• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो
64x64
कल्पना घिमिरे बिहीबार, पुस १२, २०८०  ११:५८
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/८१)को ५ महिनामा अलैँची, अदुवा र चिया निर्यात हुँदा झण्डै ६ अर्ब रुपैयाँ भित्रिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तासम्ममा ५ अर्ब ७७ करोड ५५ लाख ६९ हजार रुपैयाँ भित्रिएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको अलैँची १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको चिया र ८० करोड ५१ लाख ८२ हजार रुपैयाँको अदुवा निर्यात भएको छ। गत वर्षको तुलनामा यसवर्ष अलैँची र अदुवाको निर्यात बढेको छ भने चिया निर्यातमा कमी आएको पाइएको छ। गतवर्षको तुलनामा अलैँची र अदुवाको निर्यात परिमाण घटे पनि मूल्य बढेको विभागले जनाएको छ। तर चियाको सन्दर्भमा गत वर्षकोभन्दा यसवर्ष निर्यात परिमाणमै कमी आएको छ।

३ अर्बको अलैँची, ८० करोडको अदुवा निर्यात 
चालु आर्थिक वर्षको ५ महिनामा ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपैयाँको ३४ लाख २ हजार ३८२ किलो अलैँची निर्यात भएको थियो।

जसअनुसार गत वर्षभन्दा यसवर्ष ३७ करोड ३ लाख ५० हजार रुपैयाँ बढीको अलैँची निर्यात भएको छ। जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १४ हजार रुपैयाँको २३ लाख १४ हजार ११० किलो अलैँची भारतमा निर्यात भएको छ भने बाँकी १ हजार रुपैयाँको अलैँची यूएईमा निर्यात भएको छ।

यस्तै चालु आर्थिक वर्षको ५ महिनामा ८० करोड ५१ लाख ८२ हजार रुपैयाँको ७२ लाख ९७ हजार ८७ किलो अदुवा निर्यात भएको छ। गतवर्षको सोही अवधिमा ४३ करोड ४९ लाख ३० हजार रुपैयाँको ११७ लाख १६ हजार २४६ किलो अदुवा निर्यात भएको थियो।

जसअनुसार गतवर्षको परिमाणमा अदुवा निर्यात कम भए पनि मूल्यका हिसाबमा झण्डै दोब्बर बढेको विभागले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष ३७ करोड २ लाख ५२ हजार रुपैयाँ बढीले निर्यात भएको छ।

किन घट्यो चिया निर्यात?
चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ करोड २१ लाख ५२ हजार रुपैयाँको १ करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो।

जसअनुसार गत वर्षको भन्दा यस वर्ष ३६ करोड ३ लाख ८० हजार रुपैयाँ चिया निर्यातमा कमी आएको छ। साधारण चिया गत वर्षकै तुलनामा निर्यात भइरहेको र स्पेशल किसिमको चियामा किसानले लागतअनुसार मूल्य नपाउँदा चिया निर्यातमा कमी आएको चिया कफी विकास बोर्डका प्रवक्ता डा दिपक खनाल बताउँछन्।

‘ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेशल चियामा पर्दछन्। यी चियाको मूल्य अरु साधारण चियाको भन्दा बढी हुन्छ। यी चियाको लागतअनुसार मूल्य नपाएको भन्दै उत्पादक तथा प्रशोधकबाट गुनासो आएको छ। मूल्य नपाएपछि किसानले बिक्री नगरेकाले अहिले चिया निर्यात घटेको हुनसक्छ,’ खनालले भने।

यस्तै भारतले विगतदेखि चिया आयातमा कडाइ गरेका कारण चिया निर्यातमा कमी आएको उनले बताए। ‘भारतको दार्जिलिङ धेरै पुरानो चिया बगान हो। त्यहाँको चिया गुणस्तरीय छैन। तर भारतले नेपालको चिया गुणस्तरहीन छ भनेर विश्वभर अफहवा फैलाउँछ। अनि नेपाली चिया सस्तोमा किनेर दार्जिलिङको चिया भनेर बिक्री गर्दै आएको छ,’ उनले भने।

सस्तोमा खरीद गरेर ७ गुणा महँगोमा बिक्री गर्छ भारत
अहिले भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र आफू विश्व बजारमा ७ गुणा बढी मूल्यमा बिक्री गरिरहेको प्रवक्ता खनाल बताउँछन्। खनालका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपैयाँमा खरिद गर्ने गरेको छ। विश्व बजारमा भने भारतले ३ हजार ७०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ। 

यस्तै सरकारले चीनतर्फ निर्यात गर्न तयारी गरिरहेको बताए। सरकारले चिया निर्यात गर्न सम्झौता गरेर निर्यात गर्न नमिल्ने भएकाले चिया उत्पादक तथा प्रशोधकले चाइनाको भन्सारमा आफ्नो सूची दर्ता गराउनुपर्ने सिस्टम भएकाले चिनतर्फ चिया निर्यात गर्न नसकेको बताउँछन्।

‘ठूला चिया उत्पादकले यसमा खासै चासो देखाउँदैनन्। उनीहरुले भारत बाहेकका अन्य मूलुकमा आफैं सप्लाई गर्छन्। जुन साना उत्पादककर्ता छन्, उनीहरुले ठूलो रकम तिरेर सूची दर्ता गराउन सक्दैनन्। त्यसकारण सरकार आफैंले चीनको भन्सारमा चिया उत्पादक कर्ताको सूची दर्ता गराउन पहल गर्नुपर्ने देखिन्छ,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्