• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
काठमाडौं महानगरको व्यवस्थित पार्किङ कार्यक्रम: कहाँ कति बने ‘बेसमेन्ट पार्किङ’?
64x64
कल्पना घिमिरे आइतबार, वैशाख २४, २०८०  ०७:२८
1140x725
फाइल तस्बिर

काठमाडौं– एक वर्षअघिसम्म काठमाडौं महानगरपालिका क्षेत्र भित्र अव्यवस्थित पार्किङको ठूलो समस्या थियो। निजी क्षेत्रले ठूला भवन बनाउँदा महानगरसँग ‘बेसमेन्ट पार्किङ’ लागि स्वीकृति लिए पनि ती क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरिरहेका थिए। 

गत वैशाखमा महानरमा प्रमुख बालेन्द्र शाहको नयाँ नेतृत्व आएको केही महिनापछि शाहले महानगर क्षेत्रभित्र पार्किङ व्यवस्थापन कार्यक्रम कडाइका साथ सुरु गरे। उक्त कार्यको जिम्मा महानगर प्रमुख शाहले ‘महानगर प्रहरी बल’लाई दिएका थिए। 

त्यसपछि महानगर प्रहरीले महानगर क्षेत्रभित्रका अव्यवस्थित पार्किङ हटाउन थाल्यो। बेसमेन्ट पार्किङका लागि स्वीकृति लिएको क्षेत्रमा पार्किङ स्थल बनाउन थालियो। उक्त कार्य अहिलेसम्म निरन्तर चलिरहेको छ। अहिले सडक क्षेत्रको पार्किङ हटाएर पार्किङ क्षेत्र छुट्याउने कार्य भइरहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। नयाँ नेतृत्व आएको एक वर्ष पुग्नै लाग्दा महानगरले पार्किङ व्यवस्थापनको समस्या करिब हटाइसकेको महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।
  
‘नयाँ नेतृत्व आइसकेपछि काठमाडौंको पार्किङ व्यवस्थित गर्नुपर्छ, सडकको कालोपत्रमा पार्किङ  गरेर सडक अवरुद्ध गर्ने, ट्राफिक जाम गर्ने जस्ता समस्यालाई हेरेर भवन बनाउँदा महानगरपालिकासँग बेसमेन्ट भनेर पार्किङ देखाउने तर विभिन्न गतिविधिमा प्रयोग गर्ने कुरालाई निरुत्साहित गर्नुपर्छ भनेर मेयरसाबको निर्देशन अनुसार काम भएको छ। यो बेसमेन्ट पार्किङ भएको ठाउँमा बेसमेन्ट पार्किङ गर्नुर्‍यो। बेसमेन्ट पार्किङ नभएको ठाउँम कालोपत्रेमा भएको पार्किङ हटाउनुपर्छ भन्ने हिसाबले पार्किङ हटाउने र बनाउने कार्य भएको हो’, उनले भने।

पार्किङ प्रयोजनको लागि स्वीकृति दिइएको ठाउँमा पार्किङ प्रयोजन नै हुनुपर्छ, कालोपत्रे गरिएको क्षेत्र सवारी साधन गुड्ने ठाउँ भएकाले त्यहाँ सवारी नै गुड्नुपर्छ, त्यहाँ पार्किङ गरिनु हुँदैन भन्ने महानगरको नीति रहेको उनले बताए। अहिले काठमाडौं महानगर क्षेत्रभित्र यो कालोपत्रे सडकको पार्किङ हटिसकेको र कहिँ केही रहेको हुनसक्ने उनको भनाइ छ। 

यस्तै कोर–सिटीमा पार्किङ नै छैन। त्यहाँका जनप्रतिनिधिहरुले बाटो अवरुद्ध हुनेगरी पार्किङ गरिरहेका छन्। कोर–सिटिमा चरणबद्ध रुपमा नियमित पार्किङ हटाउने नगरप्रहरी प्रमुख पाण्डेले बताए। ‘मानेनन् भने त्यहाँबाट सवारी साधन उठाउँदै कारबाहीको दायरामा ल्याउने काम पनि गरिरहेका छौं’, उनले भने।

