• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
दूषित पानीका कारण धानबाली नष्ट भएपछि...
64x64
शेरबहादुर ऐर शनिबार, असोज २०, २०८०  १२:३०
1140x725

धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा लगाएको धान फलेन। धानका बोट सुकेका छन्। केही बोट रातो र पहेँलो भएका छन्।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुकेको उनको भनाइ छ। ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि बाली लागेको छैन।’

पुनर्वास नगरपालिका वडा नम्बर ५ का मोहन रानाले तीन बिघा जमिनमा धान खेती गरेका छन्। तर, अहिले धानमा बाली नलागेपछि उनले क्षतिपूर्तिको माग गरिरहेका छन्। साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो। डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुकेको उनको भनाइ छ।

‘बाढी पसेको दुई–तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै धानमा बाली छैनन्।’ खेतमा जमेको पानीबाट गन्ध आउनु र पानी पनि कालो हुनुले दूषित पानीका कारण धानमा क्षति पुगेको उनको भनाइ छ। अन्नबाली नै उब्जनी नभएपछि अब खाद्यान्नको जोहो कसरी गर्ने उनको मनमा चिन्ता छ। 

‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने रु कसरी बालबच्चा पाल्ने? समस्या छ।’ उनले डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको बताए।

उनले अन्य वर्षमा पनि बाढी आउने गरेको तर, यसरी धानबालीमा नष्ट नपुर्याएको स्मरण गर्दै भने, ‘अरुबेला पनि बाढी आउँथ्यो, तर यस्तो क्षति गरेको थिएन। यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।’

पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ। खेत नजिकै रहेको भागेश्वर सुगर मिलमा रहेकाले किसानहरुले मिलका कारण धानबालीमा क्षति पुगेको आशंका गरिरहेका छन्। सुगर मिलले सिमरी नाला छेउमै फोहोर राखेको र त्यही फोहोर नालामा मिसिएर खेतमा क्षति पुगेको हुन सक्ने किसान रमेश राना थारूले बताए।

dhan21696654292.jpg

कृषि ज्ञान केन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो।

‘परीक्षण रिपोर्टमा दुषित पानीका कारण धानबाली नष्ट भएको भन्ने उल्लेख छ’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘तर, त्यो दुषित पानी कहाँबाट आएको हो भन्ने यकिन हुन सकेको छैन्। पुनर्वास नगरपालिकाले रिपोर्टसहित जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको छ। सोही आधारमा संघ तथा प्रदेशबाट कृषकलाई राहात वितरण गरिने छ।’

उनका अनुसार दुषित पानीका कारण कृषकहरुको करौंडौ लगानीमा क्षति पुगेको छ।

क्षतिपूर्ति पाऊँ भन्दै नगरपालिकामा तालाबन्दी
धानबाली नष्ट भएपछि कृषकहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै पुनर्वास नगरपालिकामा तालाबन्दी गरेका छन्। बाढी पीडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेकाे हाे। स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको भन्दै उचित छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेको जनाइएको छ।

उनीहरूले पालिकामा तालाबन्दीसहित मुल गेटमै शान्तिपूर्ण धर्ना जारी राखेका छन्।

मिलबाट कुनै केमिकल खोलामा जाँदैनः भागेश्वरी
भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिका कारण धानबालीमा क्षति पुगेको आरोप किसानहरूकाे छ। तर, कम्पनीले भने आफना कुनै उत्पादन सामाग्रीहरु खोलामा नजाने गरेको प्रतिक्रिया दिएको छ।

कम्पनीबाट निस्कने पानी प्रशोधन गरी खोलामा जाने गरेको प्रमुख कार्यकारी निर्देशक डीएन पाण्डेले बताए। उनले भने, ‘यहाँ प्रयोगमा ल्याइएका सम्पूर्ण कच्चा पदार्थहरु विक्री वितरण भइरहन्छन्। कुनै पनि फोहोर सामग्री तथा रसायनहरु यहाँ उत्पादन हुँदैनन्।’

उनले मिलबाट प्रशोधित भइ खोलामा जाने पानीमा कुनै पनि रसायन नहुने र खेतीका लागि उपयुक्त हुने गरेको बताए। उनले भने, ‘उख्खुबाट फोहोरका रुपमा आउने सामग्रीहरु मलका रुपमा प्रयोग ल्याउने गरिन्छ। पानी पनि प्रशोधन गरिएको हुँदा खेतीमा कुनै असर पार्दैन।’

उनले किसानहरु नकारात्मक नभए पनि मिललाई बन्द गराउन चाहने केही व्यक्तिहरुले अफवाह फैलाइरहेको बताए। त्यसको पुष्टि उनले प्रयोगशालामा भएको परीक्षणले पनि गरेको बताए।

चिनी उद्योगहरूबाट निस्कने फोहोरको लागि उद्योग विशिष्ट मापदण्ड २०६० मा सान्दर्भिक मापदण्ड र अनुमतियोग्य सीमाहरू तोकिएको छ। सो कम्पनीले ती मापदण्डविपरित कुनै काम नगरेको पाइएको प्रतिक्रिया दिए।

dhan11696654344.jpg

विज्ञ नहुँदा समस्याः कृषि ज्ञान केन्द्र
दूषित पानीका कारण धानबाली नष्ट भएको पुष्टि भएपनि यस प्रमुख कारण पत्ता लाग्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ‘हामीले काठमाडौंबाट यस विषयमा विज्ञ व्यक्ति माग गरेका छौँ’ ज्ञान केन्द्रका जोशीले भने, ‘दूषित पानीले त धानबाली नष्ट भएको पुष्टि भएको छ तर, प्रमुख कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन।’

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्