• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
५ करोड नाफामा रहेको डीडीसीले किन गरेन किसानको भुक्तानी?
64x64
कल्पना घिमिरे बिहीबार, चैत ८, २०८०  ०७:४४
1140x725

काठमाडौं- किसानको दूधको रकम भुक्तानी गर्न नसकिरहेको दुग्ध विकास संस्थान (डीडीसी) पछिल्लो समयमा नाफामा गएको छ। निरन्तर ५ वर्षसम्म घाटा बेहोरेको डीडीसीले अहिले भने ५ करोड नाफा कमाएको छ। 

चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म ५ करोड १५ लाख पाँच हजार १९४ रुपैयाँ नाफा कमाएको डीडीसीका महाप्रबन्धक सञ्जीवकुमार झाले बताए। कच्चा दूधको लागत खर्च घटाइएका कारण डीडीसी नाफामा गएको भनाइ छ। 

‘पहिला किसानबाट दूध संकलन गर्दा नै सबै दूधमा ३ प्रतिशत फ्याट (चिल्लोपना) र ८ प्रतिशत एसएनएफ (चिल्लोपना वाहेकको ठोस पदार्थ) कम भएको आउँथ्यो र दूधमा अनिवार्य रुपमा ८ प्रतिशत पुर्‍याउन पाउडर दूध मिसाउनुपर्ने हुन्छ,’ झाले भने, ‘यो मिसाउँदा दूधको लागत खर्च अत्यधिक बढिरहेको थियो र घाटामा गएको थियो,’ उनले भने।

पछिल्लो समय एसएनएफको परिमाण पुर्‍याउन पाउडर दूध समिश्रण गर्दा लागत खर्च बढ्दै गएकाले डीडीसीले पछिल्लो समयमा बालाजु आयोजनामार्फत अनिवार्य रुपमा कच्चा दूधमा ८ प्रतिशत एसएनएफ उपस्थिति भएको दूध मात्रै खरिद गर्ने प्रक्रिया अघि बढाएको झा बताउँछन्।

उक्त प्रक्रिया सुरु भएपछि अहिले संकलित भएको दूधमा अनिवार्य रुपमा ८ प्रतिशत एसएनएफ पाउन थालेको छ। यसले गर्दा एसएनएफको मात्रा बढाउन पाउडर दूध प्रयोग नहुँदा डीडीसी नाफामा गएको झा बताउँछन्।

‘कच्चा दूधमा मापदण्डअनुसार एसएनएफको मात्रा अनिवार्य रुपमा पूरा गर्न पाउडर दूध प्रयोग गर्दा वार्षिक १९ करोड रुपैयाँ बराबर खर्च हुन्थ्यो,’ झाले भने, ‘अहिले मापदण्ड विपरीतको दूध खरिद नगर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि अतिरिक्त खर्च हुने रकम जोगिएर संस्थान नाफामा गएका हो।’

कुन वर्ष कति नाफा?
डीडीसी आर्थिक वर्ष २०७१/०७२ मा ४ करोड २७ लाख ७१ हजार नाफामा रहेको थियो भने २०७२/०७३ मा १३ करोड ५५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो। तर आर्थिक वर्ष २०७३/०७४ मा भने २१ करोड ३७ लाख ७७ हजार रुपैयाँ घाटामा गएको डीडीसीले जनाएको छ। 

२०७४/०७५ मा पनि डीडीसीले ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ नाफामा गएको थियो। तर त्यस यता भने निरन्तर ५ वर्ष घाटामा गएको थियो। 

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ६२ लाख १० हजार, २०७६/०७७ मा १५ करोड ८१ लाख ५० हजार रुपैयाँ, २०७७/०७८ मा १७ करोड ४ लाख, २०७८/०७९ मा ३७ करोड ४ लाख र २०७९/०८० मा ४८ करोड ४२ लाख २७ हजार घाटामा गएको थियो। चालु पुस मसान्तसम्म ५ करोड १५ लाख पाँच हजार १९४ रुपैयाँ नाफा कमाएको डीडीसीले जनाएको छ।

डीडीसी अन्तर्गत बालाजु, विराटनगर, हेटौंडा, बुटवल, कोहलपुर र अत्तरियामा आयोजनाहरु सञ्चालनमा छन्। यसमध्ये सबैभन्दा ठूलो क्षमताको बालाजु आयोजना हो। यसले प्रत्येक आर्थिक वर्षमा १० देखि ११ करोड मात्रै नाफा आर्जन गर्दैआएको थियो।

चालू आर्थिक वर्षको ६ महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ। साउनदेखि पुस मसान्तसम्म ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको बालाजु आयोजनाका प्रमुख गणेश यादवले बताए।

उनी आफूले मापदण्ड अनुसार मात्रै दूध खरिद गर्ने रणनीति कार्यान्वयनमा ल्याएपछि उक्त आयोजना नाफामा गएको दाबी गरे।

डीडीसीले पछिल्लो ६ महिनाको अवधिमा नाफा गरेको भए तापनि दुग्धजन्य वस्तु बिक्री हुन नसक्दा नगद नाफा कमाउन नसकेको यादवले बताए। 

बालाजु आयोजनामा मात्रै १ अर्ब ३५ करोडको दूध मौज्दात
चैत ६ गतेसम्म बलाजु आयोजनामा मात्रै १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ।
जसमध्ये ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १० लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको उनको भनाइ छ।

यस्तै ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ। 

आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दूध संकलन गरिरहेको उनले बताए। सुख्खा सिजनमा ४० हजार लिटर दूध संलन हुने दाबी गरे।

औसतमा दैनिक ६७ देखि ७० हजार लिटर दूध बिक्री गरिरहेको उनले बताए। तर ठूलो परिमाणमा मौज्दात रहँदा किसानको भुक्तानी गर्न नसकिरहेको उनको भनाइ छ।

चैत महिनादेखि किसानको दूध उत्पादन कम हुने गरेको र चैतदेखि आगामी ६ महिनासम्म तरल दूधको उत्पादन कम हुँदै गएपछि तरल दुधमा पाउडर दूध समिश्रण गरी बिक्री गर्ने महाप्रबन्धक झाले बताए।

‘अहिले मौज्दात रहेको ठूलो परिमाणमध्ये पाउडर दूध चैतदेखि आन्तरिक रुपमा उपभोग हुने भएकाले पाउडर दूध र तरल दूध खरिद वापतको रकम जोगिएर नाफामा गएको वित्तिय प्रतिवेदन तयार भएको छ,’ झाले भने।

डीडीसीले किसानसँग खरिद गरेको दूधको करिब सवा १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको झाले दाबी गरे। सरकारले किसानलाई भुक्तानी दिन डीडीसीलाई ३० करोड रुपैयाँ कर्जा उपलब्ध गराउने भएपछि तत्काल किसानको रकम भुक्तानी गर्ने उनले बताए। 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जुम्लामा मार्सीधान रोपाइँ सुरु स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानक... मंगलबार, जेठ ६, २०८२
अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र... मंगलबार, जेठ ६, २०८२
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले यस्तो गुनासो गरेका हुन्। बिहीबार, वैशाख २५, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, वर्षाको सम्भावना शुक्रबार, जेठ ९, २०८२
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का शुक्रबार, जेठ ९, २०८२
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक शुक्रबार, जेठ ९, २०८२
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्