काठमाडौं – वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ । बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन् । उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।
गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए । संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन् ।
यस घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । मुख्य सडकहरू बन्द गरिएका छन् । स्थानीय सञ्चारमाध्यमले पीडितहरूको पहिचान एक पुरुष र एक महिलाको रूपमा गरिएको बताएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।