• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मदिरा र सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने स्वास्थ्य मन्त्रालय  तयारी
64x64
डिबी खड्का आइतबार, वैशाख २४, २०८०  १७:४०
1140x725

काठमाडौं- स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मदिरा र सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने तयारी गरेका छन्।आइतबार मन्त्रालय अन्तर्गतका कर्मचारीलाई निर्देशन दिने क्रममा त्यसका लागि तयारी गर्न समेत भनेका हुन्। 

स्वास्थ्यमा हानीकारक पदार्थबाट कर उठाएर अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन प्रस्ताव उनले गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उक्त प्रस्ताव लैजाने तयारी आफ्नो रहेको उनको भनाइ छ।  निर्देशनका क्रममा उनको भनाइ थियो,  'सुर्तीजन्य पदार्थको कर बढाउने र मदिरा कर बढाउने तयारी गरौं। त्यसबाट पैसा लिएर  वीर अस्पताल,  प्रादेशिक अस्पताल  र जिल्ला अस्पतालमा सेवा लागि पैसा दिन सकिन्छ।'

आफ्नो कारणले काम गर्न अप्ठ्यारो नपर्ने बताउँदै बस्नेतले नियमित कामका साथै रचनात्मक ढंगले सोच्न समेत कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार मन्त्रामलयमा आयोजित  कार्यक्रममा उनले आफू यसअघि ११ महिना स्वास्थ्य राज्यमन्त्री भएर काम गरेको अनुभव रहेको उल्लेख गर्दै यसपल्ट राम्रो काम गरेरै छाड्ने अठोटसहित आएको बताए। उनले बजेट,  कर्मचारी परिचालन, सरुवा-बढुवा, विदेश भ्रमण र स्वास्थ्य सेवा प्रवाहलाई बुँदागत रुपमा कर्मचारीहरुमाझ राखेका छन्। 

स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै यो क्षेत्रमा काम गर्नैपर्ने दबाब सरकारमाथि रहेको उनको भनाइ थियो। स्वास्थ्य बीमामा समस्या रहेको, सरकारी अस्पतालमा लामो लाइन रहेको र अन्य विविध समस्या रहेको बताउँदै त्यो समाधानमा आफ्नो पहल हुने उल्लेख गरे। 

बजेट घट्ने संकेत 

स्वास्थ्य मन्त्री बस्नेतले यसपल्ट बजेट कटौती भएर आउने संकेत पाएको बताएका छन्। समग्र बजेट १० देखि १२ प्रतिशतले घट्ने आफूले जानकारी पाएको बताए। त्यसमा पनि स्वास्थ्य मन्त्रालयको ४० देखि ४८ प्रतिशत कटौती हुन सक्ने उल्लेख गरे। आफू त्यसो हुन नदिनेगरी लागिपरेको बताउँदै कर्मचारीहरुलाई पनि त्यही अनुसार बजेट बनाएर लबिङ गर्न निर्देशन दिए।  उनले भने,  'हामीले थप कार्ययोजना बनाएर  काम गर्नुपर्छ। कोभिड १९ अझै हटिसकेको छैन। अन्य समस्या छन्। ती सबै व्यवस्थापन गर्नपर्नेछ।'

स्वास्थ्य सामग्रीको रेकर्ड ७ दिनमा 

Ncell 2
Ncell 2

स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र अन्य शाखामा रहेका मेडिकल उपकरणको रेकर्ड मन्त्री बस्नेतले मागेका छन्। आफू मन्त्री भएर आउनेबित्तिकै उक्त रेकर्ड मागेको बताउँदै आगामी ७ दिनभित्र पाउने अपेक्षा व्यक्त गरे। यस बीचमा दुई दिन बिदा रहेकाले काम अघि बढ्न नसकेको भएमा आइतबारदेखि सबैतिर पत्र लेखेर रेकर्ड माग्न सम्बन्धित शाखालाई निर्देशन दिएको उनले बताए।  

विदेश भ्रमण आलोपालो   
स्वास्थ्य मन्त्रालयको माथिल्लो तहमा हुने कर्मचारीहरु धेरै विदेश भ्रमण गर्ने विषयमा पनि उनले आफ्नो धारणा राखेका छन्। शक्तिलशाली ठाउँमा रहेकाहरु एक महिनामा दुईपल्ट विदेश गएको समेत आफू स्वास्थ्य राज्यमन्त्री हुँदा जानकारी पाएको उनले बताए। उनले अनुभव सुनाउँदै भने,  'एकपल्ट मकहाँ एकजना कर्मचारी एकै महिनामा दुईचोटी विदेश भ्रमण आदेश लिएर आउनुभयो। उहाँलाई मैले अरु जाँदा हुन्छ कि भनेर सोधेको थिएँ। जान पनि मिल्ने रहेछ। उहाँ त्यो देश गइसक्नुभएको रहेछ। त्यस्तो अवस्थामा अर्कोलाई मौका दिउँ। नयाँको क्षमतावृद्धिका लागि पनि सघाउँ।' सुविधा सम्पन्न ठाउँमा बस्ने भ्रमणमा परेको पर्यैा हुने तर दुर्गममा रहनेहरु अवसर नपाउने अवस्था रहेकाले त्यतातिर ध्यान दिन निर्देशन दिएका छन्। 

