• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल
64x64
दुर्गा मगर आइतबार, कात्तिक २६, २०८०  १२:५१
1140x725

साथीहरु! तपाईंहरुले जुनसुकै माध्यमबाट मसँग सम्पर्क गर्दा पनि सधैंजसो एउटै कुरा भन्नुहुन्छ, ‘ध्यान गरेपछि त आनन्द आउँछ, तनाव, दुःख, कष्ट, चिन्ता हट्छ होला भनेर थालेको, तर उल्टो मनभित्र त भीमकाय अँध्यारो र डरलाग्दो त्रास पो रहेछ। दुर्गाजी, लौन कसरी यसबाट पार पाउने होला ?’  

मित्रहरु ! यहाँहरुलाई थाहै छ, केही समयअघि मध्यराति चन्द्रग्रहण लाग्यो। ग्रहणलाई नाङ्गा आँखाले हेर्नु हुँदैन, ग्रहणका बेला घरबाहिर निस्कनु हुँदैन, खानेकुराहरु पनि खानु हुँदैन भन्ने हामीले सुन्दै र पालना गर्दै आएका हौं।

केही समयअघि लागेको चन्द्र ग्रहणको रात मेरो मनमा अनेक कुरा खेलेर निदाउन सकिरहेको थिइनँ। यहाँहरुभित्रको छट्पटी र ग्रहणका विषयमा राति झन् तीव्र रुपले सोच बढ्न थाल्यो। यहाँहरुलाई थाहै छ, ग्रहण लाग्दा विशाल चन्द्र र सूर्यलाई सर्लक्क अँध्यारो छायाले ओझेल पारिदिने गर्छ। 

गहिरो ध्यान साधनामा डुबुल्की मार्दा कुनै दिन मलाई भीमकाय ब्ल्याक होलले सताएको स्मरण आयो, ठीक चन्द्रमालाई कालो धब्बाले घेरेझैं। आफूले ध्यान साधनामा अनुभव गरेको त्यही भीमकाय भयरुपी ब्ल्याक होलको ताजा स्मृति चन्द्र ग्रहणका दिन आँखाअगाडि दृश्यका रुपमा नाच्न थाल्यो।

यो पनि पढ्नुहोस

 

के हो वर्णाश्रम? के हो वर्णसङ्कर?

ग्रहण लागेका बेला सूर्य–चन्द्रबाट आउने परमाणु विकिरणहरु अन्यन्तै भयानक र दूषित हुन्छन् भनेर हाम्रा ऋषिहरुले भन्दै आएका हुन्। त्यसैले ग्रहणलाई नाङ्गो आँखाले हेर्न नहुने, खानेकुरा खान नहुने र ध्यान गरेर ग्रहणका दूषित विकिरणहरुबाट बच्न ऋषिहरुले सचेत गराउँदै आएका हुन्। चिकित्सकहरुले पनि ग्रहणको विकिरण रश्मिको प्रभाव आँखा र शरीरमा अन्य संवेदनशील अङ्गमा पर्‍यो भने रोग लाग्न सक्ने पुष्टि गरिसकेकाले हामी कसैले पनि सीधै ग्रहण हेर्नु हुँदैन।

ऋषिमुनि, साधुसन्त जस्ता हाम्रा पूर्वजहरुले सूर्य र चन्द्रमामा बेलाबखत लाग्ने कालो टाटो अर्थात् ग्रहणको मात्र चर्चा गरेनन्, हाम्रो मनभित्र गढेर रहेको भयानक कालो टाटो अर्थात् ग्रहणको बारेमा पनि चर्चा गरेका छन्, जसलाई युवा पिँढीले पनि बुझ्ने भाषामा ब्ल्याक होल भनौं। 

ध्यान साधनाका क्रममा मैले अनुभव गरेको ब्ल्याक होल भयङ्कर कहालीलाग्दो, गहिरो र जड जगत्‌मा प्रकाशित विषयवस्तुहरु हजारौं औंसीको रातझैं अँध्यारोमा परिणत भएर मसिनो कपालझैं ३–४ इन्च लामो शीरमा झिमिक–झिमिक बल्ने परमाणु तत्त्वहरु सल्बलाउँदै मन्द आवाजमा भयानक त्रासपूर्ण अवस्थाको साक्षात्कार गरेको थिएँ, जसको स्मरण चन्द्र ग्रहणको मध्यरात भइरहेको थियो। 

आज विज्ञानले जति पनि उपकरणहरु आविष्कार गरेको छ। ब्ल्याक होलभित्रका परमाणु तत्त्वबाट असङ्ख्य उपकरण निर्माण गरेको हो। यस्ता उपकरणहरु विज्ञानले यो जगत्‌बाहेक अन्य जगत्‌मा चलाउन सकेको छैन। यी स्वचालित उपकरणहरु मानिसले आफ्नो अधीनभित्र सीमित राखेका छन्। 

