• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
दोषी ठहर नाबालिगलाई सर्तसहित अभिभावकको जिम्मा लगाए कैद बसेको मानिने १४ वर्ष मुनिकाले ६ महिना सुधारगृह बसे पुग्ने
64x64
नारायण अधिकारी सोमबार, फागुन २९, २०७९  ०८:३९
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– कुनै मुद्दामा दोषी ठहर भएका नाबालिगलाई सर्तसहित अभिभावकको जिम्मा लगाए कैद बसेको मानिने अदालतले ठहर गरेको छ। सर्वोच्च अदादतको बृहत् पूर्ण इजलासले १ नाबालकको रिटमा फैसला सुनाउँदै नयाँ नजिर स्थापित गरेको हो।

२०७६ साउन ८ गते झापामा भएको ‘ग्याङफाइट’मा हत्या गरिएका १८ वर्षीय विक्रम लिम्बूको घटनामा दोषी ठहर भएका एक नाबालकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला सुनाउँदै सर्वोच्चले सर्तसहित अभिभावकको जिम्मा लगाएमा पनि कैद बसेको मानिने उल्लेख गरेको हो।

२०७६ साउन ८ गते झापाको दमक नगरपालिका–१ दुर्गा मन्दिर पछाडि १८ वर्षीय किशोर विक्रम लिम्बूको ‘ग्याङफाइट’को क्रममा मृत्यु भएको थियो। उक्त ‘ग्याङफाइट’मा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय दमकले १७ जनालाई पक्राउ गरेर कर्तत्वय ज्यान तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो।

तीमध्ये ११ वर्षीय एक बालकलाई समेत जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो। दोषी ठहर गर्दै जिल्ला अदालत झापाले ११ वर्षीय बालकलाई १ वर्षसम्म सुधारगृहमा राख्नुपर्ने फैसला सुनाएको थियो। तर उक्त फैसलाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा फैसला सुनाउँदै सर्वोच्चले ६ महिना मात्रै सुधारगृहमा बस्नुपर्ने ठहर गरेको हो।

लिम्बू हत्याको घटनामा ११ वर्षीय बालक २०७६ साउन ११ गते पक्राउ परेका थिए। ११ वर्षीय बालकसहित १७ जनामाथिको अनुसन्धान सकेर प्रहरीले २०७६ साउन २८ गते जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। अदालतले ती ११ वर्षीय बालकलाई २०७६ भदौ १० गते अभिभावकको जिम्मामा छाडेको थियो।

२०७८ कात्तिक ८ गते कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको उक्त मुद्दामा फैसला सुनाउँदै जिल्ला अदालत झापाले ती ११ वर्षीय बालकलाई १ वर्ष सुधारगृहमा राख्नुपर्ने र बालकको तर्फबाट पीडितको परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलापछि गत वैशाख ४ गतेदेखि ती ११ वर्षीय बालक बाल सुधारगृह विराटनगरमा बस्दै आएका थिए। बालक सुधारगृहमा बसे पनि उनको तर्फबाट भने गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा गत जेठ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

अदालतले २०७६ भदौ ९ गते अभिभावकको जिम्मा छाडेदेखि नै ती बालक अभिभावकको नियन्त्रण (प्यारेन्टियल कस्टडी) मा रहेको रहेकाले उनलाई तोकिएको सजाय यसअघि नै भुक्तान भइसकेको दाबी रिटमा गरिएको थियो। 

उक्त रिटमा सर्वोच्चको संयुक्त इजलासका दुई न्यायाधीशहरु टंकबहादुर मोक्तान र कुमार चुडालको राय बाझिएको थियो। बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३७(७) र मुलुकी फैजदारी अपराध संहिताको दफा ४५ (५) अनुसार यी ११ वर्षीय बालकले गरेको अपराधलाई जघन्य कसुरको संज्ञा दिन नमिल्ने, बालकलाई सुधारगृह र कारागारमा राख्नुमा कुनै अन्तर नहुने, बालकलाई सुधारगृहमा राखिराख्नुपर्ने आवश्यक नरहेको राय सर्वोच्च अदालतको संयुक्त इजलासका न्यायाधीश टंकबहादुर मोक्तान गरेका थिए।

संयुक्त इजलासका अर्का न्यायाधीश चुडालले भने जिल्ला अदालतको फैसला कार्यान्वयनमा कुनै त्रुटि नदेखिएकाले रिट खारेज हुने राय राखेका थिए। त्यसपछि उक्त मुद्दा पूर्ण इजलास हुँदै बृहत् पूर्ण इजलासमा पुगेर टुंगो लागेको थियो। 

