• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
एक महिनामै ४ सय रुपैयाँले बढ्यो चामलको मूल्य
64x64
कल्पना घिमिरे शनिबार, वैशाख २३, २०८०  १४:०२
1140x725

काठमाडौं– एक महिनामै चामलको मूल्य प्रतिबोरा करिब ४ सय रुपैयाँसम्मले बढेको छ। गत चैतको मूल्य भन्दा वैशाखमा ३ सय ७५ रुपैयाँले चामलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। 

चैतमा प्रतिकेजी ९५ रुपैयाँ पर्ने त्रिशुलीको पोखरेली चामल अहिले प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ। २५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रतिबोरा २ हजार ३ सय ७५ पर्थ्यो। अब भने प्रतिबोरा २ हजार ६ सय २५ रुपैयाँ पर्ने खुद्रा व्यापार संघले जनाएको छ।

स्टिम जिरा मसिनो चामल गत चैतमा प्रतिकेजी ७५ रुपैयाँ पर्थ्यो। एक महिनाकै अन्तरमा चामल प्रतिकेजी १५ रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  १ हजार ८ सय ७५ पथ्र्यो। अहिले ३ सय ७५ रुपैयाँले बढेर प्रतिबोरा २ हजार २ सय ५० पुगेकोे छ।

लङ्ग्रेन बासमती चामल प्रतिकेजी ५ रुपैयाले बढेको छ। गत चैतमा प्रतिकेजी १ सय ७० पर्ने चामल अहिले ५ रुपैयाँ बढेर प्रतिकेजी १ सय ७५ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  ४ हजार २ सय ५० पथ्र्यो। अहिले १ सय २५ रुपैयाँले बढेर प्रतिबोरा ४ हजार ३ सय ७५ पुगेकोे छ।

यो भयो खुद्रा व्यापार संघमा बढेको चामलको मूल्य। बजारमा यो मूल्य लागू नै हुँदैन। व्यापारीहरुले फरक–फरक मूल्य राखेर बिक्री गर्छन्। संघले तोकेको भन्दा तेब्बर मूल्य बढाएर व्यापारीहरुले बिक्री गर्ने उपभोक्ताको गुनासो छ। 

संघका अध्यक्ष पवित्र बज्राचार्य फरक–फरक ब्राण्डका चामल बजारमा उपलब्ध हुने भएकाले ब्राण्ड अनुसार व्यापारीहरूले फरक मूल्यमा बिक्री गर्ने गरेको बताउँछन्। ‘व्यापारीहरुले बजारमा फरकफरक ब्राण्डका वस्तु बिक्री गर्छन्। ती वस्तु उत्पादनदेखि प्याकेजिङसम्म फरक फरक हुने भएकाले लागत पनि त्यही अनुसारको हुन्छ। त्यसकारण ब्राण्ड अनुसार फरक मूल्य पर्न जान्छ,’ उनले भने।

तर उपभोक्ता अधिकारकर्मीहरू एउटै वस्तुमा विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्नु अपराध भएको बताउँछन्। सरकारले मूल्य नीति नल्याउँदा व्यापारी र विचौलियाले आफूखुसी मूल्य राखेर उपभोक्ता ठगिरहेको उनीहरुको आरोप छ।

मूल्यवृद्धि रोक्न सरकार मातहतका कुनै निकायले पनि अनुगमन र नियमन गर्दैनन्। उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नुको साटो उल्टै व्यापारी र विचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ।

सरकारले खाद्यान्न मूल्यनीति नल्याउँदा यस्ता समस्या आएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना बताउँछन् ।

‘मूल्यनीति नहुँदा व्यापारीहरुले मनपरी मूल्य राखेर कालोबजारी गर्छन्। यो खाद्यान्नको मूल्य नीतिबारे सरकारले चासो लिएको छैन। अहिले बजार अनुगमनप्रति सरकार मातहतका निकाय मौन छन्। यसप्रति बेवास्ता गदै जाने होभने निम्नवर्गले किनेर खानै नसक्ने अवस्था आउँछ,’ उनी भन्छन्। 

सरकारले केही सीमित खाद्य सामग्रीको मात्र मूल्य निर्धारण गर्ने र खुला बजारमा व्यापारीहरुले आफूखुसी मूल्य राखेर व्यापार–व्यवसाय गर्न पाउने व्यवस्था रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्।

‘सरकारले सबै खाद्यान्नको मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छैन। चिनी, नुन, धान लगायतका वस्तुको मूल्य निर्धारण सरकारले गर्छ। यसले गर्दा व्यापारीहरुले आफूखुसी मूल्यमा बिक्री गर्ने गरेका छन्। उनीहरुले मूल्य राख्ने क्रममा नियम विपरीत राखेर बिक्री गरेको पाइयो भने उजुरी वा अनुगमनका आधारमा हामीले त्यस्ता व्यवसायीलाई कारबाही गर्छौँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्