• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
आर्थिक संकटका बेला प्रहरीभित्र हतियार किन्ने खेल, बजेटमै हतियारको रकम समावेश गराउने तयारी! गृहको बजेट सिलिङ समेत ९ अर्ब बढाइयो
64x64
नारायण अधिकारी मंगलबार, वैशाख ५, २०८०  ०८:३७
1140x725

काठमाडौं– देश आर्थिक संकटबाट गुज्रिरहेका बेला नेपाल प्रहरीले भने फेरि हतियार किन्ने मोह राखेको छ। हतियार किन्नका लागि भन्दै प्रहरीले तालुकदार मन्त्रालयसँग समेत लबिइङ गरिरहेको पाइएको छ। 

प्रहरीलाई हतियार अतिआवश्यक रहेको बताउँदै जसरी पनि हतियार खरिद गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले गृहकार्य सुरु गरिरहेको छ। दैनिक प्रयोग तथा सुरक्षामा, भीआईपी सुरक्षा तथा चुनावलक्षित सुरक्षामा हतियार अपुग रहेको भन्दै यसपटक जसरी पनि हतियार खरिद गर्नुपर्ने लबिइङ हेडक्वार्टरले गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

बन्दुक, ९ एमएम पेस्तोल, फोल्डिङ सर्ट गन, गोली, प्लाष्टिकको गोली, अश्रु ग्यास लगायतका विस्फोटक पदार्थ र हतियार आवश्यक रहेकोले तत्कालै खरिद प्रक्रिया अघि बढाउनुपर्ने भन्दै प्रहरीले लबिइङ गरिरहेको छ। यसअघि पनि आवश्यक रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइए पनि बिचमै रोकिएका कारण खरिद हुन नसकेकाले यो पटक जसरी पनि हतियार खरिद गर्नुपर्ने प्रहरी हेडक्वार्टरको भनाइ छ। 

अतिआवश्यक रहेको भन्दै प्रहरीले हतियार किन्न खोजिरहेका बेला देशको आर्थिक अवस्था भने सन्तोषजनक छैन। अर्थविद्हरूले आर्थिक संकट कायमै रहेको बताइरहेका छन्। अझ अर्थ मन्त्रालयका सचिव तोयम रायले त सामाजिक सुरक्षा भत्ता समेत खुवाउन नसक्ने अवस्था आएको बताएका छन्। 

गत चैत २६ गते आर्थिक पत्रकारहरूसँग छलफल गर्दै सचिव रायले भनेका थिए, ‘अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्ने अवस्था छैन। वर्षेनी साधारण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगिसकेका छौं।’

वृद्धवृद्धा, एकल महिला, अपांगता भएकाहरूलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत दिन सक्ने अवस्था नरहेको बताइरहेका बेला प्रहरीले हतियारको मोहलाई कायमै राखेको छ। 

तर, हतियार खरिद प्रक्रियाका बारेमा आफूलाई थाहै नभएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी दीपेन्द्र जिसी बताउँछन्। ‘तपाईंले भनेको हतियार खरिदको विषय मेरो जानकारीमा भएन’, प्रवक्ता जिसीले नेपाल लाइभसँग भने। 

प्रहरीले आठ वर्षदेखि हतियार लगायतका गोली गठ्ठाहरू खरिद नगरेकाले अतिआवश्यक रहेकाले खरिद गर्नुपरेको बताउँदै आएको छ। स्थानीय तथा संघ, प्रदेशको चुनावमा समेत नेपाली सेनासँग हतियार मागेर काम चलाउनुपर्ने अवस्था आएकाले हतियार खरिद अतिआवश्यक रहेको प्रहरीको भनाइ छ।

यता नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी पनि प्रहरीलाई हतियार चाहिने भन्नेमा सहमत छन्। तर, खरिद प्रक्रियामा देखिने नियतका कारण विवाद हुने गरेको उनले बताए। ‘घातक हतियार, ग्यास प्रहरीलाई चाहिने होइन। डब्लूएचओले नै प्रतिबन्ध लगाएका हानिकारक ग्यास, हतियार त्यो पनि महंगो कम्पनीसँग खरिद गर्ने प्रवृत्ति गलत हो। भ्रष्टाचार गर्नेहरूले एक पटक रोकिए पनि अनेक दाउ हेरर बसेका हुन्छन्। अनकुल समय आएपछि फेरि सलबलाउँछन्। अब खरिद प्रक्रिया कसरी गरिन्छ, त्यो हेर्नुपर्छ’, पूर्वएआईजी सिंहले नेपाल लाइभसँग भने। 

बजेटमै रकम समावेश गराउने तयारी, गृहको बजेट सिलिङ समेत ९ अर्ब बढाइयो
यसअघि गत वर्ष हतियारका लागि भनेर छुट्टै रकम निकासा गरेर प्रहरीले खरिद प्रक्रिया अघि बढाएको थियो। कमिसनको चक्करमा र देशमा आर्थिक संकट रहेको बेला रकम निकासा गरेर हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। 

