• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
रोपाइँको सिजनमा मल अभावको समस्या: किसानलाई सास्ती छैन यसपटक?
64x64
कल्पना घिमिरे बिहीबार, साउन ४, २०८०  ०९:४८
1140x725

काठमाडौं– अघिल्ला वर्षहरुमा धान रोपाइँको सिजन चलिरहँदा किसानले मल नपाएको विषय चर्चामा हुन्थ्यो। किसानहरु रोपाइँ नै रोकेर मल लिनका लागि लामो लाइन लागेका तस्बिरहरु सार्वजनिक हुने गर्थे। तर यस वर्ष भने किसानहरुले मलका लागि धेरै सास्ती खेप्नु परेको विवरण प्रकाशमा आएको छैन। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार महिना सकिँदासम्म धान खेती हुनेमध्ये करिब ५० प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। आधा रोपाइँ सकिँदासम्म ६४ हजार मेट्रिक टन मल मौज्दात छ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल यस वर्ष रोपाइँको सिजनमा मल अभावको समस्या नभएको दाबी गर्छन्। 

आर्थिक वर्ष २०७९/८० को असार मसान्तासम्म  कुल ३ लाख ७६ हजार ८७४.८० मेट्रिक टन मल आयात गरिसकेको छ।  ५२ हजार ५०० मेट्रिक टन मल आउन बाँकी रहेको सञ्जेलले बताए। 

कृषि सामाग्री कम्पनी लिमिटेडले १ लाख ४१ हजार ९१०.१५ मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख ११ हजार ९६५.१५ मेट्रिक टन गरी कुल २ लाख ५३ हजार ८७६.१० मेट्रिक टन युरिया आयात भएको छ।

कृषि सामग्री कम्पनीले ७९ हजार २२०.५५ मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले ४२ हजार १९५.९० मेट्रिक टन गरी १ लाख २१ हजार ४१६.४५ मेट्रिक टन डीएपी आयात गरेको मन्त्रालयको भनाइ छ। 

यस्तै, कृषि सामग्री कम्पनीले १ हजार ५८२.२५ मेट्रिक टन पोटास आयात गरेको छ।

असार मसान्तसम्मको मन्त्रालयको तथ्याङ्कअनुसार भने ४१ हजार ५३३.४० मेट्रिक टन युरिया, २१ हजार २३८.१० मेट्रिक टन डीएपी र १ हजार ६४१.९५ मेट्रिक टन पोटास गरी ६४ हजार ४१३.४५ मेट्रिक टन मौज्दात रहेको छ। 

यस्तै, आर्थिक वर्ष २०७९/८० को मौज्दात मल समेत गरी असार मसान्तासम्ममा कुल ३ लाख ४२ हजार ४६२.३० मेट्रिक टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ। 

गत वर्षको यसै अवधिको तथ्याङ्क हेर्ने हो भने करिब २ लाख मेट्रिक टन मल मात्रै आएको थियो। पर्याप्त मल आयात नहुँदा मल अभाको समस्या किसानले झेल्नु परेको थियो।

गत असारको दोस्रो सातातिर दाङको घोराही उपमहानगरपालिका–७ का किसानहरुले धानको बिउ राख्ने समयमा मल मासु भाग लगाए जसरी भाग लगाएर बाँडेको तस्बिर सामाजिक सञ्जालमा आयो। तर कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले धान दिवसको एक कार्यक्रममा बोल्दै गर्दा मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा राखेर प्रचार गरिएको दाबी गरे।

‘दाबीका साथ भन्छु, अहिले मलको अभाव छैन। राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो। यो वर्ष मल अभाव हुने डर छैन,’ मन्त्री भुसालले भनेका थिए। त्यतिबेला मन्त्रालयको तथ्याङ्कमा ७८ हजार मेट्रिक टन मल मौज्दात थियो।

यस वर्ष रासायनिक मल अभावको समस्या नभएको, तर स्थानीय तहमा वितरणमा कहिँकतै समस्या भएको मन्त्रालयका प्रवक्ता सञ्जेलको भनाइ छ।

‘केन्द्रको आयातित परिमाणमा समस्या छैन। स्थानीय तहमा कतै बाटोको समस्याले गर्दा समयमा ढुवानी नहुँदा कहिँ कतै समस्या देखिएको छ। यो हाम्रोभन्दा पनि स्थानीय तहको समस्या हो,’ उनले भने।

जेठको दोश्रो सातादेखि साउनको दोस्रो सातासम्म डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने र उक्त मल आयात भइसकेको उनको भनाइ छ।

यस वर्षमा मलको अभाव नभएको र चालु आर्थिक वर्ष २०८०/८१ मा पनि मलका लागि पर्याप्त बजेट छुट्याएको हुँदा अबका दिनमा मल अभाको समस्या झेल्न नपर्ने सञ्जेलले बताए।

५२ हजार ५०० टन आउन बाँकी 
अझै ५२ हजार ५०० मेट्रिक टन मल आउन बाँकी रहेको सञ्जेलले बताए। जसमध्ये साल्ट ट्रेडिङ कम्पनीको २५ हजार मेट्रिक टन डीएपी कोलकोताबाट नेपाल आउने क्रममा रहेको उनको भनाइ छ। कृषि कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको ७ हजार ५०० मेट्रिक टन पोटास भारतको विशाखापटनमबाट नेपाल आउँदै गरेको छ। साल्ट ट्रेडिङको  २० हजार मेट्रिक टन डीएपी कोलकोत्ता आइसकेको र नेपाल आउने क्रममा रहेको उनको भनाइ छ।

मलका लागि साढे ३८ अर्ब बजेट
आर्थिक वर्ष २०७९/०८० मा सरकारले मल खरिदका लागि साढे ३८ अर्ब बजेट छुट्याएको थियो। आर्थिक वर्षको सुरुमा १५ अर्ब रकम विनियोजन गरेको थियो भने अन्तर्राष्ट्रिय बजारमा मलमा उच्च मूल्यवृद्धि भएपछि विनियोजित बजेटले नपुग्ने भन्दै  थप १६ अर्ब रुपैयाँ छुट्याइएको थियो। त्यसपछि फेरि फागुनमा ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको थियो।

चालु आर्थिक वर्षका लागि भने सरकारले मलका लागि ३० अर्ब बजेट विनियोजन गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्