• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करका नाइके इब्राहिम दुबईबाट विराटनगर पुर्‍याएर सुन तस्करी: डेढ महिनामा १९ पटक काठमाडौं-विराटनगर, ३ सय पटक विदेश यात्रा
64x64
नारायण अधिकारी बिहीबार, फागुन ११, २०७९  १७:२३
1140x725

काठमाडौं– गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सुडानी नागरिकसहित बरामद गरिएको १९ किलो सुनमाथि गरिएको अनुसन्धानबाट तस्करको नेक्कस तथा नयाँ–नयाँ तथ्यहरु उजागर भएका छन्। 

तस्करहरुले दुबईबाट काठमाडौं, काठमाडौंबाट हवाइमार्ग हुँदै विराटनगर र त्यहाँबाट स्थलमार्ग हुँदै भारत पुर्‍याएर सुन तस्करी हुने गरेको नयाँ रुट प्रहरीले पत्ता लगाएको छ। संगठित अपराधमा दुई महिनासम्म हिरासतमा लिएर अनुसन्धान गर्दा सुन तस्करहरुको नयाँ रुट र उक्त तथ्यहरु पत्ता लागेको हो। 

पी०६२२५९७५ नम्बरको पासपोर्ट भएका २७ वर्षीय सुडानी नागरिक महम्मद अहमद डाफल्ला सराफल्दिन पुस ८ गते दिउँसो ३ बजे फ्लाई दुबईको एफजेट–५३९ नम्बरको उडानमार्फत् दुबईबाट काठमाडौं आएका थिए। 

उनलाई विमानस्थलको आगमन कक्षको वाकथ्रुमा शंका लागि जाँच गर्दा कालो खैरो रंगको ज्याकेटभित्र सानो–सानो खल्ती बनाई १० वटा प्याकेटमा सेमिलिक्वीड बनाएर ल्याएको १९ किलो सुन त्रिभुनवन विमानस्थल भन्सारले बरामद गरेको थियो। 

उनको साथबाट सुनसँगै ९ हजार १ सय नेपाली, अमेरिकी डलर १०० दरको ७ थान, अरबियन दिराम ५ दरको ३ थान, १० दरको २ थान, २० दरको १ थान सिक्का ८ थान पनि बरामद भएको थियो। सुन रिसिभ गर्न विमानस्थल पुगेका अर्का सुडानी नागरिक पी०७८१२६६८ नम्बरको राहदानी भएका २८ वर्षीय अहमद महम्मद इब्राहिम पनि पक्राउ परेका थिए।

१९ किलो सुनसहित दुई सुडानी नागरिक पक्राउ परेपछि भन्सार कार्यालयले यसको अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धानबाट यी सुडानी नागरिकहरु सुन तस्कर गिरोहका नाइके रहेको खुलेको छ।

विभिन्न तह (लेअर) हुँदै उक्त सुन नेपालसम्म आएको देखिएको छ। प्रहरीका अनुसार दुबईदेखि काठमाडौंसम्म १९ किलो सुन लिएर आएका सराफल्दिनको सुडानको खार्तुममा सानो इलेक्ट्रिक पसल छ। सराफल्दिन भने सुडानको ओम्डुरमनस्थित अलशहदामा बस्थे। 

यता इब्राहिम अब्दुल नासिर भने अलशहदा सहरका एक प्रतिष्ठत व्यापारी पनि हुन्। कामको खोजीमा सराफल्दिनको नासिरसँग चिनजान भएको थियो। काम मागेपछि नासिरले ‘दुबईमा गएर मेरो साथीलाई भेटेर काम गरिदेउ, म तिमीलाई साढे ३ लाख सुडानी रकम दिन्छु’ भनेका थिए।