त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हतियार किन्ने प्रक्रियाबाट पछि हटेको थियो। छुट्टै रकम निकासा गरेर हतियार खरिद गर्न लाग्दा चौतर्फी विरोध भएपछि भने यो पटक भने बजेटमै हतियार खरिदको रकम समावेश गराउन लगाउने तयारी भएको प्रहरी हेडक्वार्टर उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

गत फागुन ११ गते राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षको बजेट सिलिङ गरेर पठाउन भनेको थियो। त्यसपछि मन्त्रालयहरूले बजेट सिलिङ गरेर समेत पठाइसकेका छन्। बजेट सिलिङ सूची अनुसार गृह मन्त्रालयको चालु आर्थिक वर्षको बजेटमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५‍.३० प्रतिशतले बढाइएको छ। 

चालु आर्थिक वर्षको गृह मन्त्रालयको बजेट १ खर्ब ८५ अर्ब ३ करोड ४५ लाख छ। आगामी आर्थिक वर्षको बजेट सिलिङमा ९ अर्ब बढाउँदै पेस गरिएको छ। सिलिङ सूची अनुसार गृहको बजेट १ खर्ब ९४ अर्ब ८४ करोड ३४ लाख छ। यस हिसाबले आगामी आर्थिक वर्षको गृहको बजेटमा ९ अर्बसम्म बढ्ने देखिन्छ। 

उक्त बजेट बढाउनुको पछाडी प्रहरीको हतियार तथा गोलीगठ्ठा खरिदका विषयहरू जोडिएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘हतियारका लागि भनेर छुट्टै रकम निकासा गर्दा चौतर्फी विरोध भयो। त्यसकारण यो पटक बजेटमै हतियार खरिदको रकम समावेश गर्न लगाएर हतियार खरिद गर्ने तयारी छ’, प्रहरी हेडक्वार्टर उच्च स्रोतले भन्यो। 

बजेट सिलिङमा चालु आर्थिक वर्षको बजेटमा ९ अर्ब रुपैयाँ बढी बजेट सिलिङ गरेर पठाउनुले पनि हतियार खरिद प्रक्रिया जोडिएको विषयलाई थप पुष्टि गरेको देखिन्छ। 

आर्थिक संकट भन्दै यसअघि पनि रोकिएको थियो हतियार खरिद प्रक्रिया
यसअघि गत असारमा प्रहरीलाई हतियार खरिद गर्न भन्दै देउवा नेतृत्वको सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो। हतियारका लागि भन्दै १ अर्ब ३५ करोड रुपैयाँ माग गरिएकोमा पहिलो चरणका लागि भन्दै सरकारले ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो। 

रकम निकासा भएसँगै प्रहरीले हतियार खरिदको प्रक्रिया समेत अघि बढाएको थियो। त्यसपछि हेडक्वार्टरले १२ बोरका १२ सय थान बन्दुकसहित १ हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० थान फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली र २५ हजार अश्रुग्याँस खरिद गर्न लागेको थियो। 

त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय भन्दै देउवा सरकारले हतियार किन्ने प्रक्रिया अघि बढाए पनि चौतर्फी विरोध भएको थियो। देश आर्थिक संकटमा रहेका बेला ठूलो कमिसनको चक्करमा हतियार खरिद गर्न लागिएको भन्दै चौतर्फी विरोध भएको थियो। 

त्यसपछि प्रहरी हेडक्वार्टरले विज्ञप्ति नै निकालेर हतियार अतिआवश्यक रहेकाले किन्न लागिएको बताएको थियो। तत्कालीन प्रहरी प्रवक्ता (हाल एआईजी) टेकप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘प्रचलित खरिद ऐन, नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढंगले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी सदैव सचेत, सजग एंव संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछौं,’ भन्ने व्यहोरा उल्लेख गरिएको थियो। 

कमिसनमा हतियार खरिद प्रक्रिया अघि बढाउन लागिएको भन्दै त्यतिबेला संसद्को अर्थ समितिले छानबिन समेत गरेको थियो। चौतर्फी विरोधपछि हतियार खरिद प्रक्रिया रोकिएको थियो। 

यसअघि उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएका बेला पनि हतियार किन्दा कमिसनको खेल भएको चर्चा बाहिरिएको थियो। उक्त विषय बाहिरिएपछि तत्कालीन आईजी अर्यालले हतियार खरिदको प्रक्रिया अगाडि नै नबढाइ रोकेका थिए। त्यसपछि हतियार खरिदका लागि भनेर विनियोजन गरिएको रकम फ्रिज भएको थियो।

सम्बन्धित समाचार :

नेपाल प्रहरीले भन्यो–हातहतियार खरिद अत्यावश्यक भइसक्यो

आर्थिक संकटका बेला प्रहरीका लागि ‘फेजआउट’ हतियार किन्दै सरकार, कमिसनको आशंका

हतियार खरिदमा ‘बिचौलिया’ दीपक भट्टको भिडियो बाहिरियो, मोदीदेखि कांग्रेस, एमाले सबै मिलाउने दाबी

अहिले प्रहरीलाई हतियार किन्नु राष्ट्रघात हो : नवराज सिलवाल

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्