बैतडी– हजुरबाको कुटपिटबाट बैतडीमा २ जना बालक गम्भीर घाइते भएका छन्। बैतडीको पर्चौडी नगरपालिका–६ मडेलीधारका ५० वर्षीय गणेश साउँदले आफ्ना नाति ८ वर्षीय रिजन र २ वर्षीय रोसनलाई कुटपिट गरेका हुन्।
घरका अरु सदस्य काममा जानुपर्ने भएपछि २ नातिको हेरचाह गर्ने जिम्मा गणेशले लिएका थिए। तर हेरचाह गर्नुको सट्टा उनले कुटपिट गरेपछि २ बालक गम्भीर घाइते भएका हुन्।
घाइते दुवै बालकको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए। घाइते दुबै बालकहरुको टाउकोमा गम्भीर चोट छ।
घाइते दुवै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घाइते रोसन र रिजनका बुबा दिपक साउद भने धनगढीमा रहेका बुझिएको छ। नातिलाई कुटपीट गर्ने हजुरबा गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।