कहाँ कति बने? 
महानगर क्षेत्रभित्र ७५ देखि १०० वटासम्म बेसमेन्ट पार्किङ बन्ने प्रहरी प्रमुख पाण्डेले बताए। ‘व्यक्तिले निजी जग्गामा पनि पार्किङ स्थल निर्माण गरेका छन्। अहिले काठमाडौंमा पार्किङको समस्या छैन। पार्किङ व्यवस्थित भइरहेको छ। स्थानीयहरुले बेसमेन्ट पार्किङ बनाइरहेका छन्,’ उनले भने।

अहिलेसम्म महानगर क्षेत्रभित्र २३ स्थानमा बेसमेन्ट पार्किङ सञ्चालनमा आएका छन्। जसमध्ये नयाँ बानेश्वरमा बानेश्वर प्लजा, बानेश्वर कम्प्लेक्स, जी सप, बुक भवन, मीनभवन नजिकैको घर, रारा कम्प्लेक्स, युएफओ बिल्डिङ, पुल हाउस बिच पछाडी गरी ८ स्थानमा पार्किङस्थल प्रयोगमा आएका छन् भने पुरानो बानेश्वरमा एउटा हङ्गर स्टेशनको पार्किङ प्रयोगमा आएको छ।

यस्तै शंखमूलको बर्गर हाउस र शंखमूल प्लाजा र कृष्टल हाउसमा गरी शंखमूलमा ३ स्थानमा पार्किङ प्रयोगमा आएको छ। त्रिपुरेश्वरमा राहदानी विभाग र थकाली हाउस गरी २ स्थानमा पार्किङ स्थल प्रयोगमा आएको महानगरले जनाएको छ।

यता न्यूरोडमा सुरज आर्केट मखनमा पार्किङ प्रयोगमा आएको छ भने कलंकीमा नेशनल अस्पतालको पार्किङ प्रयोगमा ल्याइएको छ। कुलेश्वरमा कृष्ण सदन कम्प्लेक्स, कालीमाटीमा महालक्ष्मी प्लाजा र मुक्तिनाथ विकास बैंकको पार्किङ पनि प्रयोगमा आएको छ। गामवेशी दोहोरी साँझ र सालेनो दोहोरी साँझ नयाँ बसपार्कमा, नेश्नल डेन्टल अस्पताल पानी पोखरी, नेपाल ट्रष्टको विल्डिङ दरबारमार्ग, महालक्ष्मी विकास बैंक मैतीदेवीको पार्किङ प्रयोग आएको महानगरपालिकाले जनएको छ। 

२४ स्थानमा खाली गराइएको र पार्किङ सञ्चालन सुरू भइसकेका छन्। बत्तीसपुतलीको कट्टी पोलको पार्किङ खाली गराइएको छ तर प्रयोगमा भने आइसकेको छैन। बानेश्वरको शिव मिष्ठान्नको पार्किङ पनि खाली गराइएको महानगरपालिकाले जनाएको छ।

बेसमेन्ट पार्किङ खाली गरी प्रयोगमा आएका स्थानहरु

क्र=स

स्थान

 

१

बानेश्वर प्लाजा

प्रयोगमा आएको]

२

जी सप बानेश्वर

प्रयोगमा आएको]

३

बिओके भवन बानेश्वर

प्रयोगमा आएको

४

मीनभवन कलेज जाने तर्फको घर

प्रयोगमा आएको]

५

बानेश्वर चोकको पुलसँगै रारा कम्प्लेक्स

प्रयोगमा आएको]

६

बानेश्वर चोकको पुलसँगै यूएफओ बिल्डिङ

प्रयोगमा आएको]

७

पुरानो बानेश्वरको हंगर स्टेशन

प्रयोगमा आएको

८

बत्तिस पुतली कट्टी पोल

खाली भएको

९

बानेश्वर चोकको शिव मिष्ठान्न

खाली भएको

१०

नयाँ बानेश्वर कम्प्लेक्स

प्रयोगमा आएको]