त्यसरी नै प्राकृतिक विषय वासनाहरु पनि मायाको अधीनमा रहेका छन्। विज्ञान र अध्यात्मले जड जगत् पनि चेतनामा परिणत हुन्छ भनेको बलियो आधार नै परमाणु तत्त्व हो। विज्ञानले यन्त्रको सहयोगले परमाणुको निरीक्षण र अन्वेषण गर्‍यो भने अध्यात्मले नाङ्गो आँखाले परमाणु तत्त्वको विशाल पुञ्ज नै ब्ल्याक होल हो भन्यो। मायारूपी प्राकृतिक साधन स्रोतबाट यस्ता परमाणु तत्त्व र ब्ल्याक होलको निर्माण हुन्छ भने मनुष्यको अस्तित्वभित्रबाट पनि परमाणु र ब्ल्याक होलको अवधारणा बन्छ। लाखौं प्राणीमध्ये मनुष्यमा मात्र यसको साक्षात्कार र निवारण गर्न सक्ने क्षमता हुन्छ। मनुष्यको खानपिन, कर्म र कर्मफलको आधारमा परमाणु निर्माण हुन्छ, जसलाई पाप र धर्म भनियो। प्राकृतिक साधन स्रोतबाट उपलब्ध उपभोग्य वस्तुहरु तामसी, राजसी र सात्विक त्रिगुणले युक्त छन्। यी उपभोग्य वस्तुहरु जथाभावी मनोमानी ढङ्गले उपयोग गरे शरीर र मनलाई चञ्चल बनाइदिन्छ। चञ्चल मनले बाध्य भएर कर्मलाई अविद्यातिर धकेलिदिन्छ। अविद्याले चित्तलाई विखण्डित गरी मनको कालकोठरीमा अन्ततः मनले नै बन्धक बनाइदिन्छ। अविद्याका कारण चित्तले कर्मको फल भोग्नुपर्छ। यहाँ कुनै पूर्वजन्मको कर्म, संस्कारको भोगाइ हैन, यही जन्मको अविद्याका कारणले भोग भोग्नुपर्दछ। रमाइलो पक्ष मनुष्यको कर्मअनुसार ८४ लाख योनिको भोग प्रकृतिले निर्धारण गरिदिएको हुन्छ। ८४ लाख योनिमा पाप कर्मको भोग सकेर मनुष्य योनिमा उसले जन्म लिएको हुन्छ। मनुष्य योनि प्राप्त गर्नु मायाबाट पुण्य प्राप्त गर्नु हो। प्राकृतिक साधनस्रोतबाट उपलब्ध उपभोग्य विषय वासनाहरु उपभोग गरेबापत अविद्या जन्मने हो। अविद्याको कर्मबाट परमाणु तत्त्व बन्ने हो, ती परमाणुको पुञ्ज ब्ल्याक होल हो। जीवित अवस्थामा प्राकृतिक साधनस्रोत जीवको चित्तले ग्रहण गरेको हुनाले मृत्यु भएपछि पनि चित्तबाट ती नहटेसम्म जीव ब्ल्याक होलमै रुमल्लिन्छ। कर्मको फल चित्तले भोगिरहनुपर्छ। चित्त मायाको अधीनमा आएपछि चित्त जीवको रुपमा मायाले प्राकृतिक योनिको कोखमा जन्म लिने हो।

यो पनि पढ्नुहोस

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

यसरी अनेकौं दुःख, कष्टसहित जीव जन्तु र प्राणीहरुको रूपमा जन्म हुन्छ। विज्ञानले स्वचालित उपकरणहरुलाई नियन्त्रणमा लिएझैं मायाले जीवलाई ८४ लाख योनिमा घुमाइरहन्छ। सबै कर्मका भोगहरु मायाभित्र भोगिसकेपछि मात्र मनुष्य योनिमा आउने शास्त्रहरुमा उल्लेख छ। 

यहाँ भौतिक ग्रहण र आत्मिक ग्रहणको प्रसङ्गलाई जोड्न खोजेको हुँ। भौतिक ग्रहण अर्थात् सूर्य र चन्द्रमामा लाग्ने कालो टाटोरुपी ब्ल्याक होलले भयानक हानिकारक विकिरणहरु प्रकाशका रुपमा फाल्दो रहेछ। हाम्रो मृत्युपछिको ब्ल्याक होल वा ८४ लाख योनि कति दुःख, कष्ट र भययुक्त छ भनी अनुमान पनि गर्न सकिँदैन। यसको निवारण र विकल्प नै ध्यान साधना हो। ध्यान साधनामा कठिन रुपले तप्दै इन्द्रियभन्दा पारि इन्द्रियातीत अवस्था, जहाँ आकाररहित निराकार ज्ञानगङ्गाको आकाश मार्गमा रमण गर्न सक्ने सामर्थ्य भए चित्त ब्ल्याक होलमा भड्किनु पर्दैन, न त ८४ लाख योनिको नै भोग भोग्नुपर्छ। साधक चित्त निर्मल भएर निर्वाण पथ चुम्न सफल हुनेछ, त्यसपछि न जन्म हुन्छ, न त मृत्यु नै। जीव अजर अमर भएर रहनेछ। 

त्यसैले मित्रहरु! गहिरो ध्यानका बेला ज–जसले मनमा डरलाग्दो त्रास र भीमकाय अँध्यारो अर्थात् ब्ल्याक होल देख्नुभएको छ। उहाँहरु साँच्चै नै भाग्यमानी साधक हुनुहुन्छ। त्यो ब्ल्याक होललाई नडराईकन अबोध बालकले झैं टुलुटुलु हेर्दै जानुहोस्– ‘एक दिन पक्कै पनि तपाईंहरुको चित्त पूर्णतः निर्मल हुनेछ।’

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा मगर
लेखकबाट थप
के हो वर्णाश्रम? के हो वर्णसङ्कर?
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बिहीबार, असार १९, २०८२
बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की बिहीबार, असार १९, २०८२
लिभरपुलमा फरवार्ड डियगो जोटाको कार दुर्घटनामा निधन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्