• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
आलु नबिकेर चिन्तित किसानको याचना- काठमाडौं महानगरले ठाउँ दिए आफैं ल्याएर बेच्थ्यौं
64x64
कल्पना घिमिरे सोमबार, मंसिर २५, २०८०  ११:३९
1140x725

काठमाडौं- काभ्रे पनौतीका किसान देवकृष्ण मानन्धरले साउनमा १३ रोपनी जमिनमा आलु रोपेका थिए। अहिले आलु खन्ने सिजन भएको छ। ७ रोपनीको आलु खनेर बिक्री गरिसके। उनको जमिनमा प्रति रोपनी १३ बोराका दरले आलु उत्पादन भएको थियो।

‘७ रोपनी जमिनमा करिब ११३ बोरा आलु फलेको थियो। त्यो आलु प्रति धार्नी ७० रुपैयाँका दरले बिक्री गरेँ। अब ६ रोपनी खन्न बाँकी छ। त्यो आलु नबिक्ने चिन्ताले खनेको छैन,’ देवकृष्णले भने।

एक बोरामा ६० देखि ६५ किलोसम्म हुने उनी सुनाउँछन्। जसअनुसार ६ हजार ७८० किलोको हाराहारीमा आलु बिक्री गरिसकेका छन्।

अब ६ रोपनीमा आलु खन्न बाँकी छ। जसमा करिब ६० देखि ८० बोराको हाराहारीमा आलु उत्पादन हुने उनको अनुमान छ। तर सो आलु किन्न व्यापारीहरु नआउँदा कसरी बिक्री गर्ने भन्ने चिन्ता परेको उनी सुनाउँछन्।

‘आलु खन्ने बेला घर्किसकेको छ। वर्षे आलु खनिसकेपछि घरमा स्टोर गरेर राख्दैनौँ। खन्दाखन्दै बिक्री गर्ने हो। अनुमानित ६० देखि ८० बोरा आलु खन्न बाँकी छ। अहिलेको आलु खनेर अर्को सिजनको रोप्ने बेला हुन लागिसकेको छ,’ उनले भने।

देवकृष्ण आफू मात्र होइन, टोलमा अन्य थुप्रै किसान आलु बिक्री नभएर निराश हुनु परेको सुनाउँछन्।

‘म मात्रै होइन, मजस्ता किसान यहाँ थुप्रै छन्। कसैको १० रोपनी, कसैको १५ रोपनी आलु खन्न बाँकी छ। आलु किनिदिने मान्छे कोही छैन। पहिलाका व्यापारीहरु भ्याट बिल काटेर दिए किन्छौँ भनेर बसेका छन्। हामी किसानले कहाँबाट भ्याट बिल काट्ने? तरकारी फलाएर बिक्री गर्दा हाम्रो लागत उठ्दैन। अब किसानले तरकारी फलाउँदा पनि सरकारलाई भ्याट तिर्नु पर्ने हो र,’ उनले भने।

केही दिनअघि सरकारले आलुमा १३ प्रतिशत भ्याट लगाएको भन्दै व्यापारीहरुले किसानसँग भ्याट बिल मागेको र अहिले भ्याट छुट गरे पनि आलु बिक्री नभएको उनी सुनाउँछन्। बजार व्यवस्थापनको लागि समन्वय गरिदिन भन्दा स्थानीय तहले आफूहरुलाई सहयोग गर्न नखोजेको देवकृष्ण सुनाउँछन्। ‘काठमाडौंमा स्थान पाए आफैं ल्याएर बिक्री गर्न सक्ने थियौं,’ उनी भन्छन्।

नेपालको उत्पादनभन्दा भारतीय आलु सस्तो हुने भएकाले फाइदा हेरेर व्यापारीले भारतीय आलु बेच्ने गरेको उनको भनाइ छ। ‘अहिले काठमाडौंका बजारमा आलु अभाव भएको मैले सुनेको थिएँ। काठमाडौं महानगरले फूल व्यापारीलाई व्यापार गर्ने स्थान तोकिदिए जसरी हामीलाई आलु बिक्री गर्न स्थान तोकिदिए हामी आफैं काठमाडौंसम्म ल्याएर बिक्री गर्ने थियौं,’ देवकृष्णले भने।

आलुको पैसा भुक्तानी नगर्दा किसान मारमा
देवकृष्ण मानन्धर आलु मात्रै होइन, काउली, गोलभेंडा, प्याज जस्ता अन्य थुप्रै तरकारी खेती गर्दै आएका छन्। तर बेलाबेलामा तरकारी बिक्री नहुँदा खेर फाल्नु परेको अनुभव उनी सुनाउँछन्। यस्तै किसानका उत्पादन व्यापारीले उधारोमा खरिद गर्ने र भुक्तानी नगरी फरार रहने गर्नाले वर्षेनी ठूलो घाटा ब्यहोर्नु परेको उनी सुनाउँछन्।

किसानले मल र बिउमा ठूलो रकम खर्चिएर उत्पादन गर्ने तर उत्पादन गरेका कृषि उपजहरु घाटा खाएर बिक्री गरिरहनु परेको बेला उल्टै खरिदकर्ताले नै उधारोमा लिएर रकम भुक्तानी नगर्दा किसान सधैं मारमा परिरहेको उनको गुनासो छ। 

सरकारले किसानका उत्पादनलाई बेवास्ता गरेर विदेशबाट आयातित कृषि उपजलाई प्राथमिकता दिएको उनको गुनासो छ। जसले गर्दा किसानले आफ्नो उत्पादन बजार नपाएर फाल्नु परेको अवस्था रहेको उनी सुनाउँछन्।

