ जना मात्रै पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानरपालिका–४ पानधारे घर भइ काठमाडौं चावहिल बस्दै आएका तथा कमोडिटी क्लबका सञ्चालक ४१ वर्षीय सुनिल श्रेष्ठ, खोटाङको बुइपा–२ घर भइ चावहिल नै बस्दै आएकी सुनिलकै श्रीमती ४५ वर्षीय कन्चन भनिने कमला श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–७ घर भएका मेक्स नेपालका डीजीएम तथा प्रवक्ता ३७ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भारतको तामिलनाडु घर भइ काठमाडौं विशालनगर बस्ने मेक्स नेपालका सिईओ ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रन छन्। बाँकी ४१ जना फरार छन्। फरार हुने सबै नेपाली नागरिकहरु हुन्।  

अनुसन्धानको क्रममा विश्वनाथ दत्त द्ववेदी, सुधीर यादव, सद्दाम रेन, मोहमद ओजायर रहमान र भारतीय नागरिकहरु माहेम्मद अबदुल करिम फिसाल, लक्ष्मण प्रसाद, सिकन्दर आलम, अबदुल्ला पुलिक्काल, विजेश रामथ र मोहम्मद राफीलगायतका व्यक्तिसमेत संलग्न भएको खुलेको छ। यद्यपि उनीहरुको यकिन नाम, थर र ठेगाना खुलिनसकेकाले थप अनुसन्धानका क्रममा खुलेमा उनीहरुलाई प्रतिवादी बनाउने भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ। 
३ वटा कसुरमा मुद्दा
४१ जनाविरुद्ध ठगी, संगठित अपराध तथा राष्ट्र बैंक अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। प्रहरीले पठाएको फाइल अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। 

मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ। जसमा ठगी गर्न नहुने उल्लेख छ। त्यसैगरी संगठित अपराध निवरण ऐन, २०७० को दफा ३ को कसुरअन्तर्गत पनि मुद्दा चलाइएको छ। यो दफा अनुसार ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र बिगो बराबरको क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ। 

राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को कसुर गरी ३ वटा कसुरमा मुद्दा चलाइएको छ। जसअन्तर्गत बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद हुने व्यवस्था छ। प्रतिवादीहरुका सम्पत्तिसमेत रोक्का राख्नका लागि माग गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्