नासिरले काटिदिएको टिकटबाट सुडानको खार्तुम एअरपोर्टबाट २०२२ डिसेम्बर २१ मा उनी दुबई पुगेका थिए। नासिरले नै दुबईमा सराफल्दिनका लागि होटलसमेत बूक गरेका थिए। उक्त होटलमा रवा सिद्धि अहमद मोहम्मद नाम गरेकी महिलाले सराफल्दिनलाई भेटी ह्वाट्स एप नम्बर लिएर फर्किएकी थिइन्।

त्यसको केही समयपछि जोनी नाम गरेको व्यक्ति होटलमा पुगेका थिए। जोनीले नै दुबई एअरपोर्टमा पुर्‍याएर सुन दिएर काठमाडौं लैजान सराफल्दिनलाई भनेका थिए। उक्त सुन रिसिभ गर्न काठमाडौं विमानस्थलमै मान्छे आउने बताइएको थियो। सुन रिसिभ भएपछि २ दिन नेपालमा सराफल्दिनलाई घुमाइदिने र फर्किएपछि साढे ३ लाख सुडानी रकम दिने बताइएको थियो। सोही सर्त अनुसार सुन लिएर काठमाडौं आउँदा सराफल्दिन विमानस्थलमै पक्राउ गरेका थिए।

डेढ महिनामा १९ पटक काठमाडौं–विराटनगर हवाई यात्रा, ३ सयपटक विदेश सयर
सुन रिसिभ गर्न विमानस्थलमा इब्राहिमलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा इब्राहिम सुन तस्करका नेपालस्थित मुख्य एजेन्ट रहेको खुलेको छ।

इब्राहिम पहिलोपटक काठमाडौं कात्तिक १७ गते अर्थात नोभेम्बर ३ मा आएका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट उनी सोझै डोमेस्टिकतर्फबाट विराटनगर गएका थिए। त्यसयता अन्तिमपटक पुस ६ अर्थात् डिसेम्बर २१ सम्म गरी उनले १९ पटक काठमाडौं–विराटनगरको यात्रा गरेको अनुसन्धानबाट खुलेको छ। काठमाडौं–विराटनगरको पटक–पटकको यात्रा देखिएपछि दुबईबाट सुन काठमाडौं ल्याएर विराटनगर हुँदै भारततर्फ तस्करी हुने गरेको खुलेको हो।

१९ पटक काठमाडौं–विराटनटर यात्रा गर्दा उनी एकपटक डिसेम्बर १२ मा मात्रै बुद्ध एअरबाट विराटनगर गएका थिए। बाँकी १८ पटक यति एअरमार्फत् आउजाउ गर्ने गरेको पाइएको छ। उनले सुन बोकाएर हरेकपटक आफूसँगै २/३ जना विदेशी मान्छेलाई लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।

अझ यतिसम्म रहस्य खुलेको छ कि राहदानी नम्बर पी०७८१२६६८ नम्बरका इब्राहिमले नेपाल, भारत, यूएई, इजिप्ट, सुडानलगायतका देशहरुमा ३ सय पटकभन्दा बढी आउजाउ गरेका छन्। डेढ महिनामै काठमाडौं–विराटनगरको १९ पटकको यात्रा र विभिन्न देशहरुमा ३ सय पटकभन्दा बढीको यात्रा गरेको देखिएपछि उनी सुन तस्करका मुख्य योजनाकार रहेको पाइएको सीआइबी स्रोतले जनाएको छ।

इब्राहिम एअरपोर्ट नजिकैको एपेक्स बिजनेस होटलको कोठा नम्बर ५०६ बूक गरेर बसेका थिए। यति एअरलाइन्सको काठमाडौं–विराटनगर जानका लागि उनीसँगै सराफल्दिनको नाममा दुई वटा टिकटसमेत काटिसकिएको पाइएको छ।

अर्को सुन बोकेर नेपाल आउनका लागि इब्राहिमले नै सराफल्दिनलाई टिकट काटिदिएकोसमेत पाइएको छ। इब्राहिम सिभिल इन्जिनियर हुन्। उनले सुडानका आफ्नो कन्ट्रक्शन कम्पनीसमेत रहेको बताएको प्रहरी स्रोतले नेपाल लाइभलाई बतायो।

