• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
टिकटक प्रतिबन्धले ल्याएको कोलाहलमा सोध्नुपर्ने प्रश्नहरू
सुमन बुढाथोकी मंगलबार, कात्तिक २८, २०८०  १३:४९
1140x725

खास सरकारी नियतलाई एक छिनलाई पन्छाएर टिकटकले सामाजिक व्यवहारमाथि पारेका विविध प्रभाव र असरहरूको अध्ययन भने सबैका लागि लाभकारी नै हुन्छ होला। यतातिर ध्यान दिने हो कि? विश्व व्यवस्थामा अमेरिकी क्याम्पको नजिक र चीनसँग टाढा रहेको जनाउन अथवा सस्तो लोकप्रियतावादी सरकारले गर्नैपर्ने महत्त्वपूर्ण कामहरू पन्छाउन, आफ्नो नालायकीपन छोप्न र विरोधी लहर मत्थर पार्न टिकटकमाथि प्रतिबन्ध गरेको हो भने पनि केही प्रश्नहरू चाहिँ छोइएकै छैनन्।

(स्पष्टीकरण: म यी प्रश्नको सूचित जवाफको दाबेदार भने होइन र यो लेखोट केवल जिज्ञासा हो। म टिकटक प्रयोगकर्ता पनि होइन।) 

टिकटकले कस्तो सामाजिक र राजनीतिक चेतना निर्माण गरिरहेको थियो त? लोकतन्त्रको मापन टिकटकलाई मात्रै लिएर हेर्दा नेपाली लोकतान्त्रिक अभ्यास कस्तो देखिन्छ त? टिकटकलाई आम नागरिकको सिर्जनात्मक विरोध प्रदर्शनको आधार मानेर हेर्दा त्यहाँ अधिकांश प्रयोगकर्ताले साँच्चै सिर्जनात्मक काम बढी गरे कि गरेनन्? टिकटकका विषयवस्तुमा मनोरञ्जन हाबी थियो कि सचेतना? टिकटकले समसामयिक समाजको कस्तो चित्र देखायो? टिकटकले तथ्यहरूको अभिलेख गर्‍यो कि भ्रम र झूटको बिस्तार? टिकटकले सामाजिक मनोवृत्तिलाई स्वस्थ बनाउन सहयोग गर्‍यो कि वैचारिक बिमारी बढायो? टिकटकले आम मानिसको चेतनालाई भ्रष्टिकरण गर्‍यो कि क्रमिक सुधार? सामाजिक भेदभाव, असहिष्णुता, हिंसा, यौनाचार, अपराध, ठगी, दुराचार, शरीर र सौन्दर्यको वस्तुकरण अनि त्यसको व्यापार जस्ता विसङ्गतिलाई टिकटकले घटायो कि झन् बढायो? टिकटकले नेपाली गीत–संगीत र सिनेमाको केकति लोकतान्त्रिककरण गर्‍यो? अनलाइन व्यापारिक गतिविधिमा कस्तो भूमिका निर्वाह गर्‍यो? अर्थतन्त्रमा यसको कस्तो विशेष प्रभाव रह्यो? अन्तर-व्यक्ति सम्बन्धमा यसले केकति सकारात्मक अथवा नकारात्मक असर गर्‍यो? नेपाली पत्रकारिताको गुणवृद्धि गर्‍यो कि ह्रास? आम मानिसलाई टिकटकले राजनीतिक सचेतना जगाउन केकस्ता भूमिका निर्वाह गर्‍यो त?

