• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मिटरब्याजसम्बन्धी २ हजार बढी उजुरी फर्स्योट हुँदा १ अर्ब ८ करोड ८८ लाख लेनदेन
64x64
कल्पना घिमिरे बिहीबार, साउन ११, २०८०  १०:४१
1140x725

काठमाडौं– मिटरब्याजी विरुद्ध परेका २४ हजार उजुरीमध्ये मधेसमा मात्रै २० हजार २४५ उजुरी परेका छन्। मंगलबारसम्म अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा परेका कुल उजुरीमध्ये २ हजार ४३२ उजुरी फर्स्योट भएको (टुङ्गिएको) आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

जसमध्ये मधेसका ८ जिल्लामा मात्रै  १ हजार ९६७ उजुरी फर्स्योट भएका छन्। यस्तै, सबैभन्दा बढी सर्लाही जिल्लामा ४४५ उजुरी फर्स्योट भएका छन् भने दोस्रोमा बारामा ४३६ उजुरी फर्स्योट भएका छन्।

फर्स्योट उजुरीबाट कुल १ अर्ब ८ करोड ८८ लाख ९० हजार ४ सय ७३ रुपैयाँ लेनदेन कारोबार भएको कार्कीले बताए। यस्तै, साहुबाट १ अर्ब ९७ करोड ३७ लाख ३७ हजार ८७४ माग गरेको, तर बाँकी उजुरी लिन–दिन नपर्ने गरी कुल ७२ करोड ७ लाख ९ हजार ६८६ रुपैयाँको हकमा दुवै पक्षबीच सहमतिमा टुंग्याइएको उनको भनाइ छ। 

यस्तै ५५ बिघा ८ कट्ठा ९ धुर जग्गा समेत साहुबाट पीडितलाई फिर्ता गराइएको उनले बताए।

‘अनुचित लेनदेनको परिभाषा भित्र नपर्ने, आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिन–दिन नपर्ने गरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसला समेत भइसकेको अथवा जग्गा खरिद-बिक्री सम्बन्धी कारोबार भएको देखिएको र साहुद्वारा मिनाहा गरिएको लगायतका कारणबाट दुवै पक्षबीच लिन–दिन नपर्ने गरी सहमती तथा फर्स्योट भएको छ,’ उनले भने।

कुन जिल्लामा कति उजुरी 
आयोगका अनुसार मधेस प्रदेशका ८ जिल्लामा १८ हजार ३५६ र पश्चिम नवलपरासीमा १ हजार ८८९ गरी ९ वटा जिल्लामा मात्र २० हजार २४५ परेका छन्। सबैभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ निवेदन परेका छन्।

अनुचित लेनदेनको केन्द्र नै मधेस प्रदेश र पश्चिम नवलपरासी देखिएको कार्कीको भनाइ छ। 

यस्तै, कपिलवस्तुमा १२० वटा निवेदन परेका छन् भने सुर्खेतमा १२३, बर्दियामा १९१, मोरङमा १९९, कैलालीमा २४५, दाङमा ३६१, सुनसरीमा ३९८ परेका छन्। काठमाडौंमा ४७८ र रुपन्देहीमा ५४७ निवेदन परेका छन्।

१० जिल्लामा उजुरी टुङ्गिए
अहिलेसम्म १२ जिल्लामा  मिटरब्याजविरुद्ध कुनै उजुरी परेका छैनन् भने १० जिल्लामा मिटरब्याज पीडितका उजुरी टुङ्गिएका छन्। जसमध्ये कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, धनकुटा र सोलुखुम्बु गरी ४ जिल्लामा उजुरी टुंगिएका छन्। मधेस प्रदेशमा उजुरी टुङ्गिने तथा उजुरी नपरेका जिल्ला शून्य छ। 

यस्तै, बागमती प्रदेशमा रसुवा जिल्लामा मात्रै उजुरी परेको छैन। गण्डकी प्रदेशको मनाङमा उजुरी शून्य छ भने मुस्ताङ र म्याग्दीमा उजुरी टुंगिएको आयोगले जनाएको छ।

लुम्बिनीमा पाल्पा र रुकुमपूर्वमा उजुरी शून्य छ भने गुल्मीमा उजुरी टुंगिसकेको छ। कर्णालीका डोल्पा, हुम्ला, मुगु र रुकुमपश्चिममा उजुरी शून्य छ भने दैलेखमा उजुरी टुंगिएको छ।

सुदूरपश्चिममा बाजुरा, बझाङ, दार्चुला, बैतडी र डोटीमा उजुरी परेका छैनन् भने अछाममा उजुरी टुंगिएको छ।

वैशाख १७ गतेदेखि उजुरी लिन सुरु 
मिटरब्याज पीडितले पटकपटक काठमाडौंमा आएर धर्ना दिन थालेपछि यसको समाधान गर्न सरकारले अनुचित लेनदेन (मिटरब्याज)बारे अनुसन्धान गर्न गत चैत २० गते नै जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन भयो। आयोगले वैशाख १७ गतेदेखि उजरी लिन सुरु गर्‍यो। त्यसपछि आयोगले उजुरीमाथि अनुसन्धान गर्दै सम्भव भएका केसहरुमा ऋणी र साहुकारहरुबीच आपसी छलफलका माध्यमबाट समस्या समाधान गर्ने काम गरिरहेको अध्यक्ष कार्की बताउँछन्।

अनुचित लेनदेन (मिटरब्याज) लाई फौजदारी कसुर करार गर्ने गरी ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले गत वैशाखमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ ल्यायो। सो अध्यादेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन गर्दै संहिताको दफा २४९ मा देहाय (क) थप गरी अनुचित लेनदेन गर्न नहुने व्यवस्था गरिएको थियो। 

सो अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको थियो। प्रतिनिधि सभाको असार २० गतेको बैठकबाट उक्त विधेयक पारित गर्ने कार्यसूची थियो। तर उक्त दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले संसद् अवरुद्ध गर्दा विधेयक पारित हुन सकेन। 

पछि प्रतिनिधि सभाले सामान्य विधेयकको रुपमा मिटरब्याजलाई कसुर करार गर्ने विधेयक पारित गरेको थियो। तर राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट पारित भएको विधेयक रोकेको छ। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित विधेयकको संशोधन स्वीकारको प्रक्रिया अघि बढाएका छैनन्। 

राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्रै उक्त विधेयकले कानुनी मान्यता प्राप्त गर्छ। तर राष्ट्रिय सभाले पारित नगरेका कारण कानुनी शुन्यताको अवस्था सिर्जना भएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको हो। मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाल... मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थ... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्