• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
भैंसीको मासु चीनतर्फ निर्यातका लागि पूर्वतयारी हुँदै, कहिलेदेखि हुन्छ निर्यात?
64x64
कल्पना घिमिरे सोमबार, माघ १५, २०८०  १६:१३
1140x725

काठमाडौं– चार महिनाअघि नेपालबाट चीनतर्फ भैंसीको मासु निर्यात गर्न नेपाल र चीनबीच सहमति भएको थियो। गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला भैंसीको मासु चीनतर्फ निर्यात गर्न दुई देशबीच सहमति भएको थियो। 

चीनले नेपालबाट स्वास्थ्यवर्द्धक भैंसी तथा राँगाको मासु आयात गर्ने उद्देश्यले सहमति गरेको र निर्यातका लागि सरकारले पूर्वतयारी थालेको कृषि तथा पशुपक्षी मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटीले बताइन्।

नेपालबाट भैंसी तथा राँगाको मासु आयात गर्न चीन सकारात्मक देखिएसँगै स्थानीय तह, निजी क्षेत्रसँग पूर्वतयारी गर्न समन्वय गरिरहेको उनको भनाइ छ। दुई साताअघि चीनले रिस्क एसिस्टमेन्ट प्रश्नावली पठाएको र मन्त्रालयले उक्त प्रश्नवलीको जवाफसमेत पठाइसकेको सिवाकोटीले जानकारी दिइन्।

‘चीन सरकारले रिस्क एसिस्टमेन्ट भनेर निकै लामो प्रश्नावली पठाएको थियो। प्रश्न कति थियो भनेर थाहा भएन तर स्वस्थवर्द्धक मासु आयातका प्रश्नहरु पठाएको थियो। यताबाट जवाफ पठाइसकेका छौं। ती जवाफहरु चीनको माग अनुकूल भएमा स्वीकृति दिन्छ। त्यसपछि छिट्टै निर्यात सुरु गर्ने छौं,’ उनले भनिन्।

चीनले अरू विभिन्न देशबाट मासु आयात गरिरहेको छ। फेरि नेपालबाट निर्यात गर्नुको कारण मानव स्वास्थ्यको कुरा जोडिएको उनको भनाइ छ। ‘चीनले अहिले भैंसी अथवा राँगाको स्वास्थ्य, कस्तो खोप प्रयोग गरिएको छ, कस्तो औषधि उपचार, पशुपालनको शैली लगायतको बारेमा प्रश्न पठाएको थियो। हाम्रो जवाफमा सबै ठीक लाग्यो भने चीनले मासु आयात सुरु गर्छ। फेब्रुअरीसम्ममा चीनले सकारात्मक प्रतिक्रिया दिए यसैवर्ष निर्यात सुरु गर्न सकिन्छ,’ शिवाकोटीले भनिन्।

कुनै एउटा निश्चित क्षेत्रलाई पशुरोगमुक्त क्षेत्र घोषणा गरेर सोही क्षेत्रबाट मात्रै मासु निर्यात गरिने उनको भनाइ छ। जसका लागि सरकारले पशुमा नियमित खोप लगाउने, क्वारेन्टाइन क्षेत्र निर्धारण गर्ने र रोग मुक्त क्षेत्र निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछिन्।

‘तत्काल रोगमुक्त क्षेत्र सञ्चालन गरेर भैंसी तथा राँगाको उत्पादन बढाउने तयारी पनि रहेको छ। चीनको मागअनुसार क्षमता पनि बढाउन सकिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्ने भैंसी पालन जोनलाई पनि यस योजनामा समावेश गर्ने तयारी भइरहेको छ। जसले चीनको मागअनुसार मासु उत्पादन गर्न सकिन्छ,’ उनले भनिन्।

कति छ चिनको माग, नेपालले धान्न सक्ला?
तर चीनको माग के–कति रहेको छ भन्नेबारे तत्काल जानकारी प्राप्त नभएको शिवाकोटीले बताइन्। चीनको मागअनुसार नेपालले भैंसी तथा राँगाको मासु निर्यात गर्न सक्ने क्षमता रहेको उनले दाबी गरिन्। 
‘तत्काल धान्न नसक्ने गरी पक्कै माग नगर्ला, तर किसानले दूध, घिउ बिक्री गरेर मूल्य नपाइरहेको बेलामा मासु उत्पादन प्रयोजनका लागि बिक्री गर्न सक्छन्। उचित मूल्य पाउने भएपछि मासु प्रयोजनकै लागि उत्पादन गर्न सक्छन्। जसको उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ,’ उनले भनिन्।

नेपालमा खपत भइरहेको मासु बाहिर मुलुकमा निर्यात गर्नसके बढी आयआर्जन हुने भएकाले मासु निर्यात गर्ने पहल गरिएको उनले बताइन्। मासु निर्यात नहुँदा नेपालका करिब १० वटा निजी पशु बधशाला बन्द रहेको र सञ्चालनमा ल्याउन पनि सरकारले पहल गरिरहेको उनले बताइन्। 

‘मासु निर्यात गर्न नसक्दा थुप्रै बधशालाला बन्दरत छन्। ती सञ्चालनमा ल्याउन सके देशको आर्थिक क्षेत्रमा फाइदा पुग्छ। तीनले पनि पुगेन भने अरु बधशाला पनि थप्ने तयारीमा छौं,’ उनले भनिन्। नेपालको बारा जिल्लामा अन्तर्राष्ट्रियस्तरको बधशाला सञ्चालनमा रहेको छ। सोही प्रकृतिको बधशाला निर्माण गर्न तयारी गर्ने समेत बताइन्। स्वास्थ्यवर्द्धक मासु ७० डिग्री तापक्रममा निर्यात गर्न सकिने उनको भनाइ छ।

स्वास्थवर्द्धक मासु उत्पादन तथा निर्यातका लागि पशुको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्नुपर्ने पशुसेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले बताए। यसका साथै मासु निर्यातका लागि तत्कालीन तथा दीर्घकालीन नीतिगत तयारी गर्न आवश्यक रहेको उनी बताउँछन्। 

नेपालका पशुमा खोरेत रोग बढ्दो रुपमा रहेकाले निर्यातमा ठूलो चुनौती रहेको ढकालको भनाइ छ। ‘खोरेत रोग बढ्दो रुपमा रहेको छ। यसको उन्मुलन गर्न सकिरहेको छैन। रोगको जोखिम कम भएको क्षेत्र हेरी दुई वर्षदेखि रोग नदेखिएको प्रमाणित गरेमा मासु निर्यात गर्न सकिन्छ,’ ढकालले भने।

वार्षिक डेढ करोडको निर्यात भइरहेको छ कति छ उत्पादन?
केही वर्षअघिदेखि नेपालबाट भैंसी र राँगाको मासु  हङकङ, भियतनाम, अमेरिकामा निर्यात हुँदै आएको केन्द्रीय भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ५३ लाख ३१ हजार रुपैयाँको ८८ हजार किलो निर्यात भएको छ। गतवर्ष (२०७९/०८०) मा १ करोड ५८ लाख ८० हजार रुपैयाँको १ लाख ४४ हजार किलो मासु निर्यात भएको थियो।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ। नेपालमा वार्षिक रुपमा १ लाख ९० हजार मेट्रिक टन औषतमा भैंसी तथा राँगाको मासु उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ। सन् २०१९/०२० मा १ लाख ८९ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो। 

यस्तै सन् २०२०/०२१ मा १ लाख ८८ हजार मेट्रिक टन, सन् २०२१/०२२ मा १ लाख ९४ हजार मेट्रिक टन राँगा र भैंसीको मासु उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्