यी लगायतका यावत प्रश्नहरूको ठीकसँग, यथार्थपरक जाँच गरिएको छैन।  विद्वानहरूले यी विषयमा अध्ययन गर्नुपर्ने हो, तर खासै पढ्न पाइएको छैन। 

फेसबूकले सिर्जना गरेको ‘क्याकोफोनि र इकोच्याम्बर’ असर अनि निश्चित विचारमा थुनिएका मान्छेका सामूहिक भर्चुअल आदानप्रदानका राम्रा र नराम्रा पक्षहरूबारे नेपाली छापामा यदाकदा पढ्न पाइन्छ। तर टिकटकको बारेमा विशद लेखहरू आएका छैनन्। अब यो कोलाहलबाट गहकिला विचारहरु अवश्य निस्कन्छन् होला। 

यत्ति चाहिँ भन्न सकिएला, अलिकति आलोचनात्मक दृष्टिले केलाउँदा टिकटकले सबै सकारात्मक असर भने गरेन भन्ने नै देखिन्छ। नेदरल्यान्ड, अस्ट्रेलिया तथा अन्य विभिन्न देशमा बन्द भएको टिकटकले नेपालमा चाहिँ विशेष महत्वको भूमिका निर्वाह गर्न सक्ने सम्भावनाको पनि अध्ययन भएको छैन। यसले फेरि प्रविधि खराब कि प्रयोगकर्ता खराब भन्ने विषयमा छलफल माग्छ। नियमन प्रभावकारी हुँदा प्रविधिले मानिसको अहित गर्न सक्दैन भन्ने कुरा पनि मनासिवै देखिन्छ। सामाजिक सञ्जालमा सरकारले गर्ने संकूचन लोकतन्त्र र आमवृत्तको नै संकूचन गर्नु हो र यो फासिस्ट प्रवृत्ति हो भन्ने आम बुझाइ भने बलियो बनेको देखिन्छ। 

सन् २०१६ अघि टिकटक थिएन, २०२३ को नोभेम्बर १३ पछि पनि छैन- यो सात वर्षमा २ छाक खान गाह्रो नपर्ने नेपालीहरूको जीवनशैली, साँस्कृतिक र राजनीतिक चेतना र व्यवहार अनेक प्रकारका परिवर्तनबाट गुज्रियो। अहिले टिकटकलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको सम्वर्द्धन गर्ने साधनको रुपमा व्याख्या गर्नेहरु पनि छन् र जनसाधारणको बुद्धि नष्ट गरी उपभोक्तावादी दास मनोवृत्तिको विकराल स्थिति सिर्जना गर्ने वाहियात चीज मान्नेहरु पनि छन्। 

सदाचारको पल्लो छेउमा पुगेर टिकटकको अम्मली बनेका प्रयोगकर्ताले दाबी गरे - टिकटकले साधारण मानिसको प्रतिभा प्रबर्द्धन गर्‍यो, आर्थिक उपार्जनको सजिलो बाटो खुला गर्‍यो, विकृत राजनीतिले मानसिक रोगी बनाउन लागेको आम मानिसलाई मनोरञ्जन दिएर बँचायो, राजनीतिक विसङ्गति विरुद्ध गतिलो आमवृत्तको काम गर्‍यो आदि। यसको विपक्षमा पनि मननीय तर्क छन् - टिकटकले सामाजिक सदाचार ध्वस्त बनाइरहेको छ र मान्छेका सम्बन्धहरूमा घातक प्रदूषण घोलिरहेको छ, मान्छेलाई सस्तो र मूखयतः यौनजन्य उपयोगितावादी मनोरञ्जनको पिँजडामा जकडेर कुँजो बनाइरहेको छ, स्कूले बालबालिकालाई पठनबाट अनावश्यक रुपमा विचलित गराएको छ, यसले राजनीतिक रुपमा आम मान्छेमा झन् बढी बेवास्ताभाव हुर्काएको छ, आम मानिसको वास्तविक विरोधी भावना र विवेकलाई निस्तेज तुल्याउन यो सफल भइरहेको छ, आदि इत्यादि। 

त्यसैले टिकटक प्रतिबन्धले सिर्जना भएको विचारको यो कोलाहलमा सरकारको नियत केलाउनु आफ्नो ठाउँमा जायज होला, तर टिकटकसँगै जोडिएका तमाम सामाजिक जीवनका प्रश्नहरूको जाँच भने अत्यन्त महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा ध्यान दिनुपर्ने होइन र?

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु
राप्रपा बैठक : यस्तो छ निर्णय
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश बिहीबार, असार १९, २०८२
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बिहीबार, असार १९, २०८२
बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्