• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुर समीक्षा : जबर्जस्त सन्देश घुसाइएको औसत  भजन 'दमाई महाराज' 
64x64
डिबी खड्का शनिबार, साउन ६, २०८०  १९:४७
1140x725

काठमाडौं- तीजका गीतले युट्युब हरियो भइरहेका बेला लोकगायक प्रकाश सपुत नयाँ गीतमा पितवस्त्रसहित आएका छन्। बेमौसमी हरियोले आँखा टट्याइरहेका बेला सपुतको 'दमाई महाराज'ले संगीत पारखीलाई एकछिन शीतल महसुस गराउँछ। 

गीतमा 'भेराइटी' रुचाउने सपुतले यो गीतबाट भजन गाउने आफ्नो 'रुची' पूरा गरेका छन्। भिडियोमा देखिएको लघु-कथामाथि कैंची चलाउने हो भने यो मात्रै 'भजन' हो! भजनकै कोटीमा राखेर मापन गर्ने हो भने औसत लाग्छ। 

एक दिनमा १३ लाख भन्दा बढीले हेरिसकेर युट्युब ट्रेन्डिङको एक नम्‍बरमा उक्लिएको गीतले प्रशंसा नै कमाइरहेको छ। किनभने समग्रताबाट नियाल्दा यसले बिद्रोहको बिगुल फुकेको छ। परिवर्तनका लागि प्रेरित गरेको छ।

अघिल्ला गीतहरुमा उनले गीतबाटै समाजका विसंगत पाटाहरु उधिन्न खोजे। गीतका टुक्काबाटै झटारो हाने, गीतका लाइनबाटै मन हुँडुले  र गीतका पङ्तिबाटै परिवर्तनका लागि प्रेरित गरे। गीत चर्चित भए। विवादित भए। मन पराइए। गाली गरिए। सवथोक गरिए तर उनको सिर्जनशीलतालाई लिएर 'वाह' नै भनिए। 

'दमाइ महाराज'मा गीतबाटै त्यस्तो केही भनिएको छैन। सुरुवात र अन्तिमका संवाद 'स्किप' गरेर संगीत मात्रै सुन्ने हो भने यसपल्ट सिर्जनशील सपुत 'गायब' छन्। भगवान मनमा रहने एउटा परम्परागत थिममा उनले टुक्काहरु उन्दै लगेका छन्। उनाइ र बुनाइ उति खँदिलो बनेको छैन। गीतलाई आध्यात्मिक बनाउन खोजेका छन् तर यसअघिका गीतहरुमा जस्तो हरफहरुले नै दिमाग रन्थन्याउँदैन। 'मन'माथि लेखिएका गीतका लाइनहरु मनमा गढ्नुपर्ने हो तर मनलाई विस्तारै छोएर मात्रै जान्छन्! 

 

आम सर्जककै दाँजोमा राखेर हेर्ने हो भने उनको सिर्जनाको स्तर माथि नै छ। उनले नै लगातार फरक स्वादको संगीत चखाएर संगीतप्रेमीको अपेक्षा बढाइदिएका छन्। त्यही उकालिएको अपेक्षाको परिणाम पनि 'दमाइ महराज' औसत लागेको हो। 

Ncell 2
Ncell 2

गीत औसत भएपनि कथा बनोट भने मनमोहक नै छ। मन्दिर पसेको निहुँमा गाउँबाट लखेटिएको एउटा दलित युवकको सकारात्मक 'बदला' देखाउन खोजिएको छ। जातीय विभेदका विरुद्ध सन्देश प्रवाहका दृष्टिले भने यो जबर्जस्त सिर्जना हो। मधुर संगीत र कथामा 'सस्पेन्स'ले डोर्‍याउँदै उनले अन्तिममा सपुतले घतलाग्दा संवाद बोलेका छन्। गीतले भन्दा संवादले मन हल्लाउँछन्। दिमाग रन्थन्याउँछन्। आँशु तुरुक्क पार्न बाध्य पार्छन्। 

भिडियोमा देखिएको सपुतको स्वरुप स्वभाविक छ। त्यही अनुसार अन्य दृष्यहरु पनि 'कोरियोग्राफी' गरिएका छन्। जुन दर्शनीय लाग्छन्। तर, द्रव्यदातालाई चाहिने भन्दा बढी खुशी पार्न खोजिएको छ। जसले गर्दा भिडियोमा एकहोरिएका आँखा र शान्त बन्दै गएको दिमागले निरन्तरता गुमाउँछन्। त्यस्तै दृष्यहरु दोहोरिरहँदा भने निश्चित ब्रान्डको प्रमोशन हो कि गीतको म्युजिक भिडियो हो? भन्नेसम्मको दोधारमा ल्याइपुर्याउँछ।

यसलाई 'गलबन्दी' र 'बोलमाया'को निरन्तरता भनिएको छ। त्यसो नभन्दा पनि फरक नपर्नेगरी यो गीत प्रस्तुत गरिएको छ। ती दुई गीतको शब्द-भावमा विपरितार्थ तर संगतीमा सामिप्यता भेटिन्थ्यो। एउटा वियोग र अर्को संयोगका ती गीतको मुलकथामा एकरुपता थियो। 

'गलबन्दी'को अन्तिममा लखेटिएको केटोले आमा(अञ्जली अधिकारी)लाई खत लेख्दै 'बाबाको सपना' पूरा गर्न फर्किने बताएको थियो। त्यही निरन्तरताका साथ हेर्ने हो भने सपुतबाट 'भुलचुक' महशुस हुन्छ।

saput 21690035408.JPG

'गलबन्दी'को सुरुवातमा आमाले उसको बाबाको सपना 'हिरो' बन्ने रहेको बताएकी थिइन्। तर,  ऊ सन्त भएर फर्किएको छ। बाबाको सपना होइन, ऊ यसपल्ट आफ्नै बदलाका लागि फर्किएको देखिन्छ। जुल्फीमुनि रुमाल बाँध्ने त्यो 'बाबा (पिता)' र जुल्फीमुनि चन्दन घस्ने यो बाबा (सन्त) बीचको तादम्यता भेटिदैन। कि हिरो बन्ने सपना 'परदेशी- २' बाट पूरा भइसकेको महशुस भयो होला प्रकाश सपुतलाई!

मैले यसपल्ट प्रकाशको गीतमा सबैथोक भेटिनँ।  एकातिर बगेको संगीत र अर्कातिरबाट जोडिएको कथामा मन बुझाउन सकिनँ। उनीबाट उत्कृष्टताको अपेक्षा गर्ने मेरोजस्तै असन्तोषी मनका लागि उनले यही गीतमा यस्ता शब्द राखेका होलान् :

सबै छ भन्छन् संसारमा तर सवै छैन

आफ्नो मन आफैंले बुझाउने हो मनको दबाइ छैन

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्