• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी तीन तहका सरकारले गर्न नसकेको विकास सांसदले गर्लान् भनेर विश्वास गर्न सकिँदैन
64x64
डा ईश्वरी भट्टराई सोमबार, असार ४, २०८०  १६:५७
1140x725

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत् सांसदलाई रकम विनियोजन गरेरै योजना छनोट गर भन्ने अभ्यास संस्थागत हुँदै जाँदा सांसद, सांसदको भूमिकामा रहँदैनन्। प्रष्ट रूपमा उनीहरू नीति निर्माताको भूमिकाबाट विमुख हुन्छन्। सरकारको भूमिका सांसदमा सर्छ।

उनीहरू एक हिसाबले राज्यको सार्वजनिक सम्पत्ति (पैसा) बोकेर आफ्नो निर्वाचन क्षेत्रमा जाने ठेकेदार जस्ता नै हुन पुग्छन्। अझ प्रष्ट रूपमा भन्नुपर्दा ठेकेदारहरूभन्दा अझ तल झर्छन्।

ठेकेदारहरू बरू प्रत्यक्ष रूपमा विकास निर्माण र ठेक्कापट्टामै सहभागी हुने भनेर नै आउँछन्। उनीहरूको काम नै त्यही हो। ठेकेदारले गर्ने विकासको निगरानी भूमिकामा रहनुपर्ने सांसदहरु त्यो अवस्थाबाट मुक्त हुनुपर्ने हुन्छ।

सांसदहरूले सार्वजनिक स्रोत आफ्नो हातमा लिएर विकास निर्माण गर्छु भन्नु परम्परागत रूपमा चलिआएको राणा–पञ्चायतकालीन संरक्षक र संरक्षित (पेट्रोन–क्लाइन्ट)को सम्बन्ध हालको संघीय लोकतान्त्रिक प्रणालीमा पनि वैधानिक गर्नु वा संस्थागत गर्नु हो। अर्को शब्दमा भन्ने हो भने ठेकेदारहरू घोषित रूपमै ठेक्कापट्टा गर्ने हो भने सांसदहरू अझ विकृत रूपमा नीति निर्माताको आवरणमा ठेकेदार वा ठेकेदारभन्दा पनि तल झर्न तयार भए भन्ने बुझ्नुपर्ने हुन्छ।

तीन तहका सरकारले गर्न नसकेको विकास संघका १६५ र सातै प्रदेशका ३३० सांसदले गर्न सक्छन् भनेर कदापि विश्वास गर्न सकिँदैन।

Ncell 2
Ncell 2

संविधानको आलोकमा हेर्ने हो भने यो जनआन्दोलनको जगमा जारी गरिएको संविधानको मर्म विपरीतको काम हो। यस्तो कार्यक्रममा सांसदहरू सहभागी हुनु भनेको आफ्नो मुख्य जिम्मेवारीबाट विमुख भएर कार्यपालिकाको काममा हस्तक्षेप गर्नु पनि हो। यो अभ्यासले तीन तहका सरकारको भूमिकालाई अन्देखा वा नजरअन्दाज गरेको ठहर्छ। अर्थात, लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गरेको हो।

यस्तो अभ्यासले भोलि सांसदहरूले आफ्नो उपलब्धि सुनाउँदा मैले दुई किलोमिटर बाटो खनिदिँए, दुईचार वटा धाराको व्यवस्था गरिदिएँ, विद्यालयको छानो हालिदिएँ भनेर गर्व गर्नुपर्ने अवस्था आउँछ। समग्र देशको वा प्रदेशको नीति निर्माणमा यसरी हस्तक्षेप गरेँ– गर्यौँ भन्ने विषय ओझेलमा पर्छ।

सांसदले अहिले सांसद विकास कोष मार्फत गर्ने जे चिजलाई विकास भनेर प्रचार गर्न खोजेका छन् त्यसलाई गहिरिएर हेर्‍यो भने त्यो विकास नभएर विनाश हो। भोलि सबै सांसदले आफ्नो क्षेत्रमा पैसाको शक्ति प्रदर्शन गर्नुमै गर्व महसुस गर्नेछन्। सबै सांसद यसैको 'ट्रयाप'मा परेका हुनेछन्। यस्तो ट्रयापबाट बाहिर निस्किनुपर्नेमा यसले विकृत गराउँदै जानेछ। जसरी शुरूमा दुईचार लाखबाट सुरू गरिएको कार्यक्रम अहिले करोडौंको रकममा पुगेको छ।

यहाँ प्रश्न गर्न सकिन्छ, यदि यसलाई नै संस्थागत गर्दै जाने हो भने तीन तहका सरकारको भूमिका कटौती गरेर सांसदलाई नै देश विकासको जिम्मेवारी किन नसुम्पिने? सरकारको बजेट कटौती गरेर सांसदलाई नै बजेट बढाइदिए हुन्न? भन्ने सवाल आउन सक्छ।

त्यस्तै, सांसद नै विकासका वाहक हुन् भने भाष्य बनाउने हो भने उनीहरुमार्फत् गरिने विकास कोषको अभ्यास समतामूलक विकास, साधन स्रोतको समतामूलक वितरण, पारदर्शिता, लोकतन्त्र र समग्र लोकतान्त्रिक पद्धतिकै मान्यता विपरीत हुनपुग्छ।

यसले सामाजिक असमानता, असमान वितरण, भ्रष्टाचार र वेथितिलाई संस्थागत गर्ने, जवाफदेहिता र अनुगमनको अवमूल्यन गर्ने, सांसदमा परनिर्भरता बढाउने काम गर्छ। यसर्थ, सांसद विकास कोष, दिगो परियोजनाभन्दा सांसदका स्वार्थलाई पूर्ण गर्ने अल्पकालीन योजना र समग्र प्रणाली बनाउनेभन्दा भत्काउने, स्रोत र साधनको दोहन गर्ने माध्यम बनेको विगत छ र यो रहिरहे आउने दिनमा थप विकृत उजागार हुँदै जानेछ।
(कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस

प्रदेशसम्मै फैलिएको सांसदहरुको ‘ठेकेदार’ बन्ने मोह


 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा ईश्वरी भट्टराई
लेखकबाट थप
स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने अवसर
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले  उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्ज... बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्