• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
यात्रुलाई टिकट नदिई बढी भाडा असुल्ने साझा बस
64x64
कल्पना घिमिरे आइतबार, असार २४, २०८०  १९:१९
1140x725

काठमाडौं– शनिबार बिहान करिब ८ बजे। 

कलङ्की चोकमा हामी चन्द्रागिरी जाने बसको पर्खाइमा थियौँ। कालीमाटी तर्फबाट बागमती प्रदेश–०१००६ ख ५४०५ नम्बरको साझा यातायातको बिजुली बस चोकमा आइपुग्यो। हामी उक्त बसमा चढ्यौँ। सीट पूरै भरिएकाले केही यात्रु भने उभिएका थिए। 

बसको भित्तामा लेखिएको थियो, ‘कृपया टिकट लिएर यात्रा गर्नुहोला।’ यो साझा यातायातका सबै बसमा लेखिएको हुन्छ। यात्रुसँग भाडा लिएर टिकट दिने नियम साझा यातायातको छ।

ढुङ्गेअड्डामा ओर्लने एक यात्रुसँग सहचालकले भाडा मागे। कालीमाटीबाट चढेका ती यात्रुले २५ रुपैयाँ तिरे। तर सहचालकले ती यात्रुलाई टिकट दिएनन्। ढुङ्गेअड्डामा बस रोकिएपछि यात्रु झरे।

सहचालकले टिकट नलिएको देखेपछि पछिल्लो सिटमा बसेकी एक महिला यात्रुले सोधिन्, ‘गाडीको भित्तामा टिकट लिएर यात्रा गर्नुहोला लेखिएको छ। यो भाइले त टिकट नदिइ पठाउने रहेछ। अघि जाने मान्छेलाई टिकट लिनपर्छ भन्ने थाहा रहेनछ। मलाई त चाहिन्छ।’

नैकाप पुगेपछि दुई यात्रु ओर्लिए। ती यात्रुसँग पनि सहचालकले भाडा लिए, तर टिकट दिएनन्। 

ठाउँ ठाउँमा यात्रुहरू झर्ने र चढ्ने क्रम भइरह्यो। तर चालकले न कुनै यात्रुलाई टिकट दिए, न कुनै यात्रुले मागे। बस चेकपोष्टनिर पुग्यो। त्यहाँ १० जना यात्रु ओर्लिए। 

सहचालकले कलंकीदेखि चेकपोष्टसम्मको प्रतिव्यक्ति भाडा २५ रुपैयाँ लिए। केही यात्रुले विद्यार्थी परिचयपत्र देखाए। उनीहरूको २० रुपैयाँ लिए। एक यात्रुले भने, ‘विद्यार्थी परिचय पत्र हुँदा १५ रुपैयाँ हो। ५ रुपैयाँ फिर्ता दिनुस्।’ 

सहचालकले भने, ‘कार्ड छुट हुँदा साझा यातायातको भाडा २० रुपैयाँ लाग्छ।’ काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दुरीमा सार्वजनिक यातायातको भाडा जेठ ११ गतेदेखि सरकारले १९ रुपैयाँ तोकेको छ। तर उक्त बसमा ५ किलोमिटरसम्मको भाडा सहचालकले २५ रुपैयाँ लिए।

टिकट माग्ने यात्रुहरूलाई पनि सहचालकले दिन मानेनन्। टिकट माग्ने यात्रुहरूलाई उनीहरूको जवाफ थियो, ‘टिकट अघि नै च्यातिसक्यौँ। च्यातेर फाल्ने हो, हामीले राख्ने होइन।’ सह–चालकको तर्कचाहिँ थियो, ‘ यदि टिकट दिए त्यही टिकट अर्को ठाउँमा पनि देखाउँछन्,’ चालकले भने।

‘टिकटमा नम्बर हुन्छ, कसरी त्यही टिकट अर्को पटक देखाउँछ? यो त तपाईंहरूले दिएपछि पो देखाउने हो,’ एक यात्रुले भने।

तर सहचालकले उही तर्क दोहोर्‍याए। 

ओर्लिएका एक यात्रुले टिकट नदिई नहुने बताए। ‘च्यातेर फ्यालिसकेँ। अहँ, म दिन सक्दिनँ,’ यति भन्दै सहचालकले गाडी कुदाउन चालकलाई संकेत दिए।

यसरी टिकट माग्दा पनि नदिएपछि यात्रुहरूले गाडी चालक र सहचालकको नियतमा शंका गरे। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई यसबारे सोध्यौँ, ‘साझा यातायातले शनिबार यात्रुलाई टिकट नदिने प्रावधान बनाएकोे हो?’ 

दीक्षितले साझा यातायातमा सधैँ टिकटको व्यवस्था गरिएको बताए। उनले थपे, ‘यो सहचालक र चालकको बदमासी हुनसक्छ। त्यसो गरेको पाइएमा हामी उनीहरूलाई कारबाही गर्छौँ।’

यो समाचार तयार पर्दासम्म साझा यातायात कार्यालयले सोमबारदेखि सम्बन्धित चालक र सहचालकको ड्युटी रोक्ने र स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्