• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
बिमक संघले कृषि बीमा गर्न रोकेपछि अर्थले गर्‍यो पशु बीमाको ४६ करोड रकम निकासा 
64x64
कल्पना घिमिरे आइतबार, चैत १८, २०८०  ११:२५
1140x725

काठमाडौं– सरकारले गत आर्थिक वर्षको पशुपंक्षी बीमा तर्फको ४६ करोड ११ लाख  ७५ हजार रुपैयाँ बिहिबार निकासा भएको छ। अर्थमन्त्रालयले चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट कृषि बीमाको लागीस्वीकृती दिएको थियो। जसमध्ये ४८ करोड रुपैयाँ पशु बीमाको थियोभने बालीतर्फको १२ करोड २० लाख रुपैयाँ रहेको थियो।

‘बालीतर्फको हामीले पहिल्यै भुक्तानी गरिसकेका थियौं। पशुपंक्षीतर्फको कार्यक्रम संसोधन गर्नुपर्ने देखियो र कार्यक्रम संसोधन गर्ने कुरा आयो। त्यसयता अर्थमन्त्रालयमा कार्यक्रम संसोधन भएर आएपछि बिहीबार ४८ करोडमध्ये ४६ करोड रुपैयाँ बराबर निकासा भएको छ। हामी भुक्तानी गर्ने तयारीमा छौं। यो वर्षको विनियोजित बजेटमध्येबाट यो रकम भुक्तानी गर्न लागिएको हो,’ मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले भनिनन्।

यो बाहेक अघिल्ला वर्षहरु र चालू वर्षको गरी पशुपंक्षी र बाली बीमाको ३ अर्ब रुपैयाँभन्दा बढि रकम भुक्तानी हुन बाँकी रहेको उनी बताउँछिन्। ‘यो वर्षको पनि अहिलेसम्मको दायित्व सिर्जना भएको छ। गत मंसिरमा थप बजेट ३ अर्ब १० करोड रुपैयाँ मागेका थियौँ। त्यसको चाहिँ केहि निर्णय भएन त्यो रकम दायित्व सिर्जना भएर बसेको छ। हामीले आइसकेको रकम चाहिँ भुक्तानी रोकेर बसेका छैनौँ,’ उनले भनिन्, ‘यस्तै बिहिबार बसेको बैठकले बजेट निकाशा निरन्तरता गरिदिनुभन्दै अर्थमन्त्रालयसमक्ष माग पनि गरेका छौं।’

गत मंसिरमा कृषितर्फ अनुदान उपलब्ध गराउन ३५ करोड २८ लाख र पशुपंक्षीतर्फ २ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग माग गरिएको थियो। गत आर्थिक वर्ष २०७९/८० वर्षकै १ अर्ब ६५ करोड रुपैयाँ कृषि बीमा वापत भुक्तानी गर्न बाँकी छ। जसमध्ये कृषि बीमातर्फ २० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यसैगरी पशुपंक्षी बीमातर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। जसको ४६ करोड रुपैयाँ बराबरको रकम निकासा भएको छ। सो रकम मन्त्रालयले बीमाकम्पनीलाई भुक्तानी दिने तयारी गरेको छ।

यस्तै बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको खातामा अहिले १ करोड ८२ लाख रुपैयाँ भने मौज्दात छ। लामो समयसम्म अर्थले रकम निकासा नगरेपछि पछिल्लो समय कृषि मन्त्रालयले कृषि बीमा गरेका कम्पनीहरुलाई भुक्तानी दिएको थिएन। एक वर्षअघिदेखि कृषि बीमा वापतको रकम भुक्तानी नपाएपछि नेपाल बिमक संघले कृषि बीमा नगर्न चैत १ गते आन्तरिक रुपमा सर्कुलर जारी गरेको उनी बताउँछिन्।

बीमा कम्पनीहरुले कृषि बीमा रोकेको विषय मन्त्रालयमा आधिकारिक रुपमा जानकारी गराइसकेका छन्। कम्पनीहरुले बीमा वापतको गत वर्ष र चालु आर्थिक बर्षको रकम भुक्तानी उपलब्ध नभए आगामी दिनमा उद्यारोमा बीमासम्बन्धी सेवा उपलब्ध नगराउने औपचारिक रुपमै मन्त्रालयलाई जानकारी गराएको छ।

‘उहाँहरुले औपचारिक रुपमै जानकारी गराएर अब उधारो सेवा उपलब्ध गराउन सक्दैनौ भनेर बीमाको काम रोक्नु भएको छ, बीमा वापतको रकम भुक्तानी गर्न मन्त्रालयसँग पर्याप्त बजेट छैन। ‘हामीले गत वर्षको निकासा हुन बाँकी रकम निकासा गरिदिनुस भनेर छलफल पनि गरिसकेका छौँ,’ उनले भनिन्।

मन्त्रालय अन्तर्गतको कृषि विभाग र पशुसेवा विभागको बीमा वापतको रकम भुक्तानी गर्न बाँकी छ। चालु आर्थिक वर्षमा सरकारले ६० करोड रुपैयाँ मात्रै विनियोजन गरेको थियो तर बीमा कम्पनीलाई ३ अर्ब बढि रकम भुक्तानी गर्न बाँकी हुँदा यस्तो समस्या आएको उनी बताउँछिन्
बजेट अभावकै कारण यो वर्ष उखु किसानलाई रासायनिक मलका लागि आएको रकमबाट रकमान्तर गरेर भुक्तानी उपलब्ध गराइएको उनले बताइन्।

पछिल्लो तथ्यांक अनुसार ९ प्रतिशतले मात्रै बाली बीमा गरेका छन्। पशुपंक्षी बीमा गर्ने किसानको संख्या ९१ प्रतिशत छ। गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ८८ हजार ९७७ वटा कृषि तथा पशुपंक्षीसम्बन्धी बीमा गरिएको थियो। यसमध्ये कृषि बालीतर्फ ८ हजार १७८ र पशुपंक्षीतर्फ १ लाख ८० हजार ७९९ वटा भएको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्