व्यापारीहरुले सरकारले आलु बिक्रेताले आफ्नो फर्म दर्ता आन्तरिक राजस्व कार्यलयमा गराउनु भनेको किसानको आलु बिक्री गर्न भ्याट लगाउने भनेको भन्दै आलु खरिद–बिक्री बन्द गरेका थिए। गत सोमबारदेखि कालीमाटी तरकारी बजारका व्यापारीले आलु कारोबार ठप्प पारेका थिए। तर सरकारले शुक्रबार स्थानीय उत्पादन आलु, प्याज र स्याउमा भ्याट नलगाउने निर्णय गरेपछि बजारमा आलुको कारोबार हुन थालेको कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

‘वार्षिक ५० लाखभन्दा बढीको कारोबार गर्ने व्यापारीलाई राजस्व कार्यालयमा दर्ता हुन निर्देशन गरेपछि व्यापारीले आलुको कारोबार बन्द गरेका हुन्,’ श्रेष्ठले भने।

सरकार मातहतको आन्तरिक राजस्व विभागले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा उत्पादन हुने आलु, प्याज, स्याउ लगायत अन्य कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर नलाग्ने जानकारी दिइसकेको छ। तर अझै पनि स्थानीय उत्पादन नबिकेको किसानको गुनासो छ। 

आलु बिक्री गर्ने स्थान दिन सकारात्मक महानगर
किसानले आलु बिक्री गर्न ठाउँ मागे दिन सकारात्मक रहेको काठमाडौं महानगर कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झा बताउँछन्। 

‘किसानको समस्यालाई हल गर्ने कामलाई निरन्तर प्राथमिकतामा राख्छौँ। किसानको उत्पादन बिक्री गर्न समस्या भएमा समाधान गरिदिने हाम्रो कर्तव्य हो। किसानहरुले हामीलाई प्रस्ताव राखे निश्चित अवधि, स्थान तोकेर बजारको व्यवस्थापन गरिदिन्छौँ,’ झाले भने।

देशैभरका किसानका बजारको समस्या भएको र ती समस्या समाधान गर्न महानगर तत्पर रहेको उनको भनाइ छ। किसानको हितमा हुने काम गर्न महानगर तयार रहेको झा बताउँछन्।

किसानलाई कुन स्थान चाहिने, कति अवधिको लागि चाहिने? भन्नेबारे महानगरसँग समन्वय गरे महानगरले आलु बिक्री गर्ने स्थान तोकिदिन तयार भएको झा बताउँछन्।

तत्काल किसानको समस्या समाधान गर्न सकिँदैन– मन्त्रालय
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहराले भने किसानका उत्पादन बिक्री नहुने समस्या तत्काल समाधान गर्न नसकिने बताएका छन्।

‘हामी किसानको उत्पादन सहजै बिक्री गर्ने वातावरण बनाउन खोजिरहेका छौं। किसानका उत्पादन बजारीकरण गर्न ठाउँठाउँमा बजारको व्यवस्थापन गरेका छौँ। बजार व्यवस्थापनको लागि पूर्वाधारको निर्माण गरिदिएका छौँ। साथै विभिन्न अनुदान पनि दिँदै आएका छौँ। तर बजारमा बिक्री भएन भने मन्त्रालय अन्तर्गतको बजार कालिमाटी छ,’ उनले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ भने समितिको काम व्यापारीलाई व्यवस्थित तरिकाले बिक्री वितरण गर्न व्यवस्था मिलाउनु भएको बताउँछन्।

‘किसानलाई बिक्री गर्न दिने नदिने हाम्रो काम होइन। काठमाडौंमा कालिमाटी तरकारी बजार मात्रै छैन। यहाँ खुला बजारमा ल्याएर किसानले बिक्री गर्छन् भने हामीले रोक्दैनौँ,’ श्रेष्ठले भने।

यस्तै बजारमा व्यापारीले भारतीय आलु ल्याएर स्थानीय आलु भनी बिक्री गर्ने प्रवृत्ति बढ्न सक्ने श्रेष्ठ बताउँछन्। तर बजारमा स्थानीय आलु आएको हो कि भारतीय हो भन्ने छुट्याउनु आफूहरुको काम नभएको र सो बारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

४ महिनामा आयो ३ अर्ब ३५ करोड आलु 
चालु आर्थिक वर्षको ४ महिनामा ३ अर्ब ३५ करोड २८ लाख ७० हजार रुपैयाँको ३ लाख ९१ हजार १९५ किलो आलु आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

जसमध्ये १ हजार रुपैयाँको ५० किलो आलुको बिउ आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। ८२ करोड ४१ लाख ९ हजार रुपैयाँको १३ करोड १७ लाख ५२ हजार ७१३ किलो आलु आयात भएको छ।
फ्रो गरिएको आलु १ लाख ५३ हजार रुपैयाँको ४ हजार ३७५ किलो आयात भएको छ। १२ लाख २ हजार रुपैयाँको ५९ हजार ४४० आलुको पिठो आयात भएको छ। ७ करोड २९ लाख ३९ हजार रुपैयाँको ४ लाख ५८ हजार ७१९ किलो फ्रेन्च पोट्याटो आयात भएको छ।

वर्षेनी ८ अर्बको आलु आयात
केन्द्रीय भन्सार कार्यालयको तथ्यांकले वार्षिक रुपमा करिब ८ अर्ब रुपैयाँको आलु आयात भएको देखाउँछ। जसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो। जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैयाँको आलु आयात भएको थियो।  

आर्थिक वर्ष २०७/०७८ मा ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैयाँको आलु आयात भएको थियो। त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो। आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ९४ करोड ९३ लाख ५९ हजार रुपैयाँको आलु आयात भएको छ। आर्थिक वर्ष २०७९/०८० मा ८ अर्ब २० करोड ८० लाख २० हजार रुपैयाँको आलु आयात भएको छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्