• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
ट्रान्जिट : रहस्यमयी पात्रहरूका रोमाञ्चक उडान
64x64
समर्पण श्री बुधबार, साउन १७, २०८०  १७:०७
1140x725

‘तपाईंलाई टाइम ट्राभल’मा स्वागत छ,’ ‘एयरहोस्टेज’को मधुरवाणी सुनिन्छ। उडानको बेला यात्रुहरूले पालना गर्नुपर्ने नियम बताउँछिन् उनी। 

मनले सोच्छ, ‘पालना नगरिदिँदा के हुन्छ?’

जवाफ – अवरुद्ध हुनसक्छ कि!

उसो त म बारुदमाथिबाट उड्ने विमानको यात्रासँग त्रसित छु। हुँदै नहुने दुर्घटनालाई सम्भावित सम्झेर अतालिन्छु। यो त झन् रहस्यमयी उडान छ। 

न(अ)गरकोटी’को श्वैरकल्पनाभित्र विमानले उडान भर्दैछ। लाग्दै थियो, ‘कतै ‘अगरकोटी’कै मस्तिष्कभित्र दुर्घटित त हुने हैन।’ 

शिल्पी थिएटरको अँधेरो  हलबाट यात्रा सुरु हुन्छ। के  ‘सेफ ल्याण्डिङ’ हुन्छ?

०००

नेपाली साहित्यमा परम्परागत शैलीलाई भत्काउने कुमार नगरकोटी यस्ता ‘पाइलट’ हुन्, जो बनिबनाउ मान्यतामा ‘हु केयर्स’ गर्छन्। उनी आख्यान लेख्दैनन् मात्र, ‘डिजाइन’ पनि गर्छन्। त्यसैले उनलाई प्रेम गर्नेहरू सम्मानसाथ भनिदिन्छन्, 'फिक्सन डिजाइनर।'

Ncell 2
Ncell 2

‘फिक्सन डिजाइनर’ र रंग निर्देशक घिमिरे युवराजको संयुक्त डिजाइनले खडा गरेको संसार कस्तो होला? 

सेटको अँधेरो कोठामा ‘मानवशास्त्री’ रुमलिरहेका छन्। ओहो! मानवशास्त्री हैन, मानव शास्त्री पो त! उनी ‘एन्थ्रोपोलोजिस्ट’ हैनन्, नाटककार हुन्।

मानव मायावीको जालमा छन्। तपाईंले सेटको माथि नियालेर हेर्नुभयो भने जाल ओछ्याइएको छ। यसर्थ मानव मात्र हैन, मायावी पनि जालमा छिन्। वास्तवमा मायावीहरू मानवहरूको जालमा बढी प्रताडित छन्। 

मानवले मायावीलाई विभिन्न अवतारमा देखिरहेको छ। मायावीको तीन अवतार नाटकको सुन्दर ‘कन्फ्युजन’ हो। विसं २१७५ बाट मायावी समय यात्राको विमान चढेकी छ। ०७ सालको क्रान्ति नियालेकी छ। बालकृष्ण समको व्यक्तित्व र स्वभावसँग संवाद गरेकी छ।

यतिबेला यात्राको सुई ०७५ को घडीमा गएर अडिन्छ। अडिई राख्छ।

फेन्टासी कति शक्तिशाली हुन्छ? त्यसको फैलावटले देखिने दृश्य र गहिराइले भेटाउने जरा कति महत्वपूर्ण हुन्छ? डेढ घण्टाको नाटकमा मैले अनुभूत गरेँ। 

मानव शास्त्रीको कोठामा वा गोदाममा मरेको लासबारे मायावीहरूले पटक-पटक बताइरहन्छन्। यो नेदिखएको लासले आदर्श वा अस्तित्वको मृत्युलाई इंगित गर्छ। प्राइभेट जेल र जेलरको प्रसंग। मानिसहरू आ–आफ्नो सोचाइको बन्दी छन्। आफैंले आफूलाई बन्दी बनाएर पर्खाल लगाइरहेका छन्।

कथाका पात्रहरू सशक्त ‘मेटाफर’ लाग्छन्। सेटको प्रयोग नौलो छ। सुरुवाती दृश्यमा मान्छेहरूको छाया देखापर्छ, त्यसपछि मानव। अनि मायावी। र मायावीहरू। सेटले समयको कथा, पात्रको मनस्थितिको कथा र मनभित्र उब्जिएका द्वन्द्वको कथा भन्छ।

कफी घाटले नाटकमा नगरकोटी फ्लेभरलाई झन् स्वादिलो बनाउँछ। कफी घाटमा भेटिने घिमिरे युवराज ‘विमोक्ष’का लागि ‘हिउँको पृथ्वी यात्रा’ गरिरहेछन्।

यतिबेला उनी ‘ट्रान्जिट’मा रोकिएका छन्। अनि न(अ)गरकोटीको कफीघाटमा निदाइरहेका छन्। यहाँ मानव शास्त्री मायावीसँग आइपुगेका छन्। यहाँ अनुपस्थित तीन छन्, सायद ती मानवका नाटकका तीन अभिनेत्री हुन् कि! उनीहरूको अनुपस्थितिमा मानवको अनौठो यात्रा सुरु भएको थियो।

 कफीघाटबाट घिमिरे युवराज नाटकको रथ गुडाउँदै ओझेल हुन्छन्। म कफी घाटका यी पात्रहरूलाई अनौठा बिम्बझैं नियालिरहेछु।

अब जाऊँ ‘ट्रान्जिट’का यात्रीहरूतर्फ। मानवशास्त्रीको अवतारमा दिव्य देवले दस्तखत नै गरे। नगरकोटीको मस्तिष्कमा हुर्किएको ‘पर्फेक्ट’ पात्र हुन् झैं लागे। उनलाई देख्नासाथ ‘चिसो एस्ट्रे’मा भूपी गल्लीहरूमा रुमल्लिरहेका मदन सम्झिन्थेँ। अब मानव शास्त्रीको सम्झना दिव्य देवले गराइरहनेछन्।

मायावी – आकांक्षा कार्की

मायावी– शिल्पा मास्के

मायावी– बासना तिमल्सिना

यी पात्रहरूले जन्माउने थ्रील, उत्सुकता र रोमाञ्चकता रोचक छ। कहिले उनीहरू ‘ट्रान्जिट’मा भेटिएका समय यात्राका यात्रीजस्ता लाग्छन्, कहिले मानव शास्त्रीले नाटकमा अभिनय गराएका अभिनेत्री जस्ता लाग्छन् त कहिले प्राणबाट छुटेर भ्रमणका निस्किएका आत्माजस्ता।

मायावीको तीन अवतारले छुट्टै प्रभाव छाडेका छन्।

प्राइभेट जेलका जेलरका अवतारमा सुहाउँदिलो देखिन्छन्, मिल्सन राई।

‘ट्रान्जिट’मा भेटिएका पात्रहरूले छुट्दा पनि निकै दिनसम्म पछ्याइरहे। यो समयको अनुहारलाई नगरकोटीले अमूर्त शैलीमा पोट्रेट गरेका छन्। नगरकोटीको श्वैरकल्पनाको उडानलाई घिमिरे युवराजले वास्तविकताको धरातलमा सुरक्षित अवतरण गरेका छन्।

यदि तपाईंलाई यो उडानको महसुस गर्न मन छ भने ‘ट्रान्जिट’ शिल्पीमा छ। हिजोआज साँझ साढे पाँच बजे गोठाले नाटकघर तपाईंको प्रतीक्षा गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्