• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
भारतमा २० रुपैयाँ प्रतिकिलो पर्ने प्याज नेपालमा किन १२० रुपैयाँ?
64x64
कल्पना घिमिरे सोमबार, पुस १६, २०८०  २०:४०
1140x725

काठमाडौं– दुई साताअघि होलसेलमै प्रतिकिलो १५० रुपैयाँ पुगेको भारतीय प्याज पछिल्लो समयमा मूल्य घटेर प्रतिकिलो अधिकतम ८५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

पुस १६ गते कालीमाटी बजारमा भारतीय प्याजको न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँदेखि अधिकतम ८५ रहेको छ। यस्तै चाइनिज प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ रहेको छ।

दुई साताअघि खुद्रा बजारमा प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री भएको प्याजको मूल्य अहिले घट्न थालेको छ। अहिले खुद्रा बजारमा भारतीय प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको पाइएको छ।

भारतले निर्यातमा बन्देज लगाएपछि व्यवसायीले चीनबाट आयात सुरु गरेका छन्। खुला सीमाका कारण केहीले भारतबाटै अवैध रूपमा प्याज भित्र्याएका कारण पनि प्याज सस्तो भएको व्यवसायीहरु बताउँछन्।

अहिले भारतीय बजारमा प्याज प्रतिकिलो २० देखि २२ रुपैयाँसम्ममा पाइन्छ। सोही प्याज नेपाल ल्याउँदा प्रतिकिलो होलसेल ८५ रुपैयाँदेखि खुद्रा १२० रुपैयाँसम्म मूल्य रहेको छ। भारतमा सस्तो भए पनि नेपालमा निर्यात प्रतिबन्ध गरिएकाले फरक बाटो हुँदै आयात गर्दा लागत बढ्नेहुँदा प्याज भारतको तुलनामा महँगो भएको आलुप्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन्।

चीनबाट प्याज भित्रिएर मूल्य घटेको होइन
चीनबाट प्याज भित्रिएर मूल्य घटेको नभएर भारतबाट ठूलो परिमाणमा प्याज भित्रिएकाले मूल्य घट्न थालेको कालीमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ बताउँछन्।

‘प्याज ९९ प्रतिशत आयात हुने गर्दछ। आयातमा अवरोध हुँदा बजार भाउ बढ्ने हो। पछिल्लो समय आपूर्ति सहज हुँदै गएको छ। बजारमा प्याज आएको छ। भारतले निर्यातमा रोक लगाए पनि व्यापारीको सम्पर्कबाट आयात भइरहेको छ। भारतीय बजारमा प्याज खपत कम भएकाले कारण प्रतिबन्धित भए पनि व्यापारीको सम्पर्कबाट आयात भइरहेको छ,’ उनले भने।

चीनबाट आयात भएको प्याज साइज, स्वाद र रङको हिसाबले माग कम रहेकाले आयातको हिस्सा पनि न्यून रहेको श्रेष्ठको भनाइ छ। ‘चाइनिज प्याजमा पानीको मात्रा बढी हुन्छ। स्वाद पनि फरक किसिमको पाइन्छ। नेपाली भान्सामा भारतीय प्याज रोजाइमा पर्छ। त्यसैले चाइनिज प्याजको माग  कम छ। आयातको हिस्सा पनि सानो परिमाण मात्रै हो,’ उनले भने।

पुस १ गतेदेखि १६ गते बिहानसम्म कालीमाटी तरकारी बजारमा करिब ६४० टन प्याज भित्रिएको र त्यसमध्ये २५ टन चीनबाट भित्रिएको श्रेष्ठको भनाइ छ। ‘कालीमाटी बजारमो करिब ५ प्रतिशत चिनियाँ प्याज भित्रिएको छ। देशैभर कति आयो भन्ने तथ्यांक हामीसँग छैन। र भारतबाट पनि सहजै आइरहेको छ। भारतीय बजारमै अहिले प्याजको मूल्य घटेको र नेपालमा प्याजको खपत कम हुने पौष महिना लागेका कारण अझै मूल्य घट्ने सम्भावना पनि छ,’ उनले भने।

नेपाली प्याज कञ्चनपुरदेखि झापासम्मका तराईका जिल्लामा वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छ। तर स्वदेशी उत्पादनले स्वदेशी माग तीन महिना पनि धान्न नसक्दा आयातमै निर्भर हुनुपर्ने अवस्था रहेको श्रेष्ठ बताउँछन्।

मूल्य अभिवृद्धि कर लगाएपछि बढेको थियो मूल्य 
सरकारले बजेटमार्फत् मूल्य अभिवृद्धि कर (१३ प्रतिशत भ्याट) लगाएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै आइरहेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आयातित आलु र प्यााजमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरिएको थियो। जसअनुसार स्वदेशमै उत्पादित आलु र प्याजमा पनि भ्याट लाग्ने भएको भन्दै गत मंसिर १९ देखि केही दिन प्याजको कारोबार बन्द गरी बिरोधमा उत्रिए।

त्यही मौका पारेर भारतले मंसिर २२ गतेदेखि लागू हुने गरी प्याज निर्यातमा बन्देज लगाइदियो। पछिल्लो समय भारतको महाराष्ट्र, राजस्थानलगायत क्षेत्रमा प्याजको उत्पादन घटेको र आन्तरिक बजारमा प्याजको मूल्य बढेको भन्दै निर्यात प्रतिबन्ध गरेको थियो। निर्यात प्रतिबन्ध गरेको मौका छोपेर यता व्यापारीले पुरानो स्टक प्याजको मूल्य होलसेलमै प्रतिकिलो १५० रुपैयाँसम्म पुर्‍याए। खुद्रा बजारमा बजारमा भने प्रतिकिलो २ सयसम्म पुग्यो।
 
भारतीय प्याजको मूल्य आकाशिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट प्याज ल्याउन व्यवसायीसँग छलफल गरेको थियो। गत पुस ७ देखि चीनबाट पनि आयात भएको तथ्यांकमा उल्लेख छ। सोही दिन चीनबाट ल्याएको प्याजको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकिएको थियो भने भारतीय प्याजको मूल्य पनि घटेर ११० रुपैयाँ तोकिएको थियो।

त्यसयता भारतबाट सहजै आयात भएको र चीनबाट पनि प्याज आयात भइरहेको तथा खपत कम भएका कारण प्याजको मूल्य घटेको आलुप्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन्। यस्तै दुई साताअघि भारतमा प्याजको मूल्य बढेको र अहिले प्याज सस्तो भएका कारण नेपालमा मूल्य घटेको उनको भनाइ छ।

‘अहिले ५० देखि एक सय टनसम्म प्याज भित्रिएको छ। भारतले निर्यात बन्देज गरे पनि खुला सीमा भएका कारण सहजै रुपमा प्याज आयात भइरहेको देखिन्छ। एक सातामा चीनबाट १ सय टनभन्दा बढी आयात भएको छ। चीनबाट पनि आउन थालेपछि र अहिले प्याज खपत कम हुने सिजन भएकाले बजारमा प्याजको माग घट्न थालेसँगै मूल्य घटेको हो,’ गजुरेलले भने।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्