पूर्ण इजलासका न्यायाधीशरु अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए। आनन्दमोहन भटराई, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाल श्रेष्ठको बृहत् पूर्ण इजलासले गत पुस ७ गते उक्त मुद्दामा फैसला सुनाएको थियो। 

बृहत् पूर्ण इजलासले १० वर्षदेखि १४ वर्ष मुनिको उमेरका बालबालिका ६ महिनाभन्दा बढी सुधारगृह बस्नु नपर्ने र सर्तसहित अभिभावकको जिम्मा लगाएको अवस्थामा सो अवधिसमेत सुधारगृहमा बसेको गणना हुने फैसला गरेको छ। हालसालै सार्वजनिक भएको उक्त फैसलाको पूर्णपाठमा यी विषयहरु उल्लेख गरिएका छन्।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ (२) ले ‘१० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरको बालबालिकाले कैद हुने कसुरजन्य कार्य गरेको भएमा मुद्दाको प्रकृति हेरी ६ महिनासम्म कैद र कैद नगरी १ वर्षसम्म बाल सुधारगृहमा राखिने छ’ भन्ने उल्लेख गरेको छ।

जसअनुसार ती बालकलाई ६ महिनामात्रै बाल सुधारगृहमा राख्नुपर्ने हो, होइन भन्ने विषयमा पूर्ण इजलासमा समेत मत बाझिएको थियो। बालबालिका सम्बन्धी ऐनअन्तर्गत फौजदारी दायित्व बेहोर्नुपर्ने उमेर समूहमध्ये १० वर्षदेखि १४ वर्षसम्मको उमेर समूहका नाबालिग सबैभन्दा सानो वर्गका व्यक्ति हुँदा यस्ता नाबालिगलाई ६ महिनासम्म मात्रै कैद राख्न सकिने भनिएकाले सुधारगृहमा राखे पनि ६ महिना भन्दा बढी राख्न नहुने बुझ्नुपर्ने बृहत पूर्ण इजलासको पूर्णपाठमा उल्लेख गरिएको छ।

बालबालिकालाई कैद तोकिएको अवस्थामा कैद राख्न नसकी सुधारगृहमा नै राख्नुपर्ने अवधि चाहिँ ६ महिना नभई एक वर्ष हुनुपर्छ भनि व्याख्या गरिनु बालबालिकको सुधार र पुन:स्थापनाको उद्देश्य प्रतिकूल हुने व्याख्या गरिएको छ।

मुलुकी फौजदारी अपराधसंहिताको दफा ४० को (१) ले समेत सुधारगृहलाई कैदको विकल्पको रुपमा लिएकाले अधिकतम कैद अवधि ६ महिनाभन्दा बढी राख्न नमिल्ने व्याख्या सर्वोच्चले गरेको छ। जसअनुसार ती ११ वर्षीय बालक गत वैशाख ४ गतेदेखि हालसम्म ६ महिना सुधारगृहमा बसिसकेकाले उनले एक वर्ष सुधारगृहमा बस्नु नपर्ने भन्दै रिहाइसमेत गरिएको छ।

अभिभावकको जिम्मा लगाएको हकमा भने उनलाई सर्तसहित नछाडिएकाले उक्त अवधिलाई सुधारगृहमा बसेको भनेर गणना गर्न नमिल्ने उल्लेख गरिएको छ। यदी जिल्ला अदालतले ती ११ वर्षीय बालकलाई सर्तसहित परिवारको जिम्मा लगाएको भए उक्त अवधि समेत सुधारगृहमा बसेको भनेर गणना हुने बृहत पूर्ण इजलासले उल्लेख गरेको छ।

११ वर्षीय बालकलाई सुधारगृहमा राख्न भनेर गत वैशाख ४ गते कैदी पुर्जी दिइएको देखिएको, बालबालिकालाई मुद्दाको पुर्पक्षको लागि थुनामा राख्नुपर्ने अवस्थामासमेत थुनामा नराखी बाल सुधारगृहमा राख्नुपर्ने र बालबालिकालाई कैदको सजाय ठहर भए पनि कैद वापत कारागारमा नराखी बाल सुधारगृहमै राख्नुपर्ने भएकाले सुधारगृहलाई पनि कैद मानिने भएकाले ६ महिनाभन्दा बढी सुधारगृहमा राख्नु नपर्ने व्याख्या सर्वोच्चले गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्