काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ।
अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन्।
यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष छ।
राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ। सरकारमै सहभागी लोसपाको राष्ट्रियसभामा एक सीट छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।