• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नेपाली युवकको योजना– अमेरिकी सेनामाथि साइबर हमला, असफल भएपछि नेपाली सेनाको साइट ह्याक
64x64
नारायण अधिकारी आइतबार, वैशाख १०, २०८०  २०:२९
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– नेपाली सेनाको साइबर स्पेस (बेवसाइट)मा साइबर हमला गरेको आरोपमा पक्राउ परेका युवकले आफ्नो योजना अमेरिकी सेनामाथि साइबर हमला गर्ने रहेको बताएका छन्। 

नेपाली सेनाको साइबर स्पेसमा साइबर हमला गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चैत २४ गते स्याङ्जाको वालिङ नगरपालिका–१० घर भएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको थियो। 

पक्राउ पर्दा उनको साथबाट प्रहरीले एउटा मोबाइल र एउटा ल्यापट बरामद गरेको थियो। 

आफ्नो साइबर स्पेसमा हमला गरी साइट ह्याक गरेको देखिएपछि सेनाले साइबर ब्यूरोमा उजुरी दिएको थियो। सेनाको साइबर स्पेसमा ‘ब्रट फोर्स स्क्यानिङ’, ‘एचटीटीपी अन्‌नोन’ जस्ता ‘हमला’हरु भएका थिए। साइबर हमला भएपछि त्यससँग सम्बन्धित प्रमाणको एउटा सीडीसहित सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले अनुसन्धान गरी कारबाही गर्न भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई गत चैत १५ गते पत्राचार गरेको थियो। 

त्यसपछि साइबर ब्यूरोको टोलीले नेपाली सेनामाथि साइबर हमला गर्ने युवक ढकाल रहेको पत्ता लगाउँदै पोखराबाट पक्राउ गरेको थियो। पक्राउ परेका ढकाल पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययन गर्ने विद्यार्थी रहेको खुलेको थियो। 

उनै ढकालले आफ्नो मुख्य टार्गेट नेपाली सेना नभइ अमेरिकी सेना रहेको भन्दै बयान दिएका हुन्। सेनाको साइट ह्याक गरेर त्यसको कमीकमजोरी पेस गरिएको अवस्थामा ठूलो पुरस्कार पाउने भन्ने जानकारी आएपछि अमेरिकन सेनामाथि आफूले साइबर हमलाको प्रयास समेत गरेको युवक ढकालले बताएका छन्। 

साइबर ब्यूरो स्रोतका अनुसार अध्ययनको क्रममा विभिन्न वेबसाइट, न्यूज पोर्टलहरुको अध्ययन गर्दा अमेरिकामा ‘ह्याक द पेन्टागन’ भन्ने विषयमा ह्याकिङ कम्पिटिसन हुने गरेको आफूले जानकारी पाएको ढकालको भनाइ छ। 

उक्त कम्पिटिसनमा विभिन्न देशका चर्चित वेवसाइटहरु कानुनी रुपमा नै ह्याक गरी त्यसको कमीकमजोरी देखाइ दिएमा पुरस्कार पाउने व्यवस्था उल्लेख गरिएको थियो। त्यही प्रतियोगितामा सहभागी हुन सकिन्छ कि भनेर आफूले अमेरिकन सेनाकै साइट ह्याक गर्ने प्रयास गरेको ढकालले बयान दिएका छन्।

अमेरिकन सेनाको साइट ह्याक गर्दा धेरै पुरस्कार पाइने भएकाले ह्याक गर्ने प्रयास गरे पनि असफल भएको ढकालको भनाइ छ। अमेरिकन सेनाको साइट ह्याक गर्ने योजना असफल भएपछि आफूले नेपाली सेनाको ‘साइबर सेक्युरिटीको अवस्था’बारे बुझ्न साइट ह्याक गरेको ढकालको भनाइ छ। 

नेपाली सेनाको साइट ह्याक गर्ने उद्देश्यसहित फ्रेबुअरी २३ मा बिहान ९ बजेर ४१ मिनेट र १० बजेर २० मिनेटको समयमा ढकालले सेनाको साइटमा साइबर आक्रमण गरेका थिए। 

यससम्बन्धमा साइबर ब्यूरोको टोलीले सेनाको प्राविधिक टोलीसँग पनि सोधपुछ गरेको थियो। प्राविधिक सेनानी माधव कार्कीले पनि साइबर स्पेसमा हमला भएको भन्दै कागज गराएका थिए। कार्की नेपाली सेनाको सूचना प्रविधि निर्देशनालय अन्तर्गतको सिस्टम तथा नेटवर्क शाखा प्रमुखको रुपमा कार्यरत छन्। 

साइबर सेक्युरेटीको दैनिक सुरक्षाको रिपोर्ट दिने क्रममा सेनाको वेबसाइटमा अनधिकृत कार्य भएको जानकारी पाएपछि सेनानी कार्कीले आफ्ना कमाण्डरलाई जानकारी गराएका थिए। 
पक्राउ परेका ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। ऐनको दफा ४५ बमोजिमको कसुर गरेको भन्दै बरामद सामान जफत र सोही अनुसारको सजाय मागदाबी गरिएको छ। 

दफा ४५ मा कम्युटर सामाग्रीमा अनधिकृत पहुँच गर्न नहुने उल्लेख छ। यस्तो कसुर गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।

जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर भएको मुद्दामा थुनछेक आदेश सुनाउँदै धरौटीमा रिहा गर्न भनेको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको आइतबारको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ढकाल १ लाख तिरेर रिहा भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्