बैतडी– हजुरबाको कुटपिटबाट बैतडीमा १ जना बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बैतडीको पर्चौडी नगरपालिका–६ मडेलीधारका ५० वर्षीय गणेश साउँदले आफ्ना नाति ८ वर्षीय रिजन र २ वर्षीय रोसनलाई कुटपिट गरेका थिए।
हजुरबाको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रोसनको उपचारको क्रममा मृत्यु भएको हो। उनको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए।
घरका अरु सदस्य काममा जानुपर्ने भएपछि २ नातिको हेरचाह गर्ने जिम्मा गणेशले लिएका थिए। तर हेरचाह गर्नुको सट्टा उनले कुटपिट गरेपछि २ बालक गम्भीर घाइते भएका हुन्।
गम्भीर घाइते दुवै बालकलाई उपचारका लागि अस्पताल लगिएकोमा २ वर्षीय रोसनको मृत्यु भएको हो। अर्का बालक ८ वर्षीय रिजनको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ।
रोसन र रिजनका बुबा दिपक साउद भने धनगढीमा रहेका बुझिएको छ। नातिलाई कुटपीट गर्ने हजुरबा गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।