सुडानको नोरास एजेन्सीले नेपालको पर्यटनको अवस्था बुझ्न भन्दै आफूलाई नेपाल पठाएको उनले दाबी गरेका थिए। तर अनुसन्धानको क्रममा उनी पर्यटन बुझ्न नभइ सुन तस्करको योजनाकारको रुपमा नेपाल आएको पाइएको छ। सुडानी नागरिक मोहम्मद अल्वाही (जो इब्राहिमसँग दुबईमा अध्ययन गरेका थिए) भन्नेले दुबईबाट ह्वाट्स एपमार्फत् इब्राहिमलाई सम्पर्क गरी ‘एक जनालाई सामान दिएर नेपाल पठाएको छु। सबै काम गर्नु’ भनेका थिए।

त्यसका लागि सामान लिएर आउने व्यक्तिको फोटोसमेत इब्राहिमलाई पठाइएको थियो। सोही अनुसार उनी सुन रिसिभ गर्न एअरपोर्ट पुग्दा पक्राउ परेका हुन्।

काठमाडौं ओर्लिएलगत्तै विराटनगर जाने तयारी
सराफल्दिन काठमाडौं ओर्लिएलगत्तै सुन लिएर विराटनगर जानका लागि इब्राहिमले आफ्नो र सराफल्दिनको नाममा टिकटसमेत काटिसकेका थिए। इब्राहिमको साथबाट यति एअरलायन्सको काठमाडौं–विराटनगरको दुई वटा टिकटसमेत बरामद भएको थियो।

सुन रिसिभ भएपछि सिधै उनीहरु डोमेस्टिक एअरबाट विराटनगर पुग्ने र त्यहाँबाट उक्त सुन भारततर्फ पास गर्ने योजना रहेको खुलेको हो। विराटनगर पुगेपछि भारतीय सीम प्रयोग गर्ने र बावन बाग भन्ने व्यक्तिलाई सम्पर्क गरेर सुन भारततर्फ पास गर्ने योजना रहेको सीआईबी स्रोतले नेपाल लाइभलाई बतायो। आफूसँग सुन बोकेर विराटनगर गएका कोही व्यक्ति भारततर्फ जाने कोही काठमाडौं फर्कने गरेको इब्राहिमले स्वीकार गरेका छन्।

नेपालबाट सुन तस्करको सेटिङ मिलाउने इब्राहिम, सुडानबाट योजना बनाएर सुन बोक्न दुबई पठाउने व्यापारी नासिर, सुन बोकेर ल्याउने सराफल्दिन, दुबईबाट योजना बनाउने मोहम्मद अल्वाही, सुडानी नागरिक रावा सिद्धि अहमद मोहम्मद, सुडानी नागरिक असरफ गलल्दा, अहमद सराफल्दिन, भारतीय नम्बर प्रयोग गर्ने बावन बाग, जोनी लगायतले संगठित रुपमा योजना बनाएर नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

सुन जफत गर्दै १६ करोड मागदाबी
सेमिलिक्वीड (अर्धठोस) सुन गलान गरिसकेपछिको बरामद भएको बेलाको मूल्य अनुसार १६ करोड २४ लाख ९ सय रुपैयाँ बराबरको भएको छ। सोही अनुसारको बिगोको मागदाबी गर्दै पक्राउ परेका दुई सुडानी नागरिकविरुद्ध मुद्दा चलाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजासमा उक्त मुद्दाका प्रतिवादीको बयान भइरहेको छ। थुनछेक बहसपछि धरौटी तथा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुनेछ।

उनीहरुविरुद्ध भन्सार ऐनविरुद्धको कसुर, संगठित अपराधको कसुर, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण र जफत) ऐन बमोजिम सुन जफत र मुलुकी फौजदारी अपराधसंहिताको दफा ३५ बमोजिम थप कारबाहीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्