आफ्ना कारण काम नरोकिने दाबी
मन्त्री बस्नेतले मन्त्रालय कुनैपनि काम आफूले कुरा नबुझेर, आफ्नो समय नभएर वा आफ्नो स्वार्थका कारण नरोकिने दाबी गरेका छन्। उनले मन्त्रालयको कामका लागि आफूले जुनसुकै बेला समय दिन सक्ने बताए। राज्यमन्त्री हुँदा आफूले बिहान ७ देखि बेलुकी ९ बजेसम्मे समय दिएको समेत उल्लेख गरे। 

उनले आफू जनता र मुलुकको फाइदाका लागि सक्रिय हुने बताउँदै आवश्यक परेका बेला कर्मचारीले समय लिएर भेट्न सक्ने स्पष्ट पारेका छन्। आफू अपराह्न ४ बजे भन्दा अघि मन्त्रालय अन्तर्गतकै मान्छेहरुसँग मात्रै भेट्ने बताए। त्यसपछि मात्रै अन्यका लागि समय छुट्याइने बताए।

सुझाव कार्यान्वयन गर्ने वाचा
आफूसँग स्वाास्थ्य मन्त्रालय चलाउने बुद्धि भएको बताउँदै कर्मचारीहरुसँग बुद्धिका साथै अनुभव समेत रहेको बताए। त्यसैले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन रचनात्मक सुझाव समेत आफूले अपेक्षा गरेको बताए। सबैको बुद्धि र अनुभव प्रयोग गरेर काम गर्नुपर्ने बताए। आफू अझै २० वर्ष राजनीतिमा सक्रिय हुनेगरी अघि बढेको बताउँदै सकेसम्म राम्रो गर्न चाहेको उल्लेख गरे। 

चिकित्सकको शुल्कमा चासो   
जेठ १ गतेबाट लागु हुने गरी निजी अस्पतालहरुले ओपीडी सेवा शुल्क बढाएका छन्। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श ओपिडी सेवा शुल्क बढाउने निर्णय गरेका हुन्। उक्त निर्णयलाई लिएर मन्त्री बस्नेत असन्तुष्ट देखिएका छन्। आफूले १२ सयसम्म ओपिडी शुल्क लिने निर्णय भएको जानकारी पाएको बताउँदै नियमन गर्नुपर्ने बताए। शुल्क लिने निर्णय मन्त्रालयबाहिर हुने गरेको प्रति असन्तुष्टि जनाउँदै उनले भने,  'शुल्कको सिलिङ कसले तोक्ने हो? नियमन कसले गर्ने को? यसको लगाम मन्त्रालयसँग हुनुपर्छ। बिरामी र डाक्टर दुवैलाई मर्का नपर्नेगरी शुल्क तोक्नेगरी समन्वय गर्ने तयारी  गर्नुहोस्।'

जनशक्तिबारे स्पष्ट
स्वास्थ्य मन्त्रालयले सेवा दिन जनशक्ति पनि पर्याप्त हुनुपर्नेमा आफू जानकार रहेको उनले बताए। त्यसका लागि मन्त्रालयले अध्ययन गरेर स्पष्ट तथ्यांक दिनुपर्ने उल्लेख गरे। उनले त्योा तथ्यांक बनाउँदा सम्बन्धित ठाउँ सकारात्मक बनाउनुपर्ने बताए। उनले उदाहरण दिए,  'यति चाहियो मात्र भनेर हुँदैन। किन चाहियो? त्योबेला कति जनसंख्या थियो, कर्मचारी कति थिए? अहिले जनसंख्या कति छ र कर्मचारी कति छन्? त्यसको अनुपातमा कति कम भयो? प्रष्ट हुनुपर्छ। त्यसरी वकालत गर्न पाएँ भने नतिजा राम्रो आउँछ।'

समयानुकुल नीति
मन्त्री बस्नेतले मन्त्रालयले समयानुकुल नीति बनाउन चुक्न नहुने बताए। नीति तथा योजना महाशाखाको सक्रियताको अपेक्षा गर्दै त्यसतर्फ ध्यान दिन निर्देशन दिए। उनले भने,  'नीतिगत अवस्था के छ? के गुनासो आइरहेका छन्? सम्बोधन गर्नुपर्ने के छ? यसलाई ध्यान दिएर नीति बनाउँ।'

समस्या समाधानका लागि पहल 
अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले तलब नपाएको गुनासो आइरहेको बताउँदै असन्तुष्टि जनाए। मन्त्रालयकै कारण भन्दा पनि विभिन्न व्यक्ति र स्थानीय तहका कारण समस्या आइरहेको आफूले बुझेको बताए। उनले भने,  'समस्या अनेक कारणले भएका रहेका छन्। एक मजस्तै फेरिरहने मन्त्रीज्यूले आफ्नालाई भर्ती गर्दै जाने समस्या रहेछ। अर्को स्थानीय तहबाट तलब भुक्तानी हुनेगरी संघ अन्तर्गत आएकाहरुको रहेछ। यी समस्याको समाधान हुनुपर्छ। त्यसका लागि स्पष्ट रुपमा त्यसबार तथ्यांक संकलन हुन जरुरी छ।'

ढाँट्नेहरु सावधान
मन्त्री बस्नेतले झन्डै डेढ घन्टा निर्देशन दिए। निर्देशनको समयावधिभरी कर्मचारीका पक्षमा कुरा गरे। कर्मचारीलाई उत्साहित बनाउने प्रयास गरे। अन्तिमतिर भने सजग गराउन खोजे। आफू सूचना लिन माहिर रहेको बताउँदै ढाँट्नेहरुलाई सावधान गराए। उनले अलर्ट गराउँदै भने,  'म सुराकी गर्न जान्दछु। सूचना मिलेन भने ठीक हुन्न।'
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्