११

शंखमूल तर्फ जाँदाको बर्गर हाउस

प्रयोगमा आएको

१२

शंखमूल प्लाजा

प्रयोगमा आएको

१३

कृष्टल हाउस शंखमूल

प्रयोगमा आएको

१४

नयाँ बानेश्वर पूल बीच पछाडि

प्रयोगमा आएको

१५

शंखमुल एरियामा दुईवटा

खाली भएको]]

१६

राहदानी विभाग त्रिपुरेश्वर

प्रयोगमा आएको

१७

थकाली हाउस, त्रिपुरेश्वर

प्रयोगमा आएको

१८

आर बी कम्प्लेक्स, खिचापोखरी

खाली भएको

१९

सुरज आर्केट मखन

प्रयोगमा आएको

२०

नबिल बैंक, न्यूरोड

खाली भएको

२१

नेशनल अस्पताल, कलंकी

प्रयोगमा आएको

२२

कृष्ण सदन कम्प्लेक्स कुलेश्वर

प्रयोगमा आएको

२३

लोकमानसिंह भवन बल्खु'

खाली भएको

२४

अंशु कम्प्लेक्स, कुलेश्वर कुलेश्वर

खाली भएको

२५

मुक्तिनाथ विकास बैंक, कालीमाटी

प्रयोगमा आएको

२६

महालक्ष्मी प्लाजा, कुलेश्वर

प्रयोगमा आएको

२७

रामसिता बहुउद्देश्यीय भवन बल्खु'

खाली भएको

२८

सहिद गंगालाल अस्पताल, कलंकी

खाली भएको

२९

शहिद दोहोरी साझ–नयाँ बसपार्क

खाली गराइ प्रयोगमा नआएको

३०

सालेनो दोहोरी साझ, नयाँ बसपार्क

पार्किङ सञ्चालनमा रहेको

३१

प्रदेशी दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ प्रयोगमा नआएको

३२

गामवेसी दोहोरी साँझ, नयाँ बसपार्क

पार्किङ सञ्चालनमा रहेको

३३

पछेवरी दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको

३४

गोधुली दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको]

३५

तुष्णा दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको]

३६

ढोरपाटन दोहोरी साँझ, नयाँ बसपार्क

खाली गराइ बन्द रहेको

३७

नेशनल डेण्टल अस्पताल, पानीपोखरी

पार्किङ सञ्चालनमा रहेको

३८

टिभिएस सर्मिस सेन्टर, महाराजगञ्ज

खाली गराइ बन्द रहेको

३९

हिरो होण्डाको सर्भिसिङ्ग सेन्टर, बसुन्धरा

खाली गराइ बन्द रहेको]

४०

नेपाल ट्रष्टको विल्डिङ्ग, दरवारमार्ग

पार्किङ सञ्चालनमा रहेको

४१

दरबार मल, दरबारमार्ग

खाली गराइ बन्द रहेको

४२

आइ क्लब, दरबारमार्ग

खाली नगराएको

४३

टाइम्स ईन्टर नेशनल कलेज, डिल्ली बजार

खाली नगराएको, क्यान्टिन सञ्चालनमा रहेको

४४

कामना विकास बैंक, ठमेल

खाली गरिरहेको

४५

खड्का भवन, सामाखुशी

खाली गराइ बन्द रहेको

४६

पुरानो अल नेपाल हस्पिटलको भवन, सामाखुशी

खाली गराइ बन्द रहेको

४७

पुरानो अलनेपा हस्पिटलको भवन, कोरियन शप, सामाखुशी

खाली गराइ बन्द रहेको

४८

महालक्ष्मी विकास बैक, मैतिदेवी

पार्किङ सञ्चालनमा रहेको

५९

नारायणी इन्टरनेशनल प्लाइउड, मैतिदेवी

खाली नगरेको, फेरि ताकेता गरेको

५०

नितेश मिठाई पसल, गोंगबुचोक

हाल स्टोरका रुपमा सञ्चालनमा रहेको

५१

पुरानो पूर्णिमा दोहोरी, ठमेल

खाली गराइ बन्द रहेको

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्