• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल
64x64
पुष्पा केसी शुक्रबार, मंसिर १५, २०८०  १९:५३
1140x725

नेपाली राजनीतिमा प्रदीप पौडेलका विचार संसद्‌ बाहिर हुँदा पनि अभिव्यक्त भइरहेकै हुन्थ्ये। विचारहरु राखिरहँदा उनलाई लाग्थ्यो- संसद्‌ छिर्न पाए त बाहिर उठाइने विषय कार्यान्वयन गराउन सकिन्थ्यो। पौडेल संसद्‌ प्रवेश गरेको एक वर्ष पुगिसकेको छ। तर संसद्‌मा आफूले निर्वाह गरिरहेको भूमिकाप्रति भने आफैं सन्तुष्ट छैनन्।  

उनी सुनाउँछन्, ‘पहिला पनि बाहिर बसेर संसद्‌लाई हेरिरहेका थियौं र संसद्‌सँग सन्तुष्ट थिएनौं। अहिले आफैं उपस्थित हुँदा पनि सन्तुष्ट हुने अवस्था छैन। एक त आफ्नै भूमिकाका बारेमा पनि म सन्तुष्ट छैन। धेरै जानकार र अनुभव भएका कारणले पनि कानुनी र संसदीय व्यवस्थाका आयामहरुका पक्षमा जति काम गर्नुपर्ने थियो त्यति भएको छैन।’ 

संसदीय भूमिकाप्रति सन्तुष्ट नहुनुको अर्को कारण पनि छ पौडेलसँग। त्‍यो के भने, संसद्‌बाट संसद्‌ कसरी चल्ने भन्नेबारेको नियमावली र मिटरब्याज सम्बन्धी कानुन पास गर्नु बाहेक अर्को कुनै विषय पास भएको छैन। 

संसद्‌ले करिब १५० कानुनमध्ये ४९ कानुन त तत्काल बनाउनुपर्नेछ। सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय धेरै पहिले आएको भए पनि त्यो संसदीय समितिमा पुगेको छ, टुंगोमा पुगेको छैन। बल्लतल्ल शिक्षा विधेयक प्रस्ताव भएको छ। निजामति र प्रहरी विधेयक प्रस्ताव भएको छैन। कानुन बनाउने थलोमा पुगेपछि त्यही काम गर्न नपाउँदा पौडेल खिन्न सुनिए। 

संघीयता प्रभावकारी बनाउन सरकार चुक्यो 
संघीयता प्रभावकारी भएन भनेर बाहिर ब्यापक आलोचना भइरहेको छ। त्यसमा सरकार र संसद्‌को पनि कमजोरी देख्छन् सांसद पौडेल। ‘हामीले नै संघीयता सम्बन्धी कतिपय प्रभावकारी कानुन बनाउन नसकेका कारण प्रभावकारी ढङ्गले संघीयता अगाडि बढ्न नसकेको हो,’ उनले भने। 

संघीयता प्रभावकारी बनाउने गरी सरकार पनि नआएको र संसद्‌मा पनि सत्तापक्ष र प्रतिपक्ष कसैले सशक्त हस्तक्षेप गर्न नसकेको उनको निष्कर्ष छ। एउटा सांसदका रुपमा आफैंले पनि जति गर्न सक्नुपर्ने थियो त्यति गर्न नसकेको पौडेल स्वीकार गर्छन्। 

चाहँदा-चाहँदै काम गर्न सकिएन 
चाहँदा-चाहँदै काम गर्न नसक्नुमा एउटा त अनुभवको कमी भएको पौडेलको अनुभव छ। अर्को, नेपालको अभ्यास सत्तारुढ पार्टीको सांसदले विवेक प्रयोग गर्न हुँदैन भन्ने रहेको उनको बुझाइ छ। 

‘कुनै मन्त्री आएर विधेयक प्रस्ताव गर्‍यो भने सांसदले तल बसेर ताली बजाउनु पर्छ। ह्विप लाग्छ। त्यसैले विषयमा बहस गर्नका लागि खुला नबनाई साघुँरो बनाइएको रहेछ,’ उनले सुनाए। 

Ncell 2
Ncell 2

एउटै व्यक्ति सबै विषयको विज्ञ हुन नसक्ने भएपछि अरुबाट सुझाव दिनुपर्ने र त्यसबाट सिक्नुपर्ने कतिपय विषय हुन्छन्। कुनै विषयमा ७२ घण्टा भित्र संशोधन पेस गर्नुपर्ने व्यवस्था भएकाले त्यसका लागि स्रोत र समयको पनि अभाव रहेको पौडेलले बताए। 

सबैभन्दा ठूलो कमजोरी सरकारमै देखिएको उनको ठम्याइ छ। सरकारले सांसदलाई फुर्सद नै नहुने गरी विधेयक दर्ता गर्नुपर्ने हो। सरकारले के गर्न खोजेको छ र आफूले गर्न खोजेको कामका लागि कस्तो कानुनी व्यवस्था खोजेको हो, त्यस्ता विधेयक संसद्‌मा निरन्तर लैजानुपर्नेमा जोड दिँदै पौडेल भन्छन्, ‘संसद्‌मा त्यस्ता विधेयक जान सकेनन् भने कार्यकारी सरकारले पनि काम गर्न सक्दैन।’ 

सरकारले दर्ता गराएका विधेयकमाथि नै विवाद 
शिक्षा विधेयक सुरुमा मन्त्रिपरिषद्‌बाट पास भयो। तर संसद्‌मा दर्ता नहुँदै निजी विद्यालय सञ्चालकले विरोध गरे। आन्दोलनको दबाबले जे व्यवस्था गरिएको थियो त्यो फिर्ता भयो। त्यसपछि फेरि मन्त्रिपरिषद्ले पास गरेर शिक्षा विधेयक संसद्‌मा दर्ता गर्‍यो। सबै शिक्षक सडकमा आए। त्यसमा पनि सरकार सम्झौता गर्न बाध्य भयो। 

कुनै पनि विधेयक ल्याउनुअघि सरकारले पहिला सरोकारवाला पक्षसँग छलफल गर्न पौडेल सुझाव दिन्छन्। नेपालमा पाँच हजार मानिस सडकमा गइसकेपछि उनीहरुले जे पनि गर्न सक्छन्, आफूले चाहेको कुरा गराउन सकिन्छ भन्ने भाष्य स्थापित भइरहेको सन्दर्भमा राहत, अस्थायी, स्थायी गरी करिब २ लाख शिक्षक असन्तुष्ट हुने गरी विधेयक ल्याइएको भन्दै उनले आपत्ति जनाए। 

सरकारले सम्बन्धित पक्षसँग सोध्दै नसोधी विधेयक ल्याउने गरेको पौडेलको दाबी छ। हरेक विधेयक ल्याउँदा सम्बन्धित क्षेत्रका सरोकारवाला र विज्ञसँगको परामर्श र छलफलबाट ल्याउँदा छिटो पारित हुने र कम विवादास्पद हुने उनी बताउँछन्।

संसद् भित्र ह्विपको असर 
संसदीय व्यवस्थामा ह्विप नमान्ने बढी अभ्यास अमेरिकामा छ। बहुमतका आधारमा पास भएका कतिपय विषयमा पौडेलको असन्तुष्टि छ। कांग्रेसको संसदीय दलले निर्णय गर्ने कतिपय विषयमा व्यक्तिगत रुपमा असहमत भए पनि सरकारका कतिपय विषयमा ह्विप लाग्नु सामान्य हो। तर विवेक प्रयोग गर्ने सन्दर्भमा ह्विप लाग्ने विषय राम्रो नभएको पौडेलको तर्क छ। 

‘शिक्षा विधेयककै उदाहरण लिँदा शिक्षा विधेयकलाई कांग्रेसको संसदीय दलले पास गरेर ल्याएको सन्दर्भमा मेरो असन्तुष्टि भयो भने मैले त्यसलाई प्रस्तुत गर्न पाउनु पर्छ,’ पौडेलले भने। यो सैद्धान्तिक छलफलको विषय भएकाले सरकार टिक्ने र गिर्ने विषयमा प्रभाव नपार्ने उनको तर्क छ।  

सांसदले उठाउने विषयको कार्यान्वयन
सांसदले विषेश, शून्य र आकस्मिक समयमा उठाएका जति पनि विषय छन् ती विषयप्रति छिटो रेस्पोन्स भएको पाइँदैन। रेस्पोन्स हुँदा पनि सतही रुपमा मात्रै भएको छ। कतिपय सन्दर्भमा नेपालको स्रोत-साधन, संरचनागत कमजोरीका कारण पनि सरकारले चाहेर कतिपय कुरा हुँदैनन् होला। तर कतिपय कुरा सरकारले चाहेको जस्तो पनि देखिएको छैन। सांसदले संसद्‌मा कुनै विषय उठाउने बित्तिकै के भएको हो भनेर खोजीनीति हुनुपर्ने हो। त्रुटि भएको रहेछ भने सच्चिनुपर्ने हो। कतिपय मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ नै दिएका छैनन्। 

पौडेलको गुनासो छ, ‘सरकारको मजबुरी स्रोत-साधनको अभाव, संरचनागत त्रुटि, काम गर्नुपर्ने धेरै सूची पनि होला तर सांसदको तर्फबाट संसद्‌मा गएर कुनै विषय उठाइसकेपछि तत्काल रेसपोन्स त हुनुपर्‍यो नि।’ 

संसद्‌ भित्र पुगेपछिको फरकपना 
पौडेललाई बाहिर हुँदा आफूले उठाउन खोजेको विषय उठाउन पाइएन भन्ने लाग्थ्यो। भित्र गएपछि ती विषय आफूले उठाउनसम्म त पाइयो भन्ने लाग्यो। तर बाहिर हुँदा उठेका तर सम्बोधन नभएका जति पनि विषय थिए, भित्र हुँदा उठाएका विषय पनि सम्बोधन नभएको पौडेलको